Saturday, May 9

मनोरञ्जन

बलिउड फिल्म निर्देशकको ५० वर्षमा निधन
मनोरञ्जन

बलिउड फिल्म निर्देशकको ५० वर्षमा निधन

नेपाल अखबार, एजेन्सि। ‘दृश्यम’, ‘मुम्बई मेरी जान’ का निर्देशक निशिकान्त कामतको ५० वर्षको उमेरमा निधन भएको छ । उनको उपचार भइरहेको एआईजी अस्पतालले बयान जारी गर्दै सोमबार बेलुका करिब साढे चार बजे उनको निधन भएको जानकारी दिएको छ । उनी पछिल्लो दुई वर्षदेखि लिभर सिरोसिस रोगबाट ग्रसित थिए । उनी जुलाई ३१ देखि हैदराबादको एक अस्पतालमा भर्ना थिए । नायक अजय देवगत र रितेश देशमुखले ट्वीट गरेर दुःख जताएका छन् । उनले निर्देशन गरेको फिल्म दृश्यममा काम गरेका अजय देवगनले उनको निधनमाथि शोक व्यक्त गर्र्दै उनीसँगको सम्बन्ध दृश्यमसम्म मात्रै सिमित नभएको बताए । उनले लेखेका छन्, ‘उनीसँगको सम्बन्ध त्योभन्दा पनि निकै माथि थियो । उनी सधैं हाँसिरहने र अत्यधिक प्रतिभाशाली कलाकार थिए । उनी निकै छिटो बिदा भए ।’ निशिकान्त कामत सन् २००८ मा ‘मुम्बई मेरी जान’ फिल्मबाट निर्देशनको क्षेत्रमा कदम राखेका थिए । उनले थुप्रै फ...
साबित्री गिरीको नयाँ गित :  भाईरस निक्यो
भिडिओ, मनोरञ्जन

साबित्री गिरीको नयाँ गित : भाईरस निक्यो

नेपाल अखबार, पोखरा ।  लोक संगितमा फरक पहिचान बनाउन सफल गायिका साबित्री गिरीको नयाँ गितका गित बजारमा आएको छ । यस अघि पोखरामा सेतिनदिमा गएको बेमौसमी बाढीको बारेमा लोक एल्वम बजारमा निकालेर चर्चा कमाएकी थिईन । यो पटक पनि कोरोना भाईरसक संक्रमण र यसबाट बच्ने बारेमा तिज गित बजारमा ल्याएकी हुन । यो संगै मै माग्थे बलापन बोलको गित पनि बजारमा आएको छ । पौराणिक ढाँचामा लोक लय र तिजको भाकामामा आधारीत गित छोटो समयमै धेरैले मन पराईसकेका छन । कास्कीको राजाको चौतारा निबासी गिरिले यसअघि अल्झिए नजर, भयो जे हुनु , सेतै फुल्यो काँस , मेलैमा सरर दोहोरी खेलैमा ,मकै खायो घुनले जस्तो लोक गित तथा छमछ्म नाचनी हो , छाता ओझेल पारी, काठमाडौ जाँदा , चौबन्दी चोली , सेतीबाढी , भुकम्प जस्ता तिज भाका बजारमा ल्याइसकेकी छन । त्यसैगरि गिरीका केही आधुनिक गितहरु पनि बजारमा छन । सिसा होस या दिल , र घामले पोल्यो उनका आधुनिक गित हुन...
कंगना रनौतको निशानामा आइन् दीपिका पादुकोण, रणबीरलाई लगाइन् यस्तो आरोप
मनोरञ्जन

