Wednesday, July 29

प्रशासन

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच बिदाइ भेट
प्रशासन, समाचार

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच बिदाइ भेट

नेपालअखबार, काठमाडाैं । आज मिति २०७९ असोज २५ गते प्रधान सेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सयद हैदर साहबीच जङ्गी अड्‍डामा भेटघाट भएको छ । पाकिस्तानका राजदूत साहले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटघाट भएको हो । उक्त भेटघाटमा प्रधान सेनापति शर्माले राजदूत साहले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद भविष्यका लागि शुभकामना समेत दिएका थिए । यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।...
सामाजिक सञ्जालमा गरिने विज्ञापन खर्च पनि निर्वाचन खर्चमा समावेश हुने
प्रशासन, समाचार

सामाजिक सञ्जालमा गरिने विज्ञापन खर्च पनि निर्वाचन खर्चमा समावेश हुने

नेपालअखबार, काठमाडौं । उम्मेदवारहरुले सामाजिक सञ्जालमा गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने भएको छ । १६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि आइतबार देशभर उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दिएकामध्ये कतिपयले सामाजिक सञ्जालमा आफ्नो प्रचार प्रचार र विज्ञापन गर्न थालेका छन् । निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जालमा विज्ञपन गर्दा हुने खर्च निर्वाचन खर्चमा समावेश हुने प्रष्ट पारेको छ । सामाजिक सञ्जालमा विज्ञापन गरे नगरेको आफ्नो संयन्त्रले अनुगमन गरिरहेको भन्दै आयोगले भनेको छ, ‘सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको सबै खर्च विवरण समेत चुस्त दुरुस्त राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्छ ।’ निर्वाचन आयोगले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुश्प्रचार गर्ने, भ्रमक सूचना दिने जस्ता टिप्पणी नग...
जरिवानाबाट निर्वाचन आयोगले एकैदिन उठायो ३ करोड
प्रशासन, समाचार

जरिवानाबाट निर्वाचन आयोगले एकैदिन उठायो ३ करोड

नेपालअखबार, काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाएका उम्मेदवारहरुबाट निर्वाचन आयोगले करिब साढे ३ करोड रुपैयाँ जरिवाना संकलन गरेको छ । जरिवाना नबुझाएसम्म उनीहरुको नाम ‘नकारात्मक सूची’बाट नहटाउने र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न नदिने भएपछि उनीहरुले धमाधम जरिवाना तिरेका छन् । स्थानीय तहमा उम्मेदवार भएका कतिपय व्यक्तिहरु प्रतिनिधिसभा र प्रदेशसभामा समेत उम्मेदवार बन्न खोजेका थिए । जरिवाना नबुझाएसम्म आयोगले आफ्नो प्रणालीमा नाम इन्ट्री गर्न नदिने भएपछि उनीहरुले जरिवाना बुझाएको, आयोगको प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए । आयोगको विवरण अनुसार आइतबारसम्म ९६ जनाले ३ करोड ५५ लाख रुपैयाँ जरिवाना बुझाएर आफू उम्मेदवार बन्ने बाटो खोलेका छन् । तीमध्ये ७६ जनाले आयोगमै पुगेर जरिवाना बुझाएका थिए । आयोगले कान्तिपथ र अन्य निर्वाचन कार्यालयबाट जरिवा...
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक
प्रशासन, समाचार

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक

नेपालअखबार, काठमाडाैं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न यही असोज २३ गते आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समय तोकिएको छ। मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची त्यसै दिन ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिनेछ। सूची सार्वजनिक भएपछि उम्मेदवारको विरोधमा उजुरी दिन असोज २४ गते सोमबार बिहान १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको छ। त्यसपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने प्रक्रिया सुरू हुनेछ। यसका लागि निर्वाचन आयोगले असोज २४ गते अपराह्न ३ बजेदेखि २५ गते अपराह्न ५ बजेसम्मको समय निर्धारण गरेको छ। जाँचबुझ गरी निर्णय गरेपछि असोज २५ गते अपराह्न ५ देखि साँझ ७ बजेसम्म उम्मेदवारको नामावली...
आसपास चङ्गा उडाउन प्रतिवन्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
प्रशासन, समाचार

आसपास चङ्गा उडाउन प्रतिवन्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

नेपालअखबार,काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिवन्ध लगाएको छ। वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थ्ल आसपास चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले चङ्गा उडाउन प्रतिवन्ध लगाएको हो। ‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न–नगराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ प्राधिकरणले भनेको छ। सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाएमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्राधिकरणको चेतावनी छ।...
दल र उम्मेदवारको खर्चको सीमा तोकिँदै
प्रशासन, समाचार

दल र उम्मेदवारको खर्चको सीमा तोकिँदै

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरूले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य गरेको छ। उक्त खर्चको हद तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वि.सं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तोकिएको खर्चको हद बढाउनुपर्ने, फरक-फरक निर्वाचन क्षेत्रका लागि एउटै खर्च सीमा हुन नहुनेजस्ता दलहरूबाट प्राप्त सुझावलाई छलफल गरेर निर्णय गरिने बताए। उनले तोकिएको खर्चको हदलाई आचारसंहिताका रूपमा दल र उम्मेदवारले पालना गर्ने विश्वास व्यक्त गरे। निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ मा निर्वाचन खर्चको हद तोक्ने आयोगले तोक्न सक्ने व्यवस्था छ। उक्त दफाको उपदफा १ मा आयोगले राजनीतिक दल वा उम्मेदवारले नि...
सर्वोच्चले राष्ट्रपति कार्यालयसँग माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण
प्रशासन, समाचार

सर्वोच्चले राष्ट्रपति कार्यालयसँग माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

नेपालअखबार, काठमाडौं । नागरिकता विधेयक प्रणाीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले करण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो । संघीय संसदको दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि संविधान उल्लंघन भएको भन्दै सर्वोच्चमा ५ वटा रिट गरेको छ । सबै रिटमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश जारी गर्न समेत माग गरिएको छ ।अधिवक्ता सुनिलरञ्जन सिंह, अधिवक्ता सुनिलकुमार यादव, अधिवक्ता सागर बराल, देव शर्मा र सोनु रौनियारले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति  भण्डारीको कदमविरुद्ध सर्वोच्चमा रिट दिएका थिए ।...
काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन हुने
प्रशासन, समाचार

काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन हुने

नेपालअखबार, काठमाडाैं । चाडपर्वको समयमा देशको संघीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज मंगलबारदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना–२०७९ लागू गरिएको जानकारी दिए । प्रवक्ता मैनालीले सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी कानुनबमोजिम कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न...
निर्वाचन प्रक्रिया सुरु, समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि
प्रशासन, समाचार

निर्वाचन प्रक्रिया सुरु, समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि

नेपालअखबार, काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आजदेखि राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले समानुपातिकतर्फको बन्दसूची असोज ३ गते भित्र बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन् । दलहरुले निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार पार्नुपर्छ । त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ । बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असो...
डेंगी नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने
प्रशासन, समाचार, स्वास्थ्य

डेंगी नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

नेपालअखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। डेंगीको संक्रमण बढदै गएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगी नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ ‘खोजौं र नष्ट गरौं’ राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार प्रत्येक स्थानीय तहले ‘प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट’ छुटाएर घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँहरू ‘खोजौं र नष्ट गरौं’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने छन्। अभियान सफल बनाउनका...