Tuesday, August 4

प्रशासन

ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
प्रशासन, समाचार

ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन

नेपालअखबार, काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९१ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १११, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३० जनालाई कारबाही गरिएको हो ।यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३३, निषेधित क्षेत्रमा हर्न बजाउने १९३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १६१ जनालाई कारबाही गरिएको हो ।...
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
प्रशासन, समाचार, समाज

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै

नेपालअखबार,बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल चालकलाई कारबाही गरेको छ । बागलुङ बजार क्षेत्रमा पछिल्लो समय रातिको समयमा मोटरसाइल चालकले चर्को आवाज निकालेर ध्वनी प्रदूषण गर्दै आएका जनगुनासो बढेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर चालकलाई कारबाही गर्ने अभियान चलाएको हो । पछिल्लो दुई दिनमा १० वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवरले बताए । उनका अनुसार जथाभावी रूपमा साइलेन्सर, लाइट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिललगायत पुर्जालाई परिवर्तन गरेको पाइएपछि कारबाही गरिएको हो । स्वरूप परिवर्तन गरी चलाइएका सवारीसाधनबाट निस्कने चर्को आवाजले वृद्धवृद्धा, बालबालिका र संवेदनशील क्...
१८ सहसचिवहरूको सरूवा, १३ जिल्लामा फेरिए सिडिओ (सूची)
प्रशासन, समाचार

१८ सहसचिवहरूको सरूवा, १३ जिल्लामा फेरिए सिडिओ (सूची)

नेपालअखबार,काठमाडौं । गृह मन्त्रालयले १८ जना सहसचिवको सरूवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले शुक्रबार १८ जना सहसचिवको सरूवा तथा पदस्थापनको सूची प्रकाशन गरेको हो। १६ जना सहसचिवको सरूवा गर्ने निर्णय आज र दुई जनाको सरूवा जेठ १३ गते भएको हो। सरूवासँगै १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि फेरिएका छन्। स्याङ्जा, कास्की, धादिङ, संखुवासभा, पाल्पा, नवलपरासी पूर्व, सप्तरी, धनकुटा, उदयपुर, ओखलढुंगा, सर्लाही, रामेछाप र सुर्खेतको सिडिओ हेरफेर भएको हो। यसैबीच, अध्यागमन कार्यालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पनि सहसचिवको सरूवा भएको छ।   हेर्नुस् सूची:...
जुवा खालबाट वडाध्यक्ष पक्राउ
प्रशासन, समाचार

जुवा खालबाट वडाध्यक्ष पक्राउ

नेपालअखबार, काठमाडौँ । रूकुम पश्चिममा जुवा खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्। त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्दराम बाँठासहित ६ जना पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख, डिएसपी वेदबहादुर पौडेलले बताए। वडाध्यक्ष पौडेलसहित त्रिवेणी – ५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती,  सोही ठाउँका ३० वर्षीय शिव घर्ती मगर, ५३ वर्षीय नन्दकुमार घर्ती मगर, वडा नम्बर २ का ४० वर्षीय मनबहादुर बोहोरा र मुसिकोट नगरपालिका – ११ का ४८ वर्षीय कमल पुन पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट डेढलाख बढी नगद बरामद भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार  जुवा खालबाट नगद एक लाख ६७ हजार १०५ रुपैयाँ नगद र तासहरु बरामद भएको छ । त्रिवेणी गाउँपालिका–४ लामाखेतस्थित विमलबहादुर खड्काको घरमा हारजित हुने गरी जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा पुगेको प्रहरीले उ...
महोत्तरीमा बालक अपहरण गर्न खोज्ने पक्राउ
प्रशासन, समाचार, समाज

महोत्तरीमा बालक अपहरण गर्न खोज्ने पक्राउ

नेपालअखबार, महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालक अपहरण सम्बन्धी कसूर मुद्दाका एक फरार प्रतिवादीलाई रौतहटबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं. ७ बस्ने वर्ष २३ को नवराज अधिकारी रहेको प्रहरीले जनाएको छ। गत वैशाख ७ गते दिउँसो अन्दाजी २ बजे महोत्तरी जिल्लाबाट तीन जना अज्ञात मानिसले नम्बर नखुलेको मोटरसाइकलमा एक ८ वर्षीय बालकलाई राखेर अपहरण गरी लैजाँदै गरेका थिए। त्यस क्रममा बालक चिच्याएर कराएपछि स्थानीय बासिन्दाले देखेर उक्त मोटरसाइकललाई रोक्ने प्रयास गरेका थिए। स्थानीयले रोक्न खोजेपछि अपहरणकारीहरू बालकलाई सोही स्थानमा छाडेर फरार भएका थिए। प्रहरीले अनुसन्धानका क्रममा वारदातमा प्रयोग भएको ना ६४ प ७९९० नम्बरको मोटरसाइकल समेत बरामद गरेको थियो। उक्त घटनामा संलग्न प्रतिवादीहरूमध्येका अधिकारीलाई गत जेठ १५ गते दिउँसो अन्दाजी ३:३० बजे महोत्तरीबाट ख...
सिरहामा ब्राउन सुगरसहित २ युवक पक्राउ
अपराध, प्रशासन, समाचार

