Sunday, November 1

प्रशासन

७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन
प्रशासन, समाचार, समाज

७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन

नेपालअखबार, काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका स्थानीय तहहरूलाई तीन महिनाका लागि 'विपद् सङ्कटग्रस्त क्षेत्र' घोषणा गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै रसुवा र नुवाकोट लगायतका जिल्लामा जनधनको ठूलो क्षति भएको जानकारी दिएका हुन्। मन्त्री खनालका अनुसार बुधबार बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्प र त्यसपश्चात् झरेको हिमपहिरोका कारण भोटेकोशी नदीमा भीषण बाढी आएको प्रारम्भिक अनुमान छ। बाढीले रसुवा र नुवाकोटका टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली, बट्टार र देवीघाट लगायतका क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्‍याएको छ। बाढीका कारण हालसम्म ९ जनाको शव फेला परेको र उनीहरूको सनाखत हुन बाँकी रहेको छ। विपद्‌मा परी टिमुरे र मैलुङ पोस्टका ४४ जना नेपाली सेना, २६ जना नेपाल प्रहरी र ९ जना सशस्त्र प्रहर...
प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ
प्रशासन, समाचार

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नयाँ बजारबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ। उनले इन्स्टाग्राममा स्टाटस गर्दै प्रधानमन्त्री शाहलाई २३ भदौमा सिध्याइदिने भनेर लेखेर प्रहरीलाई ट्याग गरेका थिए।उनले प्रहरीलाई समेत गाली गरेका थिए । उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध रहेको प्रहरी स्रोतले बतायो।...
सामान्य प्रशासन मन्त्रालयद्वारा ५१ जना नायव सुब्बाको सरुवा
प्रशासन, समाचार

सामान्य प्रशासन मन्त्रालयद्वारा ५१ जना नायव सुब्बाको सरुवा

नेपालअखबार,काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयको मंगलबारको निर्णयानुसार ५१ जना नायव सुब्बा तहका कर्मचारीहरूको सरुवा गरिएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र स्थानीय तहहरूमा सरुवा गरिएको छ। मन्त्रालयले रिक्त रहेका स्थानहरूमा जनशक्ति व्यवस्थापन गर्न नियमित प्रक्रिया अन्तर्गत सरुवा गरिएको जनाएको छ । यस्तो छ सरुवा सूची :...
बुधबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा
प्रशासन, समाचार

बुधबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

नेपालअखबार, काठमाडौँ। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो। वि.सं. २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार मुस्लिम आयोगबाट भोलि मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएकाले सरकारले सो निर्णय गरेको मन्त्रालयले जनाएको छ। साथै, मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेको छ।...
पोखरा बसपार्कका ३२५ भूमिहीन सुकुम्बासी परिवारको अर्काे हप्ता स्थानान्तरण
प्रशासन, समाचार, समाज

पोखरा बसपार्कका ३२५ भूमिहीन सुकुम्बासी परिवारको अर्काे हप्ता स्थानान्तरण

नेपालअखबार,काठमाडाैँ ।  पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो। त्यसपछि दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरणअनुसार ३२५ परिवार भूमिहीनको सूचीमा र २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। उनका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ निवेदन प्राप्त भएका थिए। वडाले सार्वजनिक गरेको सूचनाअनुसार दाबी-विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन...
४७ उपसचिवकाे सरुवा, काे कहाँ ?
प्रशासन, समाचार

४७ उपसचिवकाे सरुवा, काे कहाँ ?

नेपालअखबार,काठमाडाैँ । भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले ४७ उपसचिवकाे सरुवा गरेकाे छ । साेमबार मन्त्रालयले उनीहरूकाे सरुवा गरेकाे हाे। टंकराज गाैतमलाई दुल्लु नगरपालिका दैलेख सरुवा गरिएकाे छ। ईश्वरी प्रसाद शर्मालाई गृह मन्त्रालय सरुवा गरिएकाे छ भने प्रदीप चन्द्र सुवेदीलाई पुतली बजार नगरपालिका स्याङ्जा सरुवा गरिएकाे छ। हेर्नुहाेस् सूची...
वीरगन्ज बाल सुधार गृहबाट एकजना फरार
प्रशासन, समाचार, समाज