कंगना रनौतको निशानामा आइन् दीपिका पादुकोण, रणबीरलाई लगाइन् यस्तो आरोप

नेपाल अखबार, एजेन्सि । नायिका कंगना रनौत आजकाल आफ्नो फिल्मका लागि नभई आफ्नो तिखो बयानका कारण चर्चामा छिन् । सुशान्त सिंह राजपूतको मृत्युपछि लगातार कंगना बी टाउनका दिग्गजमाथि आफ्नो बयानमार्फत् हमला गरिरहेकी छिन् । अब कंगना रनौतले नायक रणबीर कपुर र नायिका दीपिका पादुकोणको निशानामा पारेका छिन् । कंगना रनौतको टिमको ट्वीटरमा एक बयान सेयर गर्दै रणबीर कपुर र दीपिका पादुकोणविरुद्ध यस्तो लेखेकी छिन् जुन पढ्दा तपाईं पनि अचम्ममा परिरहनुभएको छ । कंगनाले रणबीर कपुरलाई ‘स्कर्ट चेजर’ बताएकी छिन् जबकी दीपिका पादुकोणलाई ‘साइको’ बताएकी छिन् । वास्तवमा कंगनाको समूहले यो ट्वीट एक प्रयोगकर्तालाई जवाफ दिँदै लेखेकी हुन् । कंगना रनौतको टीमले लेखेको छ, ‘रणबीर कपुर एक सिरियल स्कर्ट चेजर हुन् तर कसैले पनि उनलाई बलात्कारी भन्दैन । दीपिका मानसिक रोगी हुन् तर कसैले उनलाई साइको वा बोक्सी भन्दैन । यस्तो नाम त सामान्य बा...
२१ वर्षमै अरबपति बनिन् यी मोडल, एक दिनमा लिन्छिन् ५०० सेल्फी
मनोरञ्जन, समाचार

२१ वर्षमै अरबपति बनिन् यी मोडल, एक दिनमा लिन्छिन् ५०० सेल्फी

नेपाल अखबार, एजेन्सि ।  विश्वमा नै चर्चित ‘मिडिया पर्सनालिटी’ काईली जेनरले आज जन्मदिन मनाइरहेकी छिन् । उनी हाल २३ वर्षकी भइन् । उनी आफ्नी दुई वर्षीया छोरीसँग जन्मोत्सब मनाइरहेकी छिन् । उनले जन्मदिनको अवसरमा पहिरिएको पहिरनमा २३ लेखिएको छ । काईली मिडिया पर्सनालिटीका साथसाथै चर्चित एन्टरप्रेन्योर पनि हुन् । रियालीटी टेलिभिजन स्टार, मोडल तथा व्यवसायी काईली विश्वकै कान्छी अरबपति हुन् । उनको कस्मेटिक मेकअपको व्यवसाय छ । उनी आफै कस्मेटिक मेकअपको व्यवसाय सञ्चालन गर्छिन् । भनिन्छ, काईली दिनमा ५०० वटा सेल्फी लिन्छिन् । उनी जुन सबैभन्दा बढी मनपर्छ त्यो नै सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् । काईलीको रोल मोडल लेडी गागा हो । काईली १८ वर्षकी हुँदा लेडी गागासँग पहिलोपटक भेटघाट भएको थियो । गागाले काईलीको लुक्स र सामाजिक सञ्जालमा हुने चर्चाको बारेमा तारिफ गरेकी थिइन् । काईली आफ्नो ब्राण्डलाई बढवा दिनको ला...
नेपोटिजमको यस्तो बयान दिएर कंगनाको निशानमा आइन् करिना कपुर, सोधिन् यस्ता प्रश्न
मनोरञ्जन

नेपोटिजमको यस्तो बयान दिएर कंगनाको निशानमा आइन् करिना कपुर, सोधिन् यस्ता प्रश्न

नेपाल अखबार, एजेन्सि। सुशान्त सिंह राजपूतको मृत्युपछि नै बलिउडमा नेपोटिजमको मुद्दा एकपटक पुनः तातेको छ र सबैले यसबारे आ–आफ्नो धारणा व्यक्त गरिरहेका छन् । स्मरण रहोस्, नायिका कंगना रनौत बलिउडमा नातावादको विषयमा कडा रुपमा प्रस्तुत हुने गर्छिन् । सुशान्तको मृत्युपछि उनको निशानामा ठूल्ठूला व्यक्ति छन् । यसैबीच करिना कपुर खानले आफ्नो अनुभव र फिल्मी यात्राबारे कुरा गरेकी छिन् जसमा उनले फिल्मी घरानासँग सम्बन्धित हुँदा समस्या निकै हदसम्म कम हुने बताएकी छिन् । बलिउड लाइफमा प्रकाशित एक खबरका अनुसार एक अन्तर्वार्तामा करिना कपुर खानले भनिन्, ‘२१ वर्षसम्म फिल्म इन्डष्ट्रिमा नेपोटिजमका कारण मात्रै म टिक्न सक्दिनँ । यो सम्भव नै छैन । म ती सुपरस्टार्सका सन्तानको एउटा लामो सूची बनाउन सक्छु जसले यस्तो गर्न सकेका छैनन् ।’ कपुर खानदानबाट आएका कारण उनले प्राथमिकता पाएको तर यति हुँदाहुँदै पनि आफूलाई प्रमाणित गर...
शाहरुख खानले आफ्नो घरलाई प्लाष्टिकले ढाके ?
मनोरञ्जन, विदेश

शाहरुख खानले आफ्नो घरलाई प्लाष्टिकले ढाके ?

