Tuesday, August 11

राजनीति

कुलमान र बेलायती राजदूतबीच भेटवार्ता,
राजनीति, समाचार

कुलमान र बेलायती राजदूतबीच भेटवार्ता,

नेपालअखबार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मा पाएका कुलमान घिसिङ र नेपालस्थित बेलायती राजदूत रब फेनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायती राजदूत फेनले बधाई दिए । उनले कुलमानको सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटमा नेपाल-बेलायतबीच मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायका लागि आवश्यक सहयोग लगायत विषयमा छलफल भयो । भेटमा मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताका रूपमा आन्दोलनका कारण क्षति भएका संरचना पुनर्निर्माण, आमचुनाव र सुशासन कायम गर्नु रहेको बताए । नेपालको पुरानो मित्र बेलायतले नेपालको आर्थिक विकासमा गरेको सहयोगको सराहाना गर्दै नेपाललाई कार्ब...
कारागार फर्किए टोपबहादुर रायमाझी
राजनीति, समाचार

कारागार फर्किए टोपबहादुर रायमाझी

नेपालअखबार,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता एवं निलम्बित सांसद टोपबहादुर रायमाझी कारागार फर्किएका छन्। उनी मंगलबार कारागार फर्किएको डिल्लीबजार कारागार स्रोतले जानकारी दिएको छ। जेनजीको प्रदर्शनको क्रममा भदौ २४ गते  सुन्धारास्थित कारागारबाट भागेका थिए। उनी दुई सातापछि सुन्धारा कारागार फर्किएका हुन्। यसअघि सुन्धारा कारागारबाट भागेका चूडामणि उप्रेती ‘गोरे’ फर्किएका थिए। यस्तै उक्त कारागारबाट भागेका ३३ सयमध्ये एक हजार फर्किएका छन् भने केही जिल्ला कारागारहरूको सम्पर्कमा आएको स्रोतले जनाएको छ।...
धेरै देशहरूबाट मान्यता पाएपछि प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बासले गरे हमासलाई अपिल
राजनीति, विश्व, समाचार

धेरै देशहरूबाट मान्यता पाएपछि प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बासले गरे हमासलाई अपिल

नेपालअखबार, गाजा । प्यालेस्टाइनलाई धेरै देशहरूले राष्ट्रको रुपमा मान्यता दिएपछि प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले संयुक्त राष्ट्र सङ्घको महासभामा आफ्नो सम्बोधनको क्रममा हमासलाई आफ्ना हतियारहरूसहित आत्मसमर्पण गर्न अपिल गरेका छन् । अमेरिकाले अब्बास र अन्य प्यालेस्टिनी अधिकारीहरूको भिसा रद्द गरेको थियो जसले गर्दा प्यालेस्टिनी राष्ट्रपति भिडियो लिङ्क मार्फत संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्न बाध्य भए । आफ्नो सम्बोधनमा अब्बासले स्थायी युद्धविरामको आवश्यकतामा जोड दिएका छन् । गाजाको प्रशासनमा हमासको कुनै भूमिका नहुने पनि उनले बताए । उनले हमासलाई प्यालेस्टिनी प्राधिकरणलाई आफ्नो हतियार आत्मसमर्पण गर्न समेत आग्रह गरे । ‘हामी हतियार बिनाको सङ्गठित राष्ट्र चाहन्छौँ’ अब्बासले भने । यस क्रममा उनले २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको घटनाको पनि निन्दा गरे ...
पूर्वप्रधानमन्त्री झलनाथ पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लगिंदै
राजनीति, समाचार

पूर्वप्रधानमन्त्री झलनाथ पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लगिंदै

नेपालअखबार, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । छोरा निर्भिकसहित भारत जाने तयारी रहेको परिवारका एक सदस्यले  बताए । उनलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लगिन लागेको हो । उपचारका क्रममा उनको बायाँ हात समेत काट्न परेको थियो । अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार, अब चित्रकारको ज्यान खतरामा भने छैन । तर, उनलाई निमोनिया भने निको हुनका लागि समय लाग्छ । आगजनीमा परेपछि उनको फोक्सोमा अत्यन्तै धेरै धुवाँ पुगेको र त्यसले असर गरेको डा. राईले जानकारी दिए । ‘निमोनिया थियो । उहाँको फोक्सोमा धेरै ...
कर्मचारीले काम नगरे सिधै गुनासो गर्न मिल्ने : अर्थमन्त्री खनाल
राजनीति, समाचार

कर्मचारीले काम नगरे सिधै गुनासो गर्न मिल्ने : अर्थमन्त्री खनाल

नेपालअखबार,काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय मातहतका निकाय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीले गर्नुपर्ने काम नगरेमा सिधै मन्त्रीलाई गुनासो गर्न मिल्ने व्यवस्था गरेका छन् । सोमबार मन्त्री खनालले आफ्नो इमेल वा मन्त्रालयको टोल फ्री नम्बरमा उजुरी गर्न सूचना जारी गरेका हुन् । सोमबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा अनुचित कार्यकाको लागि दबाब दिएको र घुस तथा रिसवत मागेमा सिधै अर्थमन्त्रीलाई इमेल गर्न मिल्ने व्यवस्था गरिएको जानकारी दिएको छ । अर्थमन्त्री खनालले घुस वा रिसवत माग गर्ने लगायतका कुनै पनि अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाइ भएको अवस्थामा अर्थमन्त्री खनालको अफिसियल इमेल वा टोल फ्री नम्बरमा गुनासो गर्न सकिने भएको छ । अर्थमन्त्री खनालले यसको लागि उपसचिव निरन भट्टराई र शाखा अधिकृत पवित्रा ज्...
मन्त्री क्वार्टर चाहिँदैन्, मन्त्रालयमै एउटा कोठा दिनुस: शिक्षामन्त्री पुन
राजनीति, समाचार

मन्त्री क्वार्टर चाहिँदैन्, मन्त्रालयमै एउटा कोठा दिनुस: शिक्षामन्त्री पुन

नेपालअखबार,काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि सञ्चारमन्त्रीसँग कुरा गर्दै पुनले अपर्झट मन्त्री भएकाले अहिले नै धेरै नबोल्ने बताए । ‘म शिवजी अथवा भगवान भएदिएको भए त्रिनेत्र लगाएर यसो यसो गर्छु भन्ने थिएँ, अब अपर्झट यहाँ आएर मन्त्री भइएको छ, सेवा सुविधा मलाई केही पनि चाहिन्न, म मन्त्रालयमा ओछ्यान लगाएर बस्ने हो,’ उनले भने । ठ्टयौली पारामा उनले भने, ‘मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाइ खाने, त्यहीँ सुत्ने ।’ मन्त्रीको जिम्मेवारीमा रहँदा प्राप्त हुने राम्रा सुझाव ग्रहण गरेर सकेसम्म छिटो कार्यान्वयनमा लैजाने उनको भनाइ छ । मन्त्रालयको जिम्मेवारी अनुसार विज्ञान, प्रविधि, नवप्रवर्तन नै आफ्नो प्राथमिकता पर्ने उनले बताए । आफूले जिम्मेवारी पाएको म...
सञ्चारमन्त्री खरेलको पहिलो निर्णय : देशका प्रमुख सहरमा फ्रि–वाईफाईको व्यवस्था गरिने
राजनीति, समाचार

सञ्चारमन्त्री खरेलको पहिलो निर्णय : देशका प्रमुख सहरमा फ्रि–वाईफाईको व्यवस्था गरिने

नेपालअखबार, काठमाडौँ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका जगदीश खरेलले पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमादेशका प्रमुख सहरमा फ्रि–वाईफाईको व्यवस्था गरिने बताएका छन् । देशका प्रमुख सहरहरुमा पाँच महिनाभित्र फ्रि वाईफाई बिस्तार गर्ने निर्णय उनले गरेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणमार्फत उक्त निर्णय कार्यान्वयन ल्याइने उनले बताए । काठमाडौंमा दुई मिहनाभित्र र सातै प्रदेशका राजधानी र ठूला सहरका सार्वजनिक स्थानमा क्रमैसँग उक्त सुविधाको व्यवस्था गरिने उनले बताए ।...
पार्टी कार्यालय राख्ने भवन खोज्दै नेकपा एमाले
राजनीति, समाचार

पार्टी कार्यालय राख्ने भवन खोज्दै नेकपा एमाले

नेपालअखबार,काठमाडौँ । च्यासलको पार्टी कार्यालय भदौ २३ र २४ को आन्दोलनका क्रममा आगजनी भएर काम नलाग्ने भएपछि नेकपा एमालेले केन्द्रीय कार्यालय राख्ने भवन खोज्न सुरु गरेको छ । आन्दोलनकारीले कार्यालयमा आगजनी र तोडफोड गरेर ध्वस्त भएकाले बैठक बस्न र पार्टीका अन्य गतिविधि समेत सञ्चालन गर्न मिल्ने अवस्था नभएकाले नयाँ भवनको खोजी गर्नुपरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए । आन्दोलनकारीले केन्द्रीय कार्यालयसहित प्रदेश तथा जिल्ला पार्टी कार्यालय समेत आगजनी र तोडफोड भएको एमालेले जनाएको छ । एमाले नेताहरुका अनुसार नेता कार्यकर्ताहरूले काठमाडौँ र ललितपुरमा केही भवनहरू कार्यालयका लागि हेरे पनि टुङ्गो लागिसकेको छैन । उनीहरूका अनुसार केही दिनमै महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयको बैठक बसेर निर्णय गर्ने तयारी छ । त्यस्तै एमालेले आन्दोलनका क्रममा केन्द्रीय...
जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ  आयोग गठन
राजनीति, समाचार

जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ  आयोग गठन

नेपालअखबार,काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ  आयोग गठन गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो । आयोगमा नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वर प्रसाद भण्डारीलाई नियुक्त गरिएको छ । यो आयोगको कार्यकाल तीन महिना राखिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन भएको थियोट्ठ । जसमा ७४ जनाको मृत्यु भएको छ ।...
संघीयता सबलीकरणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने राष्ट्रिय सभाको निर्णय
राजनीति, समाचार

संघीयता सबलीकरणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने राष्ट्रिय सभाको निर्णय

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभाले संघीयता सबलीकरणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो । संसद सचिवालयका अनुसार यसअघि गत जेठ ११ र १२ गते सातवटै प्रदेशमा राष्ट्रिय सभाले ‘संघीयता सबलीकरणमा राष्ट्रिय सभाको जिम्मेवारी प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयक निर्वाचक मण्डलहरूसँगको समन्वय बैठक/अन्तरक्रिया कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमका उठेका विषयहरूलाई एकीकृत गरेर राष्ट्रिय सभामा पेश गर्ने तयारी थियो । तर, राष्ट्रिय सभामा अधिवेशन नै अन्त्य भएकाले यो अवस्थामा उक्त संघीयता सबलीकरणसम्बन्धी प्रतिवेदन प्रतिवेदन आवश्यक परिमार्जनसहित सार्वजनिक गर्ने निर्णय आइतबार भएको हो । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकमा उपाध्यक्ष विमला ...