Monday, August 3

प्रशासन

हालसम्म पाँच हजार सवारी लाइसेन्स छापिए
प्रशासन, समाचार

हालसम्म पाँच हजार सवारी लाइसेन्स छापिए

नेपालअखबार,काठमाडौँ । यातायात व्यवस्था विभागले हालसम्म पाँच हजार सवारी चालक अनुमति पत्र (लाइसेन्स) छापिएको जानकारी दिएको छ । विभागका निर्देशक केशव खतिवडाले सुरक्षण मुद्रण केन्द्रमा विभागबाट ७ हजार लाइसेन्सको डेटा उपलब्ध गराएकोमा उक्त परिमाणमा सवारी लाइसेन्स छापिएको जानकारी दिएका हुन् निर्देशक खतिवडाले भने, ‘हामीले ७ हजार डेटा उपलब्ध गराएका थियौँ । त्यसमध्ये ५ हजार छापिएर आइसकेका छन् । ती लाइसेन्स वितरणका क्रममा छन् ।’ गत कात्तिक २१ गते काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी लाइसेन्स छपाइ सुरु भएको थियो ।...
यातायात बन्द नगरिकनै निर्वाचन गराउने तयारीमा आयाेग
प्रशासन, समाचार

यातायात बन्द नगरिकनै निर्वाचन गराउने तयारीमा आयाेग

नेपालअखबार,काठमाडाैँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ । मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिएका हुन् । उनले विगतका निर्वाचनहरुमा दलहरुले अनावश्यक व्यक्ति ओसारपोसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाउने गरिए पनि यो पटक यातायात बन्द नगरिकनै निर्वाचनको तयारीमा आयोग जुटेको बताए । विश्वका कतिपय मुलुकहरूमा यातायात बन्द गरेर निर्वाचन नहुने अभ्यास रहेको भन्दै नेपालमा पनि सोहीअनुसार अघि बढ्ने तयारी भइरहेको उनको भनाइ छ । उनले स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातालाई मतदानस्थलसम्म पुर्‍याउने व्यवस्था गर्नसक्ने भएपनि आयोग आफैँले बस सञ्चालन गरेर अपांगता भएका लगायतका व्यक्तिलाई सेवा दिनसक्ने अवस्था भने नरहेको स्पष्ट पारे ।...
प्रतिनिधिसभा चुनाव पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति
प्रशासन, समाचार

प्रतिनिधिसभा चुनाव पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तरराष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो । आयोगले गत ११ कात्तिकमा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो । त्यसमा ४४ वटा राष्ट्रिय र पाँच वटा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएको आयोगले जनाएको छ । पर्यवेक्षणका लागि आवेदन गरेका संस्थामध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका ती संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने गरी निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन पर्यवेक्षण निर्देशिका बमोजिम आवश्यक पर्ने कागजात पेस नगरेका संस्थालाई पाँच दिन...
कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती
प्रशासन, समाचार

कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती

नेपालअखबार,मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो । हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि एक्याप लोमान्थाङ कार्यालयका कर्मचारी प्रतिनिधिसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोेमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । प्रमुख पौडेलसहित लोमान्थाङ–२ नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) र नेपाल प्रहरी गरी करिब एक दर्जन टोली सेताम्मे हिउँमा माइनस डिग्री तापक्रमको प्रवाह नगरी कोरल...
निर्वाचन ८१ दिन बाँकी: निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो
प्रशासन, राजनीति, समाचार

निर्वाचन ८१ दिन बाँकी: निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन् । मुलुक क्रमशः निर्वाचनको माहौलमा अगाडि बढिरहेको आभास भएको छ । देशव्यापी रूपमा राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रमुख राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन् । नेपाली काँग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ । सो दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत काँग्रेसले छनोट गरिरहेक...
पाकिस्तानी सेना प्रमुख मुनिरका प्रतिस्पर्धी तथा पूर्व आईएसआई प्रमुखलाई १४ वर्षको जेल!
प्रशासन, विदेश, समाचार

पाकिस्तानी सेना प्रमुख मुनिरका प्रतिस्पर्धी तथा पूर्व आईएसआई प्रमुखलाई १४ वर्षको जेल!

नेपालअखबार, काठमाडौँ । पाकिस्तानका सेना प्रमुख असीम मुनिरका पूर्वप्रतिद्वन्दी तथा जासुसी संस्था आईएसआईका प्रमुखलाई १४ वर्षको जेल सजाय दिइएको छ। पाकिस्तानको एक सैन्य अदालतले जनरल फैज हमीदलाई १४ वर्षको जेल सजाय सुनाएको भनेर फाइनान्सियल टाइम्सले जनाएको छ। हमीद एक समय मुनिरका प्रमुख प्रतिस्पर्धी थिए। हाल जेलमा रहेका तत्कालीन प्रधानमन्त्री इमरान खानले २०१९ मा मुनिरलाई हटाएर हमीदलाई आईएसआईका प्रमुख बनाएका थिए। आईएसआईका प्रमुखलाई पाकिस्तानमा सेना प्रमुखपछि सबैभन्दा शक्तिशाली सैनिक अधिकृत मानिन्छ। खान प्रधानमन्त्री भएका बेला हमीदलाई भावी सेना प्रमुखका रूपमा लिइन्थ्यो। तर सेनाको पहलमा खानको सरकार अप्रिल २०२२ मा अविश्वासको मतबाट ढलेको केही महिनापछि मुनिर सेना प्रमुख भएका थिए। सेनाविरूद्ध खानले २०२३ मा गरेको देशव्यापी आन्दोलनमा साथ दिएको भनेर हमीदलाई पनि खानलाई जस्तै गिरफ्तार गरि...
सेनाले माग्यो भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी
प्रशासन, समाचार, समाज