नेपाल अखबार, एजेन्सि। मुम्बईमा कोरोनाभाइरसको प्रकोप तीब्र रुपमा बढिरहेको छ । अब बलिउड सेलिब्रिटी पनि यसको जकडमा आइरहेका छन् । केही दिनअघि अमिताभ बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका थिए । अमिताभबाहेक अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् । यो देखेर अन्य सेलिब्रिटी पनि विशेष सावधानी अपनाइरहेका छन् । बच्चन परिवारका सदस्य अहिले अस्पतालमा भर्ना छन् र आफ्नो उपचार गरिरहेका छन् । यसैबीच नायक शाहरुख खानले आफ्नो बंगला मन्नतलाई चारैतिर प्लाष्टिकले छोपेका छन् । स्मरण रहोस्, शाहरुख खान आफ्नी श्रीमती गौरी र तीन सन्तानसहित मन्नतमा बसिरहेका छन् । साथै शाहरुखले आफ्नो पाँच तले अफिसलाई कोरोना बिरामीको उपचारका लागि बीएमसीलाई दिएका छन् । शाहरुखले सावधानी अपनाउँदै आफ्नो घरलाई चारैतिर छोपेका छन् । भारतीय मिडियाका प्रकाशित समाचारका अनुसार शाहरुख खानले आफ्नो घरलाई...
शाहरुख खान विवाहित हुन् भन्ने थाहा पाएपछि असाध्यै रोएकी थिएँः ‘दंगल’ की नायिका फातिमा
मनोरञ्जन

शाहरुख खान विवाहित हुन् भन्ने थाहा पाएपछि असाध्यै रोएकी थिएँः ‘दंगल’ की नायिका फातिमा

नेपाल अखबार, एजेन्सि। बलिउड नायिका फातिमा सना शेखले केही फिल्ममा मात्रै काम गरेकी छिन् तर उनले आफ्नो फिल्ममार्फत् मानिसहरुको ध्यान आकृष्ट गर्न सफल भने भएकी छिन् । नायिकाले फिल्ममा बाल कलाकारको रुपमा पनि काम गरेकी छिन् । हालै भारतीय समाचार एजेन्सीलाई दिएको एक अन्तरवार्तामा फातिमाले शाहरुख खान विवाहित हुन् भन्ने थाहा पाएपछि उनको मन दुखेको बताएकी छिन् । स्मरण रहोस्, सन् २००१ मा रिलिज भएको फिल्म ‘वन टु का फोर’ मा शाहरुख खानसँग काम गरेकी थिइन् । फिल्मफेयरलाई दिएको अन्तरवार्तामा फातिमा सना शेखले फिल्म ‘वन टु का फोर’ को सुटिङबारे कुरा गर्दै भनिन्, ‘शाहरुख खानलाई थाहै थिएन कि पाँच वर्षका यी बच्चा उनीसँग कति प्रेम गर्छिन् । जब मलाई उनी विवाहित हुन् भन्ने थाहा भयो तब मेरो मन असाध्यै टुटेको थियो र म बेस्सरी रोएकी थिएँ । मेरो लागि यो एउटा ब्रेकअपजस्तो थियो ।’ दंगलबाट मुख्य भूमिकामा डेब्यूः फातिमा सना ...
यी ९ तस्बिरमा हेर्नुहोस् वाल्यकालदेखि अहिलेसम्म कति परिवर्तन भइन् प्रियंका चोपडा
ग्यालरी, मनोरञ्जन

