Wednesday, July 29

प्रशासन

१५ महिनापछि त्रिविले बल्ल दियो नतिजा
प्रशासन, शिक्षा, समाचार

१५ महिनापछि त्रिविले बल्ल दियो नतिजा

नेपालअखबार,  काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलय बल्खुले परीक्षा लिएको करिब १५ महिनापछि बीएस्सी प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । कार्यालयले २०७७ सालको ब्याचको २०७८ साउनमा लिएको बीएस्सी प्रथम वर्षको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो ।कार्यालयले नतिजामा स्थगित भएका वा अनुपस्थित देखिएका परीक्षार्थीहरुले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यलयबाट प्रवेशपत्र प्रमाणीकरण गराई कात्तिक १५ गतेपछि कार्यालयको गोप्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।...
पोखरा महानगरको अनुगमन  प्लाष्टिकजन्य फूलगुच्छा उत्पादन, आयात र विक्री वितरणमा रोक
प्रशासन, समाचार

पोखरा महानगरको अनुगमन प्लाष्टिकजन्य फूलगुच्छा उत्पादन, आयात र विक्री वितरणमा रोक

नेपालअखबार, पोखरा ।पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ ।महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका २० वटा पसलहरुमा अनुगमन गदै प्लाष्टिकजन्य फूलगुच्छा, माला विक्री वितरण नगर्न ब्यवासयीलाई अनुरोध गरेको हो । प्लाष्टिकको फुल माला प्रयोग बारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराएका छौ पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ भन्नुभयो,‘प्रयोग नगर्ने भनेर सरकारले राजपत्रमा सुचना प्रकाशन गरेकाले यसको कार्यान्यन गर्नुपर्छ भनेर अनुगमन गरेका हौ ।विदेशबाट आयात हुने प्लाष्टिकजन्य सामग्रीले यहाँको वातावरणमा समेत असर परेको छ । सुरुमा व्यसायीले गुनासो गरेपनिपछि आफैले हटाएर सहयोग गर्नुभयो ।’ चाडपर्वमा प्लाष्टिकजन्य फुलहरुको ब्यापार बढि हुने भएकाले अनुग...
पोखराका फेन्सी पसलमामहानगरको अनुगमन, दुई पसललाई जरिवाना
प्रशासन, समाचार

पोखराका फेन्सी पसलमामहानगरको अनुगमन, दुई पसललाई जरिवाना

नेपालअखबार, पोखरा  । पोखरा महानगरपालिकाले फेन्सी पसलमाअनुगमन गरेको छ । पोखरा महानगरपालिकाउपप्रमुखएवं उपभोक्ताहित संरक्षण समितिका संयोजकमञ्जुदेवी गुरुङको नेतृत्वमाशुक्रबार फेन्सी पसलमाअनुगमनगरिएको हो ।अनुगमनमाकास्कीका सहायकप्रमुखजिल्लाअधिकारी गुरुदत्त ढकाल, आन्तरीक राजस्वकार्यालय पोखराका ठाकुर सुवेदी, घरेलुकार्यालय पोखराका हेमराज बराल, जिल्लाप्रशासनकार्यालय कास्कीकाशिवप्रसादगौतम, पोखरा महानगर उपभोक्ताहित संरक्षण समितिकासदस्यसचिव भरतराजपौडेल, महानगर सहकारी शाखाकाऋषिराम सापकोटा र पत्रकारहरुको सहभागीता रहेको थियो । पोखरामाखाद्यान्न, तरकारी, फुलफुलहोटल लगायतका क्षेत्रमाअनुगमनभएपनि फेन्सी पसलमाभने पहिलो हो । फेन्सी पसलमाग्राहकहरु ठगिएको गुनासो आउने गरेको भन्दै अनुगमनगरिएको महानगरपालिकाउपोक्ताहित संरक्षण समितिका सदस्यसचिव भरतराजपौडेलले जानकारी दिनुभयो । अनुगनकाक्रममाब्यवसायदर्ता विना सञ्चालनभएक...
वीर अस्पताल मिर्गौला प्रत्यारोपण प्रकरण : बिरामीको सबै उपचार नि:शुल्क गर्ने सहमति
प्रशासन, समाचार

वीर अस्पताल मिर्गौला प्रत्यारोपण प्रकरण : बिरामीको सबै उपचार नि:शुल्क गर्ने सहमति