सेनाले माग्यो भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी

नेपालअखबार,काठमाडौं । नेपाली सेनामा जागिर खुलेको छ। सेनाले शुक्रबार विज्ञापन जारी गर्दै विभिन्न प्राविधिक पदहरूमा ३८८ जना कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको हो। सेनाले नर्सिङ, ओभरसियर, भेहिकल मेकानिक्स, भिडिओग्राफरदेखि पुजारीसम्म विभिन्न संख्यामा प्राविधिक कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। सेनाले स्वास्थ्य, इन्जिनियरिङ, प्राविधिक र हवाईतर्फ कर्मचारी पदपूर्ति गर्न लागेको हो। इच्छुक र योग्यता पुगेका नेपालीहरूले आजदेखि पुस २६ गतेसम्म दरखास्त दिन सक्नेछन्। दरखास्त दस्तुर पदअनुसार ४००, ३०० र २०० रूपैयाँ तोकिएको छ। अन्य समूहमा दरखास्त दिँदा थप २० प्रतिशत शुल्क लाग्नेछ। विज्ञापनः...
२१ इन्स्पेक्टर र ४३८ असई भर्ना गर्दै नेपाल प्रहरी, खुल्यो आवेदन
प्रशासन, समाचार

२१ इन्स्पेक्टर र ४३८ असई भर्ना गर्दै नेपाल प्रहरी, खुल्यो आवेदन

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले इन्स्पेक्टर र असईमा दरखास्त आह्वान गरेको हो। प्रहरीले २१ जना इन्स्पेक्टर र ४३८ जना असईका भर्नाका लागि आवेदन मागेको हो। इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ। दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिनेछ। दरखास्त दस्तुर इन्स्पेक्टरतर्फ १ हजार २ सय र समावेशीतर्फ पनि आवेदन दिँदा प्रत्येक समूहका लागि थप २४० रूपैयाँ लाग्नेछ। असईतर्फको दरखास्त पेस गर्दा ५०० रूपैयाँ र एक भन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि थप १०० रूपैयाँ शुल्क लाग्नेछ। इन्स्पेक्टरका लागि दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ...
खानेपानी संस्थान धनगढीको बक्यौता दुुई करोड ३१ लाख
प्रशासन, समाचार

खानेपानी संस्थान धनगढीको बक्यौता दुुई करोड ३१ लाख

नेपालअखबार,कैलाली । लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम रु दुुई करोड बढी रहेको छ । कार्यालयका लेखा शाखा प्रमुख पङ्कजकुमार दासका अनुसार विगत लामो समयदेखि आर्थिक वर्ष २०८१/८२ सम्म निजी र सार्वजनिक ग्राहकबाट उठाउन बाँकी रहेको रकम रु दुुई करोड ३१ लाख २४ हजार २५० रहेको छ । निजी ९८५ र सरकारी ४४ गरी एक हजार २९ खानेपानीको सेवा लिएका ग्राहकबाट सो बक्यौता रकम उठाउँन बाँकी रहेको लेखा शाखा प्रमुख दासले बताए । त्यसमध्ये सरकारी कार्यालयबाट उठाउन बाँकी रकम रु ३२ लाख रहेको छ । खानेपानी संस्थान धनगढीले धनगढी उपमहानगरपालिकाभित्रका वडा नं १, २, ३ ,४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा आफ्नो सेवा विस्तार गरी खानेपानी वितरण गर्दै आएको छ । केही वडामा भने चालु आर्थिक वर्षबाट खानेपानी वितरणको प्रक्...
यूएईमा लागुऔषधसम्बन्धी कानुन कडा, गैरकानुनी कारोबार गर्नेलाई जेल
प्रशासन, विदेश, समाचार

यूएईमा लागुऔषधसम्बन्धी कानुन कडा, गैरकानुनी कारोबार गर्नेलाई जेल

नेपालअखबार,दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले लागुऔषध र साइकोट्रोपिक पदार्थविरुद्धको कानुनका केही प्रावधानहरू संशोधन गर्दै एक संघीय आदेश जारी गरेको छ । यो संशोधनले लागुऔषधसम्बन्धी अपराधमा संलग्न हुनेहरूलाई थप कडा कारबाही गर्ने लक्ष्य राखेको छ । नयाँ नियमअनुसार गैरकानुनी रूपमा लागुऔषध वितरण गर्ने औषधि पसल र बिना लाइसेन्स लागुऔषध सिफारिस गर्ने चिकित्सकहरूमाथि कडा कारबाही हुने भएको हो । यस्ता अपराधका लागि न्यूनतम पाँच वर्षको कैद र कम्तीमा ५० हजार दिराम जरिवाना तोकिएको छ । यस्ता उल्लंघनलाई लागुऔषध प्रयोगमा सहयोग पुर्‍याएको अपराधका रूपमा त्यहाँको सरकारले लिनेछ । नयाँ कानुनअनुसार निजी स्वास्थ्य संस्थामा समेत लागुऔषध दुर्व्यसनीका लागि उपचार तथा पुनःस्थापना एकाइहरू स्थापना र सञ्चालन गर्न अनुमति दिइएको छ । यसअघि संघीय र स्थानीय स्वास्थ्य निकायहरूले मात्र यस्ता सुविधा सञ्चालन गर्न...