Thursday, August 13

राजनीति

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस गर्ने सम्भावित कार्यसूची छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी, राष्ट्रियसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति दुवै सदनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने...
आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय : गृहमन्त्री लेखक
राजनीति, समाचार

आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय : गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येयका साथ नागरिकतासम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधयेक २०८१ मा सैद्धान्तिक छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै आमालाई नै जिम्मेवार बनाइएको जानकारी दिए । 'सन्तानको पहिलो संरक्षक आमा नै हुन् । आमाले यो मेरो सन्तान हो, त्यसको बुवाको पत्तो छैन अथवा म ल्याउन सक्दिन भनेर स्वघोषणा गरेको अवस्थामा त्यस्ता सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ,' गृहमन्त्री लेखकले भन्नुभयो, 'यसले आमा/महिलाको मात्रै हक स्थापित गरेको होइन । संविधानको सीमारेखा भित्र महिलाको हकलाई पूर्णमा स्थापित गर्ने उद्देश्य पनि हो । सन्तानको पनि हक सुरक्षित गरिएको छ ।' आमाको स्वघोषणा गलत ...
खानेपानीमन्त्री र भारतीय विज्ञ टोलीहरूबिच खानेपानी समस्या समाधानका विषयमा छलफल
राजनीति, समाचार

खानेपानीमन्त्री र भारतीय विज्ञ टोलीहरूबिच खानेपानी समस्या समाधानका विषयमा छलफल

नेपालअखबार,काठमाडौँ ।  खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ । आज मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आउनु भएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेश प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त टोली भोलि मङ्गलबारदेखि तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत रुपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ । उक्त छलफलका क्रममा मन्त्री यादवले खानेपानीको सङ्कट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिकामा देखिएको छ भने बारा र अन्य जिल्लाका विभिन्न वडाहरूमा पनि पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “व...
नेताहरूको नाममा प्रतिष्ठानहरू स्थापना गर्ने र पछि व्यक्तिहरुले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने : प्रधानमन्त्री ओली
राजनीति, विचार, समाचार

नेताहरूको नाममा प्रतिष्ठानहरू स्थापना गर्ने र पछि व्यक्तिहरुले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने : प्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले नबनाएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरू सामूहिक संस्था हुनुपर्ने उनको भनाइ थियो । ‘पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । मनमोहन प्रतिष्ठान पार्टीले नै बनाएको हो । अरु प्रतिष्ठानहरू पनि हामीले, पार्टीले बनाएका छौँ । कतिपय पार्टीले गर्दछ, कतिपय व्यक्तिका हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो खालको परिपाटी छ । त्यो हुनु हुँदैन । हाम्रा संस्थाहरू एकदमै सामूहिक संस्था हुनुपर्छ । मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन...
सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक
राजनीति, समाचार

सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक

नेपालअखबार,काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । घिमिरेले मंगलबार बिहान ११ बजे प्रमुख सचेतकहरूको बैठक बोलाएका उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । बैठकमा मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे छलफल हुनेछ । त्यस्तै गत जेठ १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बहिस्कार गरिरहेको विषयमा पनि छलफल हुनेछ ।...
नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पहल गर्छुः परराष्ट्रमन्त्री
राजनीति, समाचार

नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पहल गर्छुः परराष्ट्रमन्त्री

नेपालअखबार,काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन् । नेपालगञ्ज दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आज मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरूसँग उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् । मन्त्री डा.राणाले भनिन्, ‘सो उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु । नेपालगञ्ज दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौँ । यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र कनेक्टिभीटी जति बढाउन सक्यौँ त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागिपर्नेछु।’ उनले नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्...
हामीलाई सरकार चाहिएको छैन : अध्यक्ष दाहाल
राजनीति, समाचार

हामीलाई सरकार चाहिएको छैन : अध्यक्ष दाहाल

नेपालअखबार,चितवन। माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् । आइतबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अथ्र्याउन खोजिएको भन्दै अहिले नै सरकारमा जाने कुनै सोच नरहेको उनको भनाइ थियो । सरकार परिवर्तनका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष दाहालले भने, 'यो सरकारले राम्रो काम गरिरहेको छैन । त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन । हामीलाई सरकार चाहिएको छैन । त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ ।' माओवादी केन्द्रले भदौ तेस्रो साताबाट विगतमा स्थगन भएको अभियानलाई पुनः सुरु गर्ने र त्यसपछि पुनः केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेन्डासहित अघि बढ्ने उनको भनाइ थियो । 'त्यसैले हाल सरकारभन्दा जनताका कुरा सुन्नतर्फ पार्टीलाई केन्द्रित गरिरह...
चार संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

चार संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं। सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको छ। निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ। अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ। कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यक्रम छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट– २०२५’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। सैगरी विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।  यसैगरी विधायन व्यवस्थापन समितिको बैठ...
दक्षिण एसियामा हुने आतंकवादी गतिविधि न्यूनीकरण गर्न भारतले अगुवाई गर्नुपर्छ : उपेन्द्र यादव
राजनीति, समाचार

दक्षिण एसियामा हुने आतंकवादी गतिविधि न्यूनीकरण गर्न भारतले अगुवाई गर्नुपर्छ : उपेन्द्र यादव

नेपालअखबार,काठमाडौं । नेपाल–भारत विकास मञ्चले काठमाडौंमा ‘दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । आइतबार काठमाडौंको बतिसपुतलीस्थित होटल तपसमा भएको सो विचार गोष्ठीमा विभिन्न राजनीति दलका शीर्ष नेताहरुले आआफ्नो धारणा राखेका थिए । विचार गोष्ठीमा पूर्वपरराष्ट्रमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आतंकवादी गतिविधि न्यून गर्न भारतले अगुवाइ गर्नुपर्ने बताएका छन् । यादवले आतंकवादी गतिविधिलाई कुनै पनि वादसँग जोडेर हेर्न नहुने समेत जिकिर हुन् । आतंकवादी गतिविधि राष्ट्रवाद, धर्म वा पृथकतावादी आन्दोलनका नाममा जन्मिए पनि यसको स्वरूप सदैव अमानवीय र मानव विरोधी भएको अध्यक्ष यादवले बताए । “दक्षिण एसियामा कुनै पनि देश आतङ्कवादबाट अछुतो छैन, तर पाकिस्तान र अफगानिस्तानमा यसको प्रभाव धेरै छ। भुटान, भारत र बङ्गलादेशमा पनि यसको गतिवि...
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राजनीति, समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएका थिए ।उनी तुर्कमेनिस्तान भ्रमणबाट शुक्रबार मध्यराति काठमाडौं फर्किएका थिए ।...