नेपालअखबार, काठमाडाैं । वीर अस्पतालको मिर्गौला प्रत्यारोपण घटनामा अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ । बिहीबार अस्पतालमा भएको छलफलमा बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि निशुल्क गर्ने अस्पताल र बिरामी पक्षबीच सहमति भएको हो ।​ यस्तै पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा निवेदन दिने र छानबिन समितिको प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने सहमति भएको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा  प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेका थिए । अस्पतालका प्रत्यारोपण सर्जन डा.पारसमणि नेपाल र डा.अनिल श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला त्यतिकै छाडेर हि...
प्रदेश १ सहित तीन प्रदेशका ३५ जिल्लामा समानुपातिकतर्फको मतपत्र पुग्यो
प्रशासन, समाचार

प्रदेश १ सहित तीन प्रदेशका ३५ जिल्लामा समानुपातिकतर्फको मतपत्र पुग्यो

नेपालअखबार, काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीनवटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी  भएको छ । निर्वाचन आयोगका अनुसार  दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौँ जिल्लामा समेत मतपत्र ढुवानी भएको छ । प्रदेश १, मधेस र वाग्मती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको छ । प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन् । ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्स...
समानुपातिक बन्द सूचीका ४३९ ले  कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने
प्रशासन, समाचार

समानुपातिक बन्द सूचीका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने

नेपालअखबार, काठमाडाैं । समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो । जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने आयोगले जनाएको छ ।...
तोकिए भन्दा बढी शुल्क लिने होटललाई जरिवाना
प्रशासन, समाचार

तोकिए भन्दा बढी शुल्क लिने होटललाई जरिवाना

नेपालअखबार, तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिए भन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरिवाना गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले रु दुई लाखका दरले जरीवाना गरेको हो। व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग कुनै वस्तुमा तोकिए भन्दा बढी मूल्य लिएको प्रमाणित भएपछि रु दुई-दुई लाखका दरले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए। ‘ती दुई होटलले मूल्यसूचीभन्दा बढी मूल्य लिएर सामग्री बेचेको पटक–पटक गुनासो आएको थियो, हाम्रो टोलीले पनि स्थलगत अनुगमन गर्दा त्यो प्रमाणित भयो’, गैह्रेले भने, ‘सोही आधारमा दुई होटललाई रु दुई लाखका दरले जरीवाना गर्ने निर्णय गरेका हौँ।’ सहायक प्रजिअ गैह्रेका अनुसार दुवै होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ ...
मतदान केन्द्र अपाङ्गता मैत्री बनाउन आग्रह
प्रशासन, समाचार

मतदान केन्द्र अपाङ्गता मैत्री बनाउन आग्रह

नेपालअखबार, तनहुँ । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान केन्द्र अपाङ्ता मैत्री बनाउन आग्रह गरिएको छ । सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा तनहुँमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका क्रियाशील संस्थाका पदाधिकारीले शुक्रबार जिल्ला निर्वाचन अधिकृतलाई भेट गरी आफ्ना चासो व्यक्त गरेका हुन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ लाई कसरी अपाङ्गता मैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यापकरूपमा छलफल भएको सहृदयी मञ्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिइन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालसँग अपाङ्गता मैत्री निर्वाचन प्रणाली, मतदाता शिक्षा, अपाङ्गता मैत्री मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिलाई निर्वाचनमा मतदान केन्द्रसम्म पुग्नका लागि सवारी पासको व्यवस्था हुनुपर्ने जानकारी गराइएको उनले बताइन् । व्यास नगरपालिका वड...
दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिलको अपिल
प्रशासन, समाचार

दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिलको अपिल

नेपालअखबार, काठमाडौं । प्रेस काउन्सिल नेपालले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा आज एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यमलाई गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वैषपूर्ण) अभिव्यक्ति प्राप्त हुन सक्दछन् । मिथ्या, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्न, यस्ता अभिव्यक्तिलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनतर्फ सञ्चारमाध्यम सदैव सजग हुनुपर्दछ ।’ ‘...
सुरु भयो सिकारको याम, ८ नाउर र ५ झारलको सिकार गर्न अनुमति
प्रशासन, समाचार

सुरु भयो सिकारको याम, ८ नाउर र ५ झारलको सिकार गर्न अनुमति

नेपालअखबार, बलेवा । नेपालको एकमात्र वैधानिक सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार पर्यटन याम सुरु भएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउन थालेका छन् । असोजको अन्तिम सातादेखि सुरु हुने सिकारका लागि सिकारी आरक्ष क्षेत्रमा आउन थालेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइसकेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार यामका लागि आठ नाउर र पाँच वटा झारलको सिकार अनुमति दिएको छ । असोज अन्तिम सातादेखि मङ्सिरसम्म सिकार पर्यटन जारी रहनेछ । विभागले हरेक वर्ष दुई याममा गरी वार्षिक २० नाउर र ११ झारलको सिकार गर्ने ग...