Wednesday, August 12

राजनीति

गाजा शहर नियन्त्रणमा लिने योजनासाथ आक्रमण गर्न  थाल्यो इजरायलले
राजनीति, विश्व, समाचार

गाजा शहर नियन्त्रणमा लिने योजनासाथ आक्रमण गर्न थाल्यो इजरायलले

नेपालअखबार,काठमाडौं । विश्वभरबाट आलोचनाका बाबजुद इजरायली सेनाले गाजा क्षेत्रमा हमला सुरु गरेको छ । इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजना अनुसार कारबाही सुरु गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा शहरको बाहिरी क्षेत्र उसले नियन्त्रणमा लिइसकेको छ । एक सैन्य कमाण्डरका अनुसार कब्जाको तयारी गर्नका लागि जैतुन र जबालिया क्षेत्रमा इजरायली सैनिक पहिल्यैदेखि तैनाथ छन् । यस सैन्य अभियानलाई मंगलबार रक्षामन्त्री इजरायल काट्जले मन्जुरी दिइसकेका थिए । अब त्यसलाई यसै हप्ताको अन्तिमतिर सुरक्षा क्याबिनेटमा पेस गरिनेछ । प्यालेस्टिनी नागरिकमा हुने असरलाई लिएर इजरायलको सैन्य कारबाहीको अन्तर्राष्ट्रिय स्तरबाट कडा विरोध भइरहेको छ । तर इजरायलले हमास लडाकुहरुलाई निमिट्यान्न नपारेसम्म आफ्नो अभियान नरोकिने जनाउँदै आएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्ध विराम सम्झौता पालना नगरेको...
प्रचण्ड रविलाई भेट्न नख्खु कारागार पुगे
राजनीति, समाचार

प्रचण्ड रविलाई भेट्न नख्खु कारागार पुगे

नेपालअखबार, काठमाडौँ  ।पूर्वप्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन् । भिटामिन ‘डी’ को कमीका कारण अस्वस्थ देखिएका रविलाई भेट्न भर्खर पुगेका रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । राजनीतिक सदाशयता देखाएर रविलाई भेट्न प्रचण्ड कारागार गएकोमा रास्वपाले आभार प्रकट गरेको उनले बताए ।  झाका अनुसार पार्टीको तर्फबाट आभार व्यक्त गर्न कार्यवाहक सभापति डोलप्रसाद अर्याल लगायत नेताहरू पनि नख्खु कारागार पुगेका छन् ।...
महिलाहरुकै सङ्घर्षले वर्तमान उपलब्धि हासिल भएको होः परराष्ट्रमन्त्री
राजनीति, समाचार

महिलाहरुकै सङ्घर्षले वर्तमान उपलब्धि हासिल भएको होः परराष्ट्रमन्त्री

नेपालअखबार, काठमाडौँ  । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङघर्षले महिला अधिकार र सशक्तिकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको हो भन्नुभएको छ । नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूभिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै उहाँले भन्नुभयो “महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हासिल भएका छन् । महिलाले महत्वपूर्ण संवैधानिक अधिकार पनि प्राप्त गरेका छन् । त्यो सबै नेपाली महिलाहरुले गरेको सङ्घर्षकै उपलब्धि हो ।” मन्त्री डा राणाले नेपाली कांग्रेसकै महिला नेतृहरु मङ्गलादेवि सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाहरुको योगदानको स्मरण गर्दै उहाँहरु र अरु पनि महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट गर्नुभयो । तर वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै ध...
पाकिस्तानको संसदीय प्रतिनिधिमण्डललसँग सभामुखको शिष्टाचार भेट
राजनीति, समाचार

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डललसँग सभामुखको शिष्टाचार भेट

नेपालअखबार, काठमाडौँ  । काठमाडौंमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले शिष्टाचार भेटवार्ता गरेका हुन् । पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुखले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे चर्चा गरेका थिए । भेटमा उनले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीहरूलाई साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । सभामुख घिमिरेले दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखे । प्रतिनिधि मण्डलकी नेतृ हसनले नेपालले हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ सफलरूपमा सम्पन्न गरेकोमा ध्यावाद ज्ञापन गरिन् । नेपालले जलवायु ...
प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने
राजनीति, समाचार

प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

नेपालअखबार,काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न एक बजे बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी ( पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।...
भौतिक पूर्वाधार मन्त्रीद्वारा बेलिब्रिज उद्घाटन
राजनीति, समाचार

भौतिक पूर्वाधार मन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

नेपालअखबार,इलाम । केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गरेका हुन् ।सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ । पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रुपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ ।...
काठमाडौंमा “जुलाई बियन्ड बोर्डर्स” शीर्षकको फोटो र भित्तिचित्र प्रदर्शनी आयोजना
राजनीति, समाचार

काठमाडौंमा “जुलाई बियन्ड बोर्डर्स” शीर्षकको फोटो र भित्तिचित्र प्रदर्शनी आयोजना

नेपालअखबार,काठमाडौं । बंगलादेशमा सन् २०२४ को जुलाईमा भएको ऐतिहासिक जनआन्दोलनको पहिलो वर्षगाँठ मनाउने स्मरण कार्यक्रमको एक हिस्साको रूपमा काठमाडौंस्थित बंगलादेश दूतावासले आफ्नो परिसरमा "जुलाई बियन्ड बोर्डर्स" शीर्षकको फोटो र भित्तिचित्र प्रदर्शनी आयोजना गरेको छ। प्रदर्शनीको उद्घाटनमा नेपालका लागि विभिन्न देशका राजदूत, सार्कका महासचिव, राष्ट्रसंघीय संस्थाका प्रतिनिधिलगायत कूटनीतिक तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधि, बंगलादेशका लागि नेपालका पूर्वराजदूत, प्रतिष्ठित व्यापारी तथा उद्यमी, चिकित्सक, नागरिक समाज, कलाकार, विद्यार्थी र नेपालका अन्य पेशाकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा बंगलादेशी समुदायका सदस्यहरुको समेत उपस्थिति रहेको थियो । “हिन्दुकुश हिमालय संसदीय सभा” कार्यक्रममा भाग लिदै चटगाउँ पहाडी क्षेत्र मामिला मन्त्रालयका सल्लाहकार श्री सुप्रदिप चकमाको नेतृत्वमा नेपाल भ्रमण...
एकीकृत समाजवादीको  स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान
राजनीति, समाचार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीको अधिवेशन, पार्टीको आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । उनले बैठकमा समसामयिक राजनीतिक घटनाक्रम,समाजवादी कार्यक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानअन्तर्गत सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानले देशभर पारेको प्रभावकारिताबारे समीक्षा गरिने जानकारी दिए । जनवर्गीय सङ्गठनका कार्यप्रगति साथै महासचिव घनश्याम भुसालको नेतृत्वमा गठित कार्यदलले गरेका कामको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गरिने उपप्रमुख अ...
आज राष्ट्रिय सभाको बैठक बस्दै
राजनीति, समाचार

आज राष्ट्रिय सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । यसैगरी अर्थसमिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । अर्थसमितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को म...
शुभेच्छुक संस्था समन्वय विभागले कांग्रेसलाई जनस्तरसम्म जोड्ने पुलको भूमिका निर्वाह गर्ने : शुभेच्छुक संस्था समन्वय विभागका प्रमुख सत्तार
राजनीति, समाचार

शुभेच्छुक संस्था समन्वय विभागले कांग्रेसलाई जनस्तरसम्म जोड्ने पुलको भूमिका निर्वाह गर्ने : शुभेच्छुक संस्था समन्वय विभागका प्रमुख सत्तार

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागले सोमबार सानेपास्थित बीपी स्मृति भवनमा आयोजना गरेको अन्तरक्रिया तथा तीज शुभकामना आदान–प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू लगायत पार्टीका नेताहरूको उल्लेखनीय उपस्थिति थियो । सभापति शेरबहादुर देउवाले शुभेच्छुक संस्थाहरूलाई पार्टीको मेरुदण्ड भन्दै संगठन विस्तारमा अझ सक्रिय हुन आह्वान गर्दै उपस्थित सबैलाई तीजको शुभकामना पनि व्यक्त गरे । महामन्त्री थापाले शुभेच्छुक संस्थाले तल्लो तहमा पार्टीको नीति–कार्यक्रम पुर्‍याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले युवापुस्तालाई आकर्षित गर्ने खालका गतिविधि बढाउनुपर्नेमा जोड दिँदै सबैलाई तीजको शुभकामना दिए । ...