सिरहामा ब्राउन सुगरसहित २ युवक पक्राउ

नेपालअखबार,सिरहा । सिरहा प्रहरीले ३ ग्राम १४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ का २३ वर्षीय जयकुमार साह र १९ वर्षीय सुजल शाह रहेका छन्। उनीहरूलाई आइतबार बेलुका सिरहा नगरपालिका–१५ बुधौराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ७६३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।...
महिलामाथि हातपात गरेको अभियोगमा रास्वपाका नेता पक्राउ
प्रशासन, समाचार, समाज

महिलामाथि हातपात गरेको अभियोगमा रास्वपाका नेता पक्राउ

नेपालअखबार,जाजरकोट । जाजरकोटमा एक महिलामाथि हातपात र कुटपिट गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रास्वपाका कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही रहेका छन्। गत जेठ १६ गते बिहान ८ बजेतिर कुशे गाउँपालिका–६ घरङ्गास्थित स्वास्थ्य चौकीको भवनभित्र शाहीले एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोप छ । महिलामाथि दुर्व्यवहार भएको उजुरीका आड्ढारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले शाहीलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधिर कुमार खड्काले शाहीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको खड्काले सोमबार जारी गरेको विज्ञप...
जनप्रतिनिधि र कर्मचारीबिच द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन
प्रशासन, समाचार

जनप्रतिनिधि र कर्मचारीबिच द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन

नेपालअखबार,काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।  विषेशगरी सङ्घीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबिच नीतिगत विषयमा विवाद हुने गरेको छ। जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने, तथा बेरुजु बढ्ने समस्या देखिँदै आएको छ । यीलगायत समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्न मन्त्रालयले सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका समेत प्रतिनिधि रहनेगरी उच्चस्तरीय समिति गठन गरेको हो । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू लामो समयसम्म रिक्त हुने, सरुवा वा पदस्थापन गरिएका प्रमुख प्रशासकीय अधिकृतहरू समयमै कार्यालयमा हाजिर नहुने, स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय नगर्ने,...
नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा
प्रशासन, समाचार

नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

नेपालअखबार,नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पुर्याउने सेवाको शुभारम्भ गरेको हो । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बीच समझदारी भएअनुसार हुलाकमार्फत घरदैलोमै राहदानी पुर्याउने व्यवस्था लागू गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत ठानेश्वर सापकोटाले बताए । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राहदानी कावासोती–१६, पिप्रेनी निवासी अमित परियारको घरमै पुगेर हस्तान्तरण गरी सेवा शुभारम्भ गरिएको हुलाक अधिकृत सापकोटाले बताए । परियारको मञ्जुरीमा उनकी आमा विमला परियारलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुआत गरिएको हो । राहदानी लिन सदरमु...
डोल्पामा लेक लागेका बिरामीको हेलिकप्टरबाट उद्धार
प्रशासन, समाचार

डोल्पामा लेक लागेका बिरामीको हेलिकप्टरबाट उद्धार

नेपालअखबार,डोल्पा। हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रबाट लेक लागेर बिमारी परेका एकजनाको उद्धार गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ साल्दाङमा लेक लागेर बिरामी भएका बर्दियाको मधुवन नगरपालिका २ गंगा पटुवा घर भएका अन्दाजी ३० वर्षीय चन्द्रबहादुर चौधरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । प्रहरी अनुसार चौधरी फोक्सुण्डो गाउँपालिकाको नाममा रहेको बा१ग ३६३६ नम्बरको स्काभेटर मर्मतका लागि जगदम्बा इन्जिनियर कम्पनी ललितपुरबाट मुस्ताङ हुँदै जेठ ३ गते साल्दाङ पुगेका थिए । जेठ ४ गते बिहान करिब ११:३० बजे अचानक उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि साल्दाङ स्वास्थ्य चौकीमा लगिएको थियो ।स्थानीय स्वास्थ्य चौकीमा समेत औषधि उपचार हुन नसकेपछि गाउँपालिका अध्यक्ष धावा सुम्दुक गु...