यी ९ तस्बिरमा हेर्नुहोस् वाल्यकालदेखि अहिलेसम्म कति परिवर्तन भइन् प्रियंका चोपडा

नेपाल अखबार, एजेन्सि। बलिउड नायिका प्रियंका चोपडाले शनिबार (१८ जुलाई) मा आफ्नो ३८ औं जन्मदिन मनाएकी छिन् । उनी उत्तर प्रदेशको बरेली शहरमा हुर्किएकी हुन् । उनको जन्म जमशेदपुरमा भएको थियो तर उनका आमाबुवा दुबै भारतीय सेनामा थिए त्यसैले उनले लखनउ, बरेली, दिल्लीसहित भारतका अन्य थुप्रै शहरमा बस्ने मौका पाइन् । उनी सन् २००० मा विश्व सुन्दरी बनिन्, त्यसपछि उनले फर्किएर हेर्नुपरेको छैन । उनले बलिउडसहित हलिउडमा पनि आफ्नो रङ्ग जमाइसकेकी उनी अमेरिकी गायिका निक जोनससँग विवाह गरिन् र उनी अमेरिकामा सेटर छिन् । प्रियंकाले अहिले जुन स्थान हासिल गरेकी छिन् त्यसका लागि उनले कडा मिहिनेत गरेकी छिन् । उनले अन्तर्वार्तामा आफू सधैं आफ्नो सपनासँगै हुर्किएको बताउने गरेकी छिन् । मानिसहरुले आफूलाई ‘तिमी एक केटी हौ, तिम्रो सपना पूरा हुँदैनन्’ भन्ने गरेको उनले बताउँछिन् । जब उनी अमेरिका पढ्न गइन् तब उनलाई मानिसहरुले उन...
सलमान खानको ‘भ्यानिटी भ्यान’ विलासी अपार्टमेन्टभन्दा कम छैन, हेर्नुहोस् तस्बिर
मनोरञ्जन

सलमान खानको ‘भ्यानिटी भ्यान’ विलासी अपार्टमेन्टभन्दा कम छैन, हेर्नुहोस् तस्बिर

नेपाल अखबार, एजेन्सि। बलिउड नायक सलमान खान निकै विलासी जीवन बाँच्छन् । उनको फार्महाउस होस् वा भ्यानिटी भ्यान, हरेक स्थानमा उनको सुविधालाई विशेष ध्यान दिइन्छ । उनको भ्यानिटी भ्यानकै कुरा गरौं, यो कुनै मिनी अपार्टमेन्टभन्दा कम छैन । यसको इन्टेरियर उत्कृष्ट हुनुका साथै यो निकै आरामदायी पनि छ । यसको भित्रको तस्बिर हेर्दा सायद तपाईंमध्ये धेरैलाई लोभ लाग्न पनि सक्छ । सलमानको यो भ्यानिटी भ्यानमा ठूलो आरामदायी कुर्सी छ । साथै एउटा ठूलो ऐना  राखिएको छ जसमा उत्कृष्ट लाइटको व्यवस्था गरिएको छ । टिभीः सिटिङ एरिया नजिकै आराम गर्ने स्थान पनि छ । यहाँ एउटा ठूलो स्क्रिन भएको टिभी राखिएको छ । भ्यानभित्र छन् सबै सुविधाः भ्यानिटी बसभित्र स्टाइलिस बाथरुमदेखि सुत्नेसम्मको सुविधा छ । सिटमा उत्कृष्ट छालाको उत्पादन चयनः सलमानको भ्यानको सिटका लागि उत्कृष्ट क्वालिटीको छालाको प्रयोग गरिएको छ । सलमानको फोटोः भ्यानभित्...
उदित नारायणको खुलासाः २२ वर्षसम्म धम्कीमा बाँचे, डिप्रेशनमा आत्महत्या गर्ने समेत सोच आयो
मनोरञ्जन

उदित नारायणको खुलासाः २२ वर्षसम्म धम्कीमा बाँचे, डिप्रेशनमा आत्महत्या गर्ने समेत सोच आयो

नेपाल अखबार, एजेन्सि। उदित नारायणले भारतीय फिल्म उद्योगमा आफ्नो ४० वर्ष पूरा गरिसकेका छन् । सन् १९८० मा उनको पहिलो फिल्म ‘उन्नीस बीस’ आएको थियो । संगीत राजेश रोशनको थियो । लेखेका थिए अमित खन्नाले । त्यो गीत उदित नारायणले मोहम्मद रफीसँग गाएका थिए । उद्योगमा ४० वर्ष पूरा गरेको खुसीयालीमा उदित नारायणले आफ्नो युट्युब च्यानल सार्वजनिक गरेका छन् । ४० वर्षको यात्रामा उनले दुई पटक पद्म पुरस्कार प्राप्त गरे । ५ पटक उनले फिल्म फेयर अवार्ड पनि जिते । उनले ४० वटा भाषामा गीत गाएका छन् । यी सबै उपलब्धि उनले सजिलै हासिल भने गरेका होइनन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले भने, ‘सन् १९८० देखि पहिलो काम पाउने संघर्ष अलग थियो । ६ देखि ७ व्यक्तिसँग मुम्बईमा एउटा कोठामा बस्थेँ । जुन सानो गाउँबाट आएको थिएँ त्यहाँ पिता किसान थिए । उहाँले डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्नुहुन्थ्यो तर लगाव भिन्न थियो...