समितिहरुबिच न्यायिक विकेन्द्रीकरणका विषयमा समान धारणा विकास हुनु, पहिलो सम्मेलनको नतिजा – उपप्रमुख डंगोल
नेपालअखबार, काठमाडौँ । ‘न्यायिक समिति (स्थानीय सरकार) हरुले प्रयोग गर्ने न्यायिक अधिकारका विषयमा सामुहिक धारणा विकास हुनु पहिलो न्यायिक सम्मेलनको नतिजा हो ।’ काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोल भन्नुहुन्छ, ‘भूगोल, सामाजिक तथा आर्थिक अवस्था, शिक्षा र चेतनास्तर जस्ता कारण विभिन्न पालिकाहरुमा आउने विवाद फरक छन् । यी फरक समस्यालाई समाधान गर्ने कानुनी व्यवस्थाको प्रयोगमा एउटै खालको अभ्यास हुन थालेको छ ।’
गोरखा जिल्लाको धार्चे गाउँपालिका, माछीखोलाका उपाध्यक्ष सुनिला गुरुङ्को नेतृत्वमा आएको मेलमिलापकर्तासहितको प्रतिनिधि मण्डलसँग आपसी अभ्यासका विषयमा कुरा गर्दै आज उहाँले यस्तो बताउनुभएको हो । ‘निःशुल्क कानुनी सहायता, लैङ्गिक हिंसा हेर्ने उद्देश्यसहित वडास्तरमा गठन तथा सञ्चालन गरिएका महिला सञ्जाल, वडास्तरीय मेलमिलाप केन्द्र महानगरपालिकाका अनुकरण योग्य कार्यक्...










