डा. शेखर कोइरालाले भने खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ
नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै 'जेनजी' आन्दोलनको युवा ऊर्जा र चेतनाको कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य भएको बताएका छन्।
भदौ २३ र २४ गतेको घटनापछि उदाएको नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गर्दै डा. कोइरालाले यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन्।
यद्यपि, उनले भदौ २४ गतेको आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी र तोडफोडको कडा निन्दा गरेका छन्। विशेषगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमण र उहाँकी पत्नीमाथि भएको हातपातलाई उनले 'जघन्य अपराध' को संज्ञा दिएका छन्। उनले भनेका छन्, ‘यसको जति निन्दा गरे पनि कम हुन्छ।
आफ्नो पार्टीको विगतको समीक्षा गर्दै डा. कोइरालाले कांग्रेसले विगतमा केही 'रणनीतिक भूल' गरेको र युवाको भावनालाई ...








