Monday, June 1

प्रशासन

तीनकुने घटनामा आगजनीमा संलग्न भएको आरोपमा थप एक पक्राउ
प्रशासन, समाचार

तीनकुने घटनामा आगजनीमा संलग्न भएको आरोपमा थप एक पक्राउ

नेपालअखबार,काठमाडौँ । काठमाडौंको तीनकुने घटनामा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खेमराज सेढाइलाई पक्राउ गरेको एसपी अपिलराज बोहराले जानकारी दिए। उनी आगजनी र तोडफोडमा संलग्न भएको आरोप छ। योसँगै प्रहरी हिरासतमा हुनेको संख्या ५७ पुगेको छ। प्रहरीले २५ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको छ। त्यसमध्ये पनि ८ जनामाथि ज्यान सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले आपराधिक उपद्रवमा पक्राउ परेकाहरू ३३ जनालाई हाजिर जमानीमा राखेको छ।...
नारायणगढ–बुटवल सडक: दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने
प्रशासन, समाचार, समाज

नारायणगढ–बुटवल सडक: दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

नेपालअखबार,नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ। नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो। दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३  बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गर्ने निर्णय गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए। 'दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार गरी यातायातलाई सहज ढङ्गले सञ्चालन गर्न र सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्न दैनिक केही घण्टा आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ,' उनले भने। नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम...
आज रवि काठमाडौं प्रहरीको हिरासतमा रहने
प्रशासन, राजनीति, समाचार

आज रवि काठमाडौं प्रहरीको हिरासतमा रहने

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दियो । स्रोतका अनुसार उनलाई भोलि मात्रै भैरहवा लगिनेछ । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो ।...
तीनकुने घटनामा संलग्न थप ७ जना पक्राउ
प्रशासन, समाचार

तीनकुने घटनामा संलग्न थप ७ जना पक्राउ

नेपालअखबार,काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा नेपाल प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुर तथा आपराधिक उपद्रव कसुरअन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ । सात जनालाई काठमाडौँको विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिएर काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गतः रुपन्देही, देबदह नपा, घर भएका वर्ष ४७ को प्रेम थापा मगर रहेका छन् । यसैगरी आपराधिक उपद्रव कसुर अन्तर्गतः झापा, गौरादह नपा–१ गौरादह घर भएका वर्ष २१ को समिर मगर, रामेछाप, सुनापति गापा–१ घर भएका वर्ष २२ को सुरेश गौतम, ताप्लेजुङ, फुलुङ नपा–३ घर भएका वर्ष २३ को सुशिल बराल, नुवाकोट, बेलकोटगढी नपा...
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
प्रशासन, समाचार, समाज

आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना

नेपालअखबार,कञ्चनपुर । आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिकाले शनिबार नमूना कृत्रिम अभ्यास गरेको छ। सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण गर्जमुनीको सहकार्यमा आयोजना गरिएको नमूना कृत्रिम अभ्यासमा खाना पकाउने ग्यासबाट हुने आगलागी, वन डढेलो र घरमा आगाली भए कुन तरिकाबाट नियन्त्रण गर्ने भन्नेबारे समुदायको सहभागितामा नमूना अभ्यास  गरिएको हो। 'गर्मी बढदै जान थालेपछि आगलागीका घटनामा निकै वृद्धि भइरहेको छ,' नगरपालिकाको विपद् शाखाका प्रमुख कृष्णप्रसाद भट्टले भने, 'आगलागीका घटना भएमा कुन तरिकाबाट नियन्त्रण गर्ने, कुन निकायमा खबर गर्ने भन्नेबारे कृत्रिम नमूना अभ्यास गरेर देखाइएको छ।' अगालगीबाट हुने मानवीय, पशु चौपाया, धनसम्पत्ति, महत्त्वपूर्ण कागजपत्र, काठपात, अन्न, लुगाफाटोलगायतका क्षति न्यूनीकरण गर्न यस कार्यले सघाउ पुर्याउने उनले बताए। कार्यक्रममा आगलागी हुँदा प्रहरीलाई खबर ग...
छविलाल जोशीलाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश
प्रशासन, समाचार

छविलाल जोशीलाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

नेपालअखबार,बुटवल । रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । रुपन्देही जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जोशीलाई पछि ठहरे बमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए । जोशी आजै रुपन्देही अदालतमा हाजिर भएका थिए । ‘आजै निवेदन दिएर हाजिर भएकोमा पछि बुझ्दै गएअनुसार हुने गरी तत्काललाई थुनामा पठाउने आदेश भएको छ,’ ज्ञवालीले भने । यो मुद्दामा पूर्व डीआईजी जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लग...
म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ
प्रशासन, समाचार

म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ

नेपालअखबार,म्याग्दी । सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् । जिसस प्रमुख राजकुमार थापा पक्राउ परेको प्रहरी स्रोतले जानकारी दियो ।  उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ ।  गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार थापाको संलग्नतामा १६ करोड रुपैयाँ हिनामिना भएको छ ।...
राष्ट्रियसभामा विभिन्न अध्यादेशहरू पेस
प्रशासन, राजनीति, समाचार

राष्ट्रियसभामा विभिन्न अध्यादेशहरू पेस

नेपालअखबार,काठमाडौँ । सरकारले राष्ट्रिय सभामा विभिन्न अध्यादेशहरू पेस गरेको छ ।शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरेका हुन् । त्यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)अध्यादेश, २०८१’ निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्नुभयो । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐ...
अब २७ वर्ष नकटेसम्म इन्स्पेक्टरमा आवेदन दिन पाइने
प्रशासन, समाचार

अब २७ वर्ष नकटेसम्म इन्स्पेक्टरमा आवेदन दिन पाइने

नेपालअखबार ,काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा अब २७ वर्षसम्मका युवाले दर्खास्त दिनसक्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति हुने इन्स्पेक्टर पदमा २१ वर्ष पूरा भइ २७ वर्ष ननाघेकाले आवेदन दिनसक्ने व्यवस्था गरिएको हो । यसअघि प्रहरी निरीक्षकका लागि २५ वर्षसम्मकाले आवेदन दिन पाउने व्यवस्था थियो । नेपाल प्रहरीका एक अधिकृतका अनुसार, पहिले स्नातक तहको परीक्षा दुई वा तीन वर्षमा पूरा हुने परिकल्पनाका आधारमा इन्स्पेक्टरमा आवेदन दिन २५ वर्ष उमेर तोकिएको थियो । तर, अहिले स्नातक तहको कार्यक्रम ४ वर्ष पुगिसकेको अवस्थामा त्यसलाई समयानुकूल परिमार्जन गरिएको एक प्रहरी अधिकृतले बताए । ‘बीए एलएलबी पढिसक्न अहिले पाँच वर्ष लाग्छ, उनीहरु प्रतिस्पर्धामै नआउने भए’, ती अधिकृतले भने, ‘त्यसैले य...
नेपाल प्रहरीका ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
प्रशासन, समाचार

नेपाल प्रहरीका ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

नेपालअखबार ,काठमाडौं ।नेपाल प्रहरीका ३७ जना जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिको बैठकले ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत डिएसपी कुलदिप चन्द बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा छन्। प्रदेश प्रहरी कारयालय बनेपामा कार्यरत सुमित खड्का, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगन्जमा कार्यरत ठाकुर प्रसाद पोख्रेल, प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत मनोहर प्रसाद भट्ट सूचीमा क्रमशः छन्। सूची...