Tuesday, August 4

प्रशासन

भारतका कन्टेन्ट क्रियटरलाई नेपाल भ्रमण गराइने, दिल्ली दूतावासले माग्यो आवेदन
प्रशासन, समाचार

भारतका कन्टेन्ट क्रियटरलाई नेपाल भ्रमण गराइने, दिल्ली दूतावासले माग्यो आवेदन

नेपालअखबार, काठमाडौं । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय इन्फ्लुएन्सर, भ्लगर र पोडकास्टरहरूलाई नेपालको परिचय भ्रमण (फ्यामिलियराइजेसन ट्रिप) गराउने भन्दै आवेदन आह्वान गरेको छ । राजदूतावासले आज २० मेमा जारी गरेको सूचनामा पाँच जना भारतीय डिजिटल सामग्री निर्माताहरू छनोट गरी नेपाल भ्रमण गराइने उल्लेख छ । यस भ्रमणको मुख्य उद्देश्य नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, आध्यात्मिक स्थल र विविध पर्यटकीय सम्भावनाहरू भारतीय बजारमा डिजिटल माध्यमबाट प्रवर्द्धन गर्नु रहेको छ । को–कोले गर्न सक्छन् आवेदन ? भारतीय नागरिक वा भारतमा बसोबास गर्ने डिजिटल सामग्री निर्माताहरूले यस अवसरका लागि आवेदन दिन सक्नेछन् । युट्युब, इन्स्टाग्राम, फेसबुक, एक्स लगायत डिजिटल प्लेटफर्ममा सक्रिय उपस्थिति भएका र भ्रमण, संस्कृति, आध्यात्म, खाद्य, साहसिक वा पर्यटनसम्बन्धी सामग्री बनाउनेहरू यस कार्यक्रमका...
प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि यस्ता छन् उजुरी
प्रशासन, समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि यस्ता छन् उजुरी

नेपालअखबार,काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध योग्यतामा प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । एकजना उजुरीकर्ताले डा. शर्मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएलगत्तै एमालेको तत्कालीन पार्टी कार्यालय बल्खुमा ‘आशीर्वाद’ लिन गएको भन्दै उनलाई प्रधानन्यायाधीश नियुक्त नगर्न माग गरेका छन् । अर्का एक उजुरीकर्ताले भने उनी सर्वोच्च अदालतको न्यायाधीश बन्ने योग्यता नै नपुग्ने तर्क गरेका छन् । ती उजुरीकर्ताका अनुसार सर्वोच्च अदालतमा न्यायाधीश हुन कम्तिमा १५ वर्ष वकालत गरेको हुनुपर्छ । अथवा उच्च अदालतमा कम्तिमा ५ वर्ष काम गरेको हुनुपर्छ । तर दुवै योग्यता नपुगी उनी सिधै सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएको दाबी उजुरीकर्ताको छ । एकाघरको ठूलो बुवा दामोदर उपाध्याय कायम मुकायम प्रधानन्यायाधीश भएका बेला शर्मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । ‘...
सात देशसँग श्रम सम्झौताको तयारी, श्रम स्वीकृतिमा अटोमेसन प्रणाली लागू हुँदै
प्रशासन, समाचार

सात देशसँग श्रम सम्झौताको तयारी, श्रम स्वीकृतिमा अटोमेसन प्रणाली लागू हुँदै

नेपालअखबार,काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि दिइने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने तयारी गरेको छ। मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सचिव डा. दीपक काफ्लेले पुनः श्रम स्वीकृतिको नीतिगत प्रबन्धमा सुधार गर्ने प्रस्ताव प्राप्त भइसकेको र यसलाई एक–दुई दिनभित्रै कानुनी तथा प्राविधिक रूपमा टुङ्गोमा पुर्‍याइने जानकारी दिएका हुन् । मन्त्रालयले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन सातवटा नयाँ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ, जसका लागि नेपालका तर्फबाट आवश्यक पत्राचार भइसकेको छ। मन्त्रालयले विभिन्न १०० वटा व्यावसायिक फर्महरूमा ‘श्रम अडिट’ गर्ने कार्य सुरु गरेको छ, जसअन्तर्गत मुख्य गरी श्रमिकको स्वास्थ्य र सुरक्षाको अवस्थाबारे अनुगमन गरिनेछ। यसका साथै पाँचवटा कानुन संशो...
५५९ ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ
प्रशासन, समाचार

५५९ ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ

नेपालअखबार,काठमाडौं । ५५९ ग्राम खैरो हेरोइनसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो र मातहतको कार्यालयले १० जनालाई खेरो हेरोइनसहित पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। उनका अनुसार पाँच जनालाई काठमाडौंबाट, दुई जना नेपालगन्ज, एक जना पोखरा र दुई जनालाई सुर्खेतबाट पक्राउ गरेको हो। भरत ओखेडा, गोपी कटुवाल, मंगल राम, गंगा राई र गौतम केसी काठमाडौंबाट पक्राउ परेका हुन्। नेपालगन्जबाट भारतीय नागरिक तेजेन्द्र कुमार र विजय सिंह पक्राउ परेका हुन्। पोखराबाट रूबिना खातुन र सुर्खेतबाट प्रशासन सुनार र एकेन्द्रबहादुर सुनार प्रहरी नियन्त्रणमा छन्। उनीहरूबाट १६ लाख ६३ हजार ५५० रुपैयाँ नगद पनि बरामद भएको छ।...
प्रस्तावित प्रधानन्यायाधीश  डा. मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी
प्रशासन, समाचार

