Wednesday, August 12

राजनीति

सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन
राजनीति, समाचार

सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जाननहुने बताएका छन् । २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख व्यक्त गरेको छ ।संसद्‍का सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालले संयुक्त रूपमा शुक्रबार विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।...
राष्ट्रपतिको म्यान्डेट लिएर सल्लाहकारहरू सरोकारवालासँग जुटे छलफलमा
राजनीति, समाचार

राष्ट्रपतिको म्यान्डेट लिएर सल्लाहकारहरू सरोकारवालासँग जुटे छलफलमा

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनबारे सरोकारवालाहरूसँग छलफल गर्ने जिम्मेवारी आफ्ना सल्लाहकारहरूलाई दिएका छन् । पौडेलको म्यान्डेट लिएर उनका सल्लाहकारहरू लक्ष्मी निवासमा रहेको भैरवनाथ गणमा सरोकारवालासँग छलफल गर्न पुगेका छन् । पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा, परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसे, कानुनी सल्लाहकार बाबुराम कुँवर, प्रेस सल्लाहकार किरण पोखरेल भैरवनाथ गणमा पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो । त्यहाँ उनीहरूले जेनजीका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, संविधानविद्, कानुनविद् र अन्य व्यक्तिहरूसँग आवश्यकताका आधारमा छलफल गर्ने स्रोतले बतायो । राष्ट्रपति पौडेलले आफ्नो निवासमा अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग कुराकानी गरिरहेका छन् । सल्लाहकारहरूले छलफलबाट ल्याएको निचोड राष्ट्रपतिलाई ब्रिफिङ गर्ने र त्यसपछि त्यही ब्रिफिङक...
७२ घण्टामा २०० जना मारिनेगरी कतारसहित ६ देशमा इजराइली हमला
राजनीति, विश्व, समाचार

७२ घण्टामा २०० जना मारिनेगरी कतारसहित ६ देशमा इजराइली हमला

नेपालअखबार,काठमाडौं । इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्। यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ। इजरायलको यो कदमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतन्याहूसँग असन्तुष्टि व्यक्त गरेका छन्। तर नेतन्याहूले कतारको राजधानी दोहामा हमास अधिकारीहरूलाई लक्षित गरेर गरिएको भन्दै आफ्नो कदमको बचाउ गरेका छन्। उनले यसलाई ९/११ पछि अमेरिकाले गरेको कारबाहीसँग तुलना गर्दै भने, ‘इजराइलले पनि त्यही गरेको हो जुन अमेरिकाले गरेको थियो ।’ इजरायलको यो हमलाले अमेरिकाको भूमिकामाथि पनि प्रश्न उठेको छ । यसबीच अरब नेताहरू ऐक्यबद्धता जनाउन खाडी राष्...
सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द
प्रशासन, राजनीति, समाचार

सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द

नेपालअखबार,काठमाडौं । नेपाली सेनाको सुरक्षामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरू अघोषित नजरबन्दमा परेका छन् । उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको बाहिरबाटै उनीहरूको सम्पर्कमा रहेका दलका नेताहरूको भनाइ छ । दिउँसोसम्म सम्पर्कमा रहेका नेताहरूसँग एकाएक सम्पर्क विच्छेद भएको उनीहरूले बताएका छन् । अन्योल बढिरहेको बेला शान्ति सुरक्षा कायम गर्न र थप स्थिति बिग्रिन नदिन सेनाले मध्यरातसम्म बोल्ड कदम चाल्ने अनुमान गरिएको छ । जेनजीको आन्दोलनका क्रममा आगजनी, तोडफोड तथा हिंसात्मक गतिविधि बढेपछि सेनाले कामचलाउ प्रधानमन्त्री ओली, मन्त्रीहरू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायतका शीर्ष नेताहरूलाई सुरक्षाका लागि आफ्नो नियन्त्रणमा राखेको थियो । आजदेखि दलका कार्यकर्ता सडकमा आउन थालेपछि थप सु...
झलनाथ खनालको अपिल : शान्ति कायम गरेर मुलुकलाई पुनर्निर्माण र समाजवादतर्फ अघि बढाऔँ
राजनीति, समाचार

झलनाथ खनालको अपिल : शान्ति कायम गरेर मुलुकलाई पुनर्निर्माण र समाजवादतर्फ अघि बढाऔँ

नेपालअखबार,काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जेनजी पुस्ताको आन्दोलनमा शहादत प्राप्त गरेका सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति, धैर्य र सहमतिबाट मात्र निकास सम्भव हुने बताएका छन् । खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनप्रति संवेदना व्यक्त गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र र निःशुल्क उपचार गर्न राज्यलाई जोडदार माग गरेका छन् । उनले विगत दुई दिनमा देखिएको आश्चर्यजनक विध्वंसक आगजनी, तोडफोड, लुटपाट र सर्वनाशका घटनाबाट मुलुक अहिले शान्तितर्फ फर्किरहेको उल्लेख गरेका छन् । उनका अनुसार जेनजी पुस्ताको आन्दोलनको समेत समयमा समीक्षा हुनेछ भने त्यसको आडमा देशी–विदेशी शक्तिले गरिएका आततायी अपराधहरूको पनि मूल्याङ्कन हुने स्पष्ट पारेका छन् । तर, तत्कालिक अवस्थामा शान्ति कायम गरेर मुलुकलाई पुनर्स्थापना र...
समस्याको समाधान संवैधानिक दायराबाटै खोजिनु पर्छ: गोकर्ण विष्ट
राजनीति, समाचार

