Wednesday, September 23

प्रशासन

१४ वर्षदेखि अलपत्र कन्काई पुल निर्माणको ठेक्का तोडियो
प्रशासन, समाचार

१४ वर्षदेखि अलपत्र कन्काई पुल निर्माणको ठेक्का तोडियो

नेपालअखबार,काठमाडौं । झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । हुलाकी राजमार्गमा पर्ने यो पुलको निर्माण १४ वर्षदेखि अलपत्र छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेवखिम्तीको संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । योजना कार्यालय इटहरीबाट गत ३१ असोजमा कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले जानकारी दिए । पक्की पुल डिजाइन एण्ड बिल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रम (जेभी)सँग ३...
दल दर्ताको समय थप गर्ने तयारीमा आयोग
प्रशासन, समाचार

दल दर्ताको समय थप गर्ने तयारीमा आयोग

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थप गर्ने तयारी गरेको छ । त्यसका लागि बुधबार साँझ आयोगका पदाधिकारीहरू छलफलमा बसेका छन् । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले अझै दलहरू दर्ताका लागि आउने क्रम बाँकी रहेको र त्यसका लागि सहजीकरणको आग्रह गरेकाले समय थपको तयारी भएको बताए । बुधबारसम्म आयोगका निर्वाचन प्रयोजनका लागि ८० भन्दा बढी दल दर्ता भइसकेका छन् ।...
एआइजी कार्कीसहित तीन जनाले पाए दर्ज्यानी चिह्न
प्रशासन, समाचार

एआइजी कार्कीसहित तीन जनाले पाए दर्ज्यानी चिह्न

नेपालअखबार,काठमाडौं ।प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका ईश्वर कार्कीसहित तीन जनाले दर्ज्यानी चिह्न पाएका छन्। बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच तीन जनालाई आइजिपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। मन्त्रिपरिषदको बैठकले एआइजी कार्कीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको रूपमा पदस्थापन समेत गरेको छ। एसएसपी पदबाट डिआइजी पदमा बढुवा भएका विश्व अधिकारी र प्राविधिक एसएसपीबाट डिआइजीमा बढुवा भएका ई. रामकुमार चौधरीले पनि दर्ज्यानी चिह्न पाएका हुन्। आइजिपी कार्कीले चिह्न प्रदान गरेपछि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। पदोन्नति भएका प्रहरी अधिकृतहरूको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास उनले व्यक्त गरेका थिए।...
त्रिविको सभा आज, नीति तथा कार्यक्रम पेस हुने
प्रशासन, समाचार

त्रिविको सभा आज, नीति तथा कार्यक्रम पेस हुने

नेपालअखबार,काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दै छ ।  प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सभा बस्ने छ । आजको सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुनेछ । गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकिएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले  नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गर्न निर्देशन  दिएका थिए । त्यसपछि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड  ५७ लाख २१ हजारको बजेट प्रस्तुत गरेका थिए । तर आजको सभामा नीति तथा कार्यक्रम पेस हुने त्रिवि उपकुलपति दीपक अर्यालले बताए । ‘आज नीति तथा कार्यक्रम सभामा पेस हुन्छ,’ उपकुलपति अर्यालले भने ।सभा ११ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री भएपछि कार्कीले पहिलो पटक त्रिविको सभाको अध्यक्षता गर्दै छिन् ।...
२७ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी, सोधियो स्पष्टीकरण
प्रशासन, समाचार

२७ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी, सोधियो स्पष्टीकरण

नेपालअखबार,काठमाडौं । भदौ यता २७ जना प्रहरी आफूखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी गैरहाजिर रहेका ती २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन भनेको हो। भदौ र असोज महिनाका विभिन्न मितिमा बिदा लिएर बिदा सकिँदासमेत कार्यालयमा हाजिर नभए पछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो। आफूखुशी गैरहाजिर हुनेहरूमा एक जना प्रहरी सहायक निरीक्षक, दुई जना हवलदार, तीन जना सहायक हवलदार, २० जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी रहेका छन्। उनीहरुको खोजतलास गराउँदा तथा सूचना टाँस भइसक्दा पनि कार्यालयको सम्पर्कमा नआएको हेडक्वार्टरले जनाएको छ। सम्पर्कविहीन रहेका ती प्रहरीहरूलाई स्पष्टीकरणसहित बाटोको म्याद बाहेक सात दिनभित्र उपस्थित हुन भनिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने कारबाही हुने प्रधान कार्यालयले जनाएको छ।...
मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन
प्रशासन, समाचार

मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

नेपालअखबार,काठमाडौँ ।  सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ । मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, आव २०८२/०८३ मा वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमका लागि अधिकृतस्तरको ३७ अस्थायी दरबन्दी स्वीकृत समेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।...
त्रिविको नीति तथा कार्यक्रम पारित गर्न सिनेट बैठक बस्दै
प्रशासन, शिक्षा, समाचार

त्रिविको नीति तथा कार्यक्रम पारित गर्न सिनेट बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । नीति तथा कार्यक्रम पारित गर्न बुधबार त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बैठक बस्दैछ । गत असार अन्तिम साता त्रिवि सभाको साधारण बैठकले आर्थिक वर्ष २०८२/०८३ को लागि २८ अर्ब १२ करोड ५७ लाख २१ हजार बजेट पारित गरेको थियो । तत्कालीन कुलपति केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम पारित गर्न भने रोकिएको थियो । रोकिएको नीति तथा कार्यक्रम पारितसहित केही कानुनहरु संशोधन गर्न सिनेट बैठक डाकिएको त्रिविले जनाएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख लिली थापाले बुधबार प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा स्मृति भवन कीर्तिपुरमा बैठक बस्ने बताइन् ।...
सेना परिचालन गर्ने तयारी चुनावको तीन महिनाअघि देखि
प्रशासन, समाचार

सेना परिचालन गर्ने तयारी चुनावको तीन महिनाअघि देखि

नेपालअखबार,काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन महिनाअघिदेखि नै सेनालाई फिल्डमा खटाउन सिफारिस गरिएको छ । कात्तिक ३० मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले तीन महिनाअघिदेखि नै सेनाले निर्वाचन केन्द्रित पट्रोलिङ गर्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार रक्षा मन्त्रालयमा पत्राचार गरिएको थियो । केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार राष्ट्रिय सुरक्षा परिषद्ले जेनजी प्रदर्शनपछि देखिएको सुरक्षा चुनौतीका कारण सेनालाई तीन महिनाअघिदेखि नै परिचालन गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले त्यसबारे निर्णय गरेर राष्ट्रपतिकहाँ पठाउन बाँकी छ । केन्द्रीय सुरक्षा समितिका एकजना सदस्य भन्छन्, ‘मंसिर १० भन्दा पछि सेना परिचालन गर्नुपर्नेबारे छलफल भएको थियो, एकीकृत सुरक्षा योजनामा पनि त्यही विषय उल्लेख छ ।’ यसअघिको चुनावमा एक महिनाअघि मात्रै सेना परिचालन गर्ने चलन थियो ।...
सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ
प्रशासन, समाचार

सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

नेपालअखबार, काठमाडौँ  । गत भदौ २४ गतेको प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले एक जनाको भने पहिचान खुलाएको छैन । अदालतमा आगजनी गर्ने अन्य केहीको पहिचान भइसकेको जानकारी दिँदै उनले उनीहरुलाई पनि छिट्टै कानुनी दायरामा ल्याइने बताए । अदालतमा आगजनी गर्नेमाथि छानबिन गरी कारबाही गर्न सर्वोच्चले परिसरमा जाहेरी दिएको थियो । परिसरमा जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड, आपराधिक उपद्रवसँग सम्बन्धित १०४ वटा जाहेरी परेको छ । त्यसमध्ये २२ व्यक्तिगत, ६६ वटा सरकारी कार्यालय र १६ वटा संस्थागत/व्यापारिक प्रतिष्ठानको रहेको परिसरले जनाएको छ ।...
तीन जना डिआइजीको सरूवा
प्रशासन, समाचार

तीन जना डिआइजीको सरूवा

नेपालअखबार,काठमाडौं ।  नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरूवा भएको छ। सोमबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागको कर्मचारी प्रशासन शाखाले तीन जना डिआइजीको सरूवा गरेको हो। कोशी प्रदेश प्रहरी कार्यालयमा विनोद घिमिरेको सरूवा भएको हो। दिलिप सिंह देउवाको प्रदेश समन्वय विभाग नक्सालमा सरूवा भएको छ। त्यस्तै प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा दिपककुमार बस्नेतको सरूवा गरेको हो।...