Thursday, August 13

राजनीति

मुलुकको विकासका लागि राजनीतिक स्थिरता आवश्यक छ : सञ्चारमन्त्री गुरुङ
राजनीति, समाचार

मुलुकको विकासका लागि राजनीतिक स्थिरता आवश्यक छ : सञ्चारमन्त्री गुरुङ

नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौँमा स्वावलम्बन विकास केन्द्रको ३४ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री गुरुङले डेमोक्रेसी विकासका लागि उत्तम विकल्प भए पनि राजनीतिक स्थिरता बिना विकास सम्भव नरहेको बताएका हुन् ।नेपालमा अस्थिरताका कारण धेरै समस्या देखिएकाले स्थायित्वका लागि ठुला दलको समीकरण बनाएको उनले बताए । मन्त्री गुरुङले देशभर छरिएर रहेका साना–साना उत्पादनहरूलाई व्यवसायिकमुखी बनाउन सके देश माथि उठ्न सक्ने धारणा राखे ।कार्यक्रममा दुई लाख रुपैयाँ राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई गरिएको छ भने दुई लाख राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल योगेन्द्र मण्डललाई प्रदान गरिएको छ । त्यस्तै ५० हजार राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार व...
ट्रम्पसँग वार्ता गर्न पुटिनले दुबई रोजेका थिए, कसरी तय भयो अलास्का?
राजनीति, विश्व, समाचार

ट्रम्पसँग वार्ता गर्न पुटिनले दुबई रोजेका थिए, कसरी तय भयो अलास्का?

नेपालअखबार,काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्म र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार प्रत्यक्ष भेटवार्ता हुँदैछ। अलास्काको एन्करेजस्थित संयुक्त सैनिक अड्डा (ज्वाइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसन) मा दुई शक्तिशाली मुलुकका प्रमुखबीच बहुप्रतिक्षित बैठक हुन लागेको हो। साढे तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको रूस-युक्रेन युद्धलाई शान्तिमा रूपान्तरण गर्न ट्रम्प र पुटिनबीचको भेटवार्ता कोशेढुंगा हुने आकलन गरिएको छ। यो भेटवार्ता एक साताअघि ट्रम्पका मध्यपूर्व हेर्ने दूत स्टिभ विटकोफले क्रेमलिन भ्रमण गरेपछि तय भएको थियो। गत बुधबार विटकोफले क्रेमलिनमा पुटिनसँग तीन घन्टा वार्ता गरेका थिए। वार्ताको विस्तृत अझै सार्वजनिक भएको छैन। तर त्यसलाई नै ट्रम्म र पुटिनबीच प्रत्यक्ष भेटवार्ताको प्रस्थानबिन्दु भनिएको छ। विटकोफको भ्रमणपछि ट्रम्प आफैले एक साताभित्र पुटिनसँग प्रत्यक्ष वार्त...
प्रतिनिधि सभा बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभा बैठक बस्दै

नेपालअखबार, काठमाडौं ।‍ सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । आज विभिन्न चार संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्द...
सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री
राजनीति, समाचार

सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई आग्रह गरेका छन् । आयोगको वार्षिक समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरूलाई अबको दुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए । “यो आयोग काम नगर्नका लागि वा विगतका जस्तै असफल हुनका लागि गठन गरिएको होइन । काम गर्नका लागि, परिणाम निकाल्नका लागि र लालपुर्जाविहीनलाई त्यसबाट मुक्त बनाउनका लागि गठन गरिएको हो,’’ प्रधानमन्त्री ओलीले भने,“भूमिहीन र अव्यवस्थित बसोबासीले जमिन पाउनुपर्छ । त्यसका लागि कामका सन्दर्भमा सरकारको कुनै सहयोग वा कानुन संशोधन आवश्यक भएमा हामी गर्छाैँ । मुलुकको विशेष परिस्थितिमा दुई ठुला दलको सहकार्यमा बनेको यो ग...
एमालेमा दुइटा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसक्यो : महासचिव पोखरेल
राजनीति, समाचार

एमालेमा दुइटा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसक्यो : महासचिव पोखरेल

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले दुईवटा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको बताएका छन् । नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्दै महासचिव पोखरेलले ७० वर्षको उमेर हद र दुई कार्यकालको विषयमा मतभेद जस्तो देखिए पनि त्यो अन्त्य भइसकेको बताए । पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा सो विषयलाई टुङ्ग्याइ सकेको उनले बताए । ‘यसमा एक जनाको मात्र असहमति छ, कर्ण थापाको मात्रै असहमति छ’, उनले भने । पार्टी विधानमा आफैले स्थगित गरेको कुरालाई स्थगित नगरे जसरी कार्यकर्ता र जनताको बिचमा लैजानु नहुने उनको धारणा छ । आफैँले गरेको काममा टिका टिप्पणी गर्नु राम्रो नहुने उनले स्पष्ट पारे । पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने कुरा एमालेले लोकतन्त्र, पार्टी र...
मल अभाव हुन नदिन कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
राजनीति, समाचार