वीरगन्ज बाल सुधार गृहबाट एकजना फरार

नेपालअखबार, वीरगन्ज । वीरगन्ज बाल सुधार गृहबाट एकजना युवक फरार भएका छन् । लागु औषध कसुरमा सुधार गृह पुगेका युवक १७ वर्षीय युवक चार दिनदेखि फरार रहेको तथ्य उजागर भएको छ । झ्यालबाट हाम फालेर युवक बाल सुधार गृहबाट फरार भएको पर्सा प्रहरीले पुष्टि गरेको छ । मंगलबार बिहान साढे ५ बजेतिर १७ वर्षीय "क" नाम गरेको युवक फरार भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्र मल्लले जानकारी दिए । उनका अनुसार बिहानको समयमा बाल सुधार गृहको पछाडिको झ्यालबाट १७ वर्षीय युवक फरार भएका हुन । लागु औषध अभियोगमा उनी अदालतको फैसला बमोजिम बाल सुधार गृहमा पुगेको प्रहरीले जानकारी दिएको छ । करिब एक साता अगाडि मात्रै अदालतको फैसलापछि उनलाई सुधार गृहको हिरासतमा राखिएको थियो ।  सर्लाही सर्लाही गडौता नगरपालिका घर भएका ती युवकलाई फरार भए लगत्तै खोजबिन सुरु गरिएको प्रहरीले जनाएको छ । तर अझैसम्म फेला पार्न नसकिएको पर्सा प्रह...
फेसबुकमा बन्दुकको फोटो हालेपछि दुई जना पक्राउ
प्रशासन, समाचार, समाज

फेसबुकमा बन्दुकको फोटो हालेपछि दुई जना पक्राउ

नेपालअखबार, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने र बिनालाइसेन्स भरुवा बन्दुक राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भीमसेनथापा गाउँपालिका–२ सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनारले आफ्नो फेसबुक आईडीमार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेपछि उनी पक्राउ परेका हुन्।प्रेम सुनारलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने क्रममा उक्त हतियार पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने ३३ वर्षीय विष्णु सुनारको भएको खुलेको थियो। त्यसपछि प्रहरीले विष्णुलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।...
ललितपुर अदालतले दिएन पत्रकार श्रेष्ठलाई पक्राउ गर्ने अनुमति
प्रशासन, समाचार

ललितपुर अदालतले दिएन पत्रकार श्रेष्ठलाई पक्राउ गर्ने अनुमति

नेपालअखबार,काठमाडौं । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउको अनुमति दिन अस्वीकार गरेको छ । उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध हिजो मात्रै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा ललितपुर प्रहरीले अदालतमा पक्राउ अनुमति मागेको थियो । श्रेष्ठले मंगलबार नै उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिएका छन् । उनले निवेदनमा आफूमाथि धरपकड नगर्न नगराउन र उपकरण बरामद नगराउन आदेशको माग गरेका छन् । श्रेष्ठ हिजोमात्रै सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका थिए ।...
बैंक केवाईसी अपडेट गरिदिने भन्दै ओटीपी लिएर ठगी गर्ने चार पक्राउ
प्रशासन, बैंक-बिमा, समाचार

बैंक केवाईसी अपडेट गरिदिने भन्दै ओटीपी लिएर ठगी गर्ने चार पक्राउ

नेपालअखबार,काठमाडौं । बैंकबाट बोलेको हुँ भन्दै कल गरेर ओटीपी लिएर ठगी गर्ने चार जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, पश्चिम नवलपरासी रामग्राग नगरपालिका–१६का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका वडा नंं. १७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा छन् । उनीहरूले बहालवाला र अवकाश प्राप्त कर्मचारीलाई लक्षित गरेर ठगी गर्ने गिरोह चलाएको ब्युरोले जनाएको छ । उनीहरूले ‘बैंकबाट बोलेको हुँ, केवाईसी अपडेट गर्नुपर्‍यो’ भन्दै फोन तथा वाट्सएप कलममा स्क्रिन सेयर गर्न लगाई ओटीपी कोड प्राप्त गर्ने र ती व्यक्तिको खातामा पहुँच पुर्‍याएर रकम रकमान्तर गरेर ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको  छ ।...