समस्याको समाधान संवैधानिक दायराबाटै खोजिनु पर्छ: गोकर्ण विष्ट

नेपालअखबार,काठमाडौं। नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले समस्याको समाधान समाधान संवैधानिक दायराबाटै खोजिनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार धारणा सार्वजनिक गर्दै भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र समृद्धिको चाहना एवं आवाज विहीनहरूको आवाजको सम्बोधन पनि संविधान र लोकतन्त्रबाटै सम्भव रहेको बताएका हुन्। ‘जेन–जी पुस्ताको भावना र आकांक्षालाई केन्द्रमा राखेर सार्वभौम सत्ता, संविधान र लोकतन्त्रको रक्षा गर्दै समस्याको समाधान संवैधानिक दायराबाटै खोजिनु पर्छ। जेन–जी अन्दोलनमा सहभागी साथीहरूको भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र समृद्धिको चाहना एवं आवाजविहीनहरूको आवाजको सम्बोधन पनि संविधान र लोकतन्त्रबाटै सम्भव छ भन्ने कुरालाई आत्मसात गर्न जरूरी छ,’ उनले भनेका छन्। एमालेले विगतका कमिकमजोरीहरूको गम्भिर समीक्षा गर्ने पनि उनले बताएका छन्। ‘तर  यति बेलाको संकटको समाधान...
घुसपैठियाले लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र गर्दैछन् : एकीकृत समाजवादी
राजनीति, विचार, समाचार

घुसपैठियाले लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र गर्दैछन् : एकीकृत समाजवादी

नेपालअखबार,काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले घुसपैठियाले लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र गर्न खोजेको बताएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाले विज्ञप्ति निकालेर यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘जेन जी पुस्ताको गाग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने हो । तर घुसपैठियाले लोकतन्त्रलाई ने समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् ।’ जेन–जी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन नभएको उल्लेख गर्दै उनले थपेका छन्, ‘तर लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद विघटन र संविधान खारेज गरी लोकतन्त्रको अन्त्य गर्न खोज्दै छन् । यसमा जेनजी पुस्ता सचेत हुन जरुरी छ ।’ लोकतन्त्र नै रहेन भने सामाजिक सञ्जाल होइन वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संगठित हुने स्...
संविधान रक्षाको माग गर्दै कमर्स क्याम्पमा पनि विद्यार्थीको प्रदर्शन
राजनीति, समाचार, समाज

संविधान रक्षाको माग गर्दै कमर्स क्याम्पमा पनि विद्यार्थीको प्रदर्शन

नेपालअखबार, काठमाडौं । एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनले संविधानको रक्षामा उभिन आह्वान गरेका छन् । काठमाडौंको नेपाल कमर्स क्याम्पस मीनभवनमा उभिएर उनीहरूले संविधानको रक्षा गरौं, राष्ट्रपतिलाई सार्वजनिक गर भन्ने प्लेकार्ड बोकेर उभिएका हुन् । ‘न्यायिक आवाजलाई दबाउने कोसिसले मात्र राजनैतिक ढाँचा कमजोर बनाउँछ । सत्य र संविधानको पक्षमा उभिने शक्ति नै मुलुकको रक्षा गर्ने असली रणनिति हो’, अखिलका निवर्तमान अध्यक्ष समिक बडालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।...
विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता आवश्यक छ : मुख्यमन्त्री पाण्डे
राजनीति, समाचार

विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता आवश्यक छ : मुख्यमन्त्री पाण्डे

नेपालअखबार,पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता आवश्यक रहेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– 'विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प हो । ' राष्ट्रपति रामचन्द्र पौडेलले अघि बढाएको संवाद पहल स्वागतयोग्य रहेको भन्दै उनले यो पहललाई सफल बनाउन राजनीतिक  दल, नागरिक समाज, सञ्चार जगतलगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य रहेको बताए । युवापुस्ताको आकांक्षा र भावनालाई समेटदै, संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई, वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान  खोज्न जरुरी रहेको उनले बताए ।...
सीकेले भने जेनजीको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडि प्रयास भइरहेको छ
राजनीति, समाचार

सीकेले भने जेनजीको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडि प्रयास भइरहेको छ

नेपालअखबार,काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्न पर्दा पछाडि प्रयासहरू भइरहेको भन्दै सचेत गराएका छन्। सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई सम्बोधन गर्ने गरी अबको बाटो तय गरिनुपर्ने उनको भनाइ छ। राज्यका महत्वपूर्ण अंगहरू जलाउनु, जनताले वर्षौं लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा निर्वाचित जनप्रतिनिधिमूलक थलो संसद भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देशका लागि दुर्भाग्य हुने राउतले बताएका छन्। त्यस्तो अवस्था आए देश नै नरहने वा देशमा कठपुतलीलाई उम्भाएर देश अरुकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएको राउतको भनाइ छ। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राउतले जेनजीको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडिका प्रयास सफल भए देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्ने र देश नै नरहरने अवस्था आउन सक्ने चिन्ता व्...