मल अभाव हुन नदिन कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

नेपालअखबार,काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दैछन्। प्रधानमन्त्रीले सो विषयमा आज अपराह्न छलफल गर्न कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाक्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । देशमा मलको मौज्दात रहेको र आयातको क्रम पनि जारी रहेका बेला किसानले समयमा मल नपाएको गुनासो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले यो समस्या समाधानमा आफूलाई केन्द्रित गरेका छन्। यसै सन्दर्भमा प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। यसअघि पनि प्रधानमन्त्री ओलीले कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँगको छलफल...
राज्यव्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा
राजनीति, समाचार

राज्यव्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा

नेपालअखबार, काठमाडौँ  ।प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले आफूलाई दोषी करार नगरिएको दाबी गर्दै उनले पदलाई भन्दा प्रश्नलाई माथि राखेर राजीनामा दिएको बताए । संघीय निजामति विधेयकलाई समितिबाट पारित गर्दा समितिले कर्मचारी प्रशासनको दाउपेच शक्ति प्रदर्शन झेल्नुपरेको उनको भनाइ थियो । कुलिङ अफ पिरियडको गडबडी छानबिन विशेष समितिले सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेको थियो । आफूले विधेयक गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति अन्तिमसम्म लागेको उनले बताए । उनले निजामती...
युवाहरुको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँः परराष्ट्रमन्त्री
राजनीति, समाचार

युवाहरुको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँः परराष्ट्रमन्त्री

नेपालअखबार, काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले युवा बर्ग देशको ठूलो पुँजी भएकाले उनीहरुको उर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनद्वारा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपाल निर्माणको आधार भनेको युवा शक्ति नै भएकाले उनीहरुप्रति नै देशले भर गरेको छ भन्नुभयो । नेपालको जनसङ्ख्याको ठूलो हिस्सा युवाहरुको रहेकाले यही बर्गले नै मुलुकको भविष्य निर्माणमा ठूलो योगदान गर्न सक्ने उहाँको भनाई थियो । युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । मन्त्री डा राणाले युवाहरु सबै विदेश गए, देश नै खाली भइसक्यो भन्ने जस्तो भाष्य निर्माण गरिएको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो “म युवाहरु विदेश जानै हुदैन भन्ने पक्षमा छैन । म भन्छु य...
राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरुलाई सुझाव : राष्ट्रपति पौडेल
राजनीति, समाचार

राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरुलाई सुझाव : राष्ट्रपति पौडेल

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरुलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउनुपर्ने बताए । युगिन जिम्मेवारी पूरा गर्न युवाहरु सक्षम रहेको भन्दै उनले उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने अहिलेको समयको माग भएको जिकिर गरे । राष्ट्रपति पौडेलले भने, ‘अब यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरुको काँधमा छ । युगिन जिम्मेवारी पूरा गर्न तपाईंहरुको सक्षम हुनुहुन्छ । उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने यो समयको माग हो ।’ उनले विश्वव्यापीकरण र सूचना तथा प्रविधिको...
पार्टी हितविपरीत टीकाटिप्पणी नगर्न एकीकृत समाजवादीकाे निर्देशन
राजनीति, समाचार

पार्टी हितविपरीत टीकाटिप्पणी नगर्न एकीकृत समाजवादीकाे निर्देशन

नेपालअखबार, काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्ना नेता तथा कार्यकर्तालाई पार्टीको हितविपरीत टीकाटिप्पणी नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएको छ।पार्टीका केही जिम्मेवार नेताहरू र कार्यकर्ताले सार्वजनिक रूपमा र सामाजिक सञ्जालमार्फत जथाभाबी अभिव्यक्ति दिँदै जनतामा भ्रम सिर्जना गर्न थालेपछि केन्द्रीय अनुशासन आयोगले यस्तो निर्देशन जारी गरेको जनाएकाे हो। आयोगका अध्यक्ष शिवबहादुर देउजाका अनुसार पार्टी स्वाभिमान र जनविश्वास कायम राख्न सबै नेता तथा कार्यकर्ताले अनुशासन विपरीत गतिविधि तत्काल बन्द गर्नुपर्ने बताए। उनले पार्टीका धारणा, निर्णय वा नीति सम्बन्धी सुझाव, टिप्पणी वा फरक मत सङ्गठित कमिटीको बैठकमार्फत मात्र पेश गर्नुपर्ने बताए । हालै पार्टीका शीर्ष नेताबिच वैचारिक मतभेद बढेपछि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फरक फरक अभिव्यक्ति देखिन थालेका छन्। यसै कार...