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी

नेपालअखबार, काठमाडौं । संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको गत शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । मंगलबारसम्म तीन वटा उजुरी प्राप्त भएको समिति सचिवालय स्रोतले जनाएको छ । समिति सचिवालयका अनुसार आगामी जेठ ४ गतेसम्म उजुरी गर्ने म्याद तोकिएको छ । समिति सचिवालयका अनुसार उजुरी दिन हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिनेछ । सिधै सचिवालयमा पुगेर पत्रमार्फत पनि उजुरी दिन सकिन्छ । सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर उजुरी दिन सकिन्छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट पनि उजुरी गर्न सकिन्छ । इमेलबाट पनि उजुरी दिन सकिन्छ । उजुरी दिँदा भने विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन आग्रह गरिएको छ । आगामी जेठ ५ गते बस्ने सुनुवाइ समिति बैठक...
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ
कर्पोरेट, प्रशासन, समाचार

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ । उनलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट यही वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको सीआई प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । पक्राउ गरेर उनलाई काठमाडौं ल्याइएको छ । उनीमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोप छ । काठमाडौंको रक्तकाली ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एवम् एसएसपी श्रेष्ठले बताए ।...
अमेरिका लैजाने प्रलोभनमा युवतीसँग डेढ करोड ठगी र शोषण : पुतलीबजारका वडाध्यक्ष पक्राउ
अपराध, प्रशासन, समाचार

अमेरिका लैजाने प्रलोभनमा युवतीसँग डेढ करोड ठगी र शोषण : पुतलीबजारका वडाध्यक्ष पक्राउ

नेपालअखबार,काठमाडौँ । अमेरिका पठाउने प्रलोभन देखाई एक युवतीलाई विभिन्न देश पुर्‍याएर बन्धक बनाउने, जबरजस्ती करणी गर्ने र करोडौँ रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा स्याङ्जाका एक वडा अध्यक्ष पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोले पुतलीबजार नगरपालिका वडा नं. ४ का वडाध्यक्ष ४४ वर्षीय शिवबहादुर थापालाई कास्कीको पोखराबाट पक्राउ गरेको हो। थापाले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पीडित युवतीसँग चिनजान गरी ६० लाख रुपैयाँमा अमेरिका पठाइदिने विश्वास दिलाएका थिए। सोही योजनाअनुसार २०७८ वैशाख ११ गते उनले पीडितलाई काठमाडौँबाट दुबई पुर्‍याएर एक महिनासम्म होटलमा राखेका थिए। दुबईमा रहँदा भिसा प्रक्रियाका लागि भन्दै एजेन्टमार्फत पीडितको पासपोर्ट, फोटो र ८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा लिएर भिजिट भिसा तयार गरिएको थियो। त्यसपछि पीडितलाई बहराइन, टर्की, ब्राजिल र पेरु हुँदै कोलम्बिया ...
विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश
प्रशासन, राजनीति, समाचार

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ । वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
एक सातादेखि राष्ट्रिय परिचयपत्रको सिस्टम डाउन
प्रशासन, समाचार, समाज

एक सातादेखि राष्ट्रिय परिचयपत्रको सिस्टम डाउन

नेपालअखबार,काठमाडौं । राष्ट्रिय परिचयपत्रको सिस्टम नचलदा सेवाग्राहीले हैरानी पाएका छन् । २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आइरहेको छ । एक साता बित्दा समेत उक्त समस्या हल नहुँदा सेवाग्राही मार्कामा परेका छन् । नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालले समस्या हल गर्न निरन्तर लागिरहेको बताएका छन् । सिस्टममा समस्या आएपछि त्यसको सामाधानका लागि निरन्तर प्रयास भइरहेको छ । सकेसम्म चाँडै हल गर्ने प्रयास भइरहेको छ’ अर्यालले भने । सिस्टममा समस्या आउँदा विवरण सच्याउने, जन्म दर्ता गर्दाका बखत प्राप्त हुने, राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त हुने, सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्दा बायोमेट्रिक रुजु हुनेजस्ता सेवा अवरुद्ध भएका छन् ।...
५० लाख ऋण लिन श्रीमानको किर्ते हस्ताक्षर, श्रीमतीसहित दुई पक्राउ
प्रशासन, समाचार, समाज

५० लाख ऋण लिन श्रीमानको किर्ते हस्ताक्षर, श्रीमतीसहित दुई पक्राउ

नेपालअखबार,कास्की । पोखरामा जग्गा धितो राखी किर्ते गरेर ५० लाख रुपैयाँ ऋण निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं. ३० ढुङ्गेपाटन बस्ने ५२ वर्षीय मोहन बहादुर शाहीको नाममा दर्ता रहेको कित्ता नं. २४४४ र २४४७ को जग्गा निजकै श्रीमती ४४ वर्षीया वन्ती शाही र सुर्खेत चौकुने गाउँपालिका घर भई हाल पोखरा-१० बुद्धचोक बस्ने ४४ वर्षीय भद्र थापाले किर्ते गरी ऋण निकालेका हुन्। उनीहरूले मोहनबहादुर शाहीको सहीछाप किर्ते गरेर सिद्धार्थ बैंक लिमिटेडको तालचोक शाखाबाट ५० लाख रुपैयाँ ऋण लिएको जाहेरी परेपछि प्रहरीले कारबाही अगाडि बढाएको हो। इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको टोलीले २०८३ वैशाख २५ गते शाही र मगरलाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात त...