Thursday, August 13

राजनीति

एमाले कार्यकर्तासहित १६ जना एकीकृत समाजवादीमा प्रवेश
राजनीति, समाचार

एमाले कार्यकर्तासहित १६ जना एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार,काठमाडौं ।नेकपा एमालेका कार्यकर्तासहित १६ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई मंगलबार समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आलोकनगरमा आयोजित कार्यक्रमबीच पार्टीमा प्रवेश गराएका छन्  । पार्टीका नेता जगन्नाथ खतिवडाका अनुसार एमालेका कार्यकर्तासहित खोटङका ६ जना र उदयपुरका ६ जनासहित १६ जना समावादीमा प्रवेश गरेका हुन् । समावादीमा प्रवेश गर्नेहरू १. हिमाल राई, खोटाङ – नेकपा एमाले १. सजिन्द्र राई – खोटाङ ३. डिकेश राई – खोयङ ४. मिलन राई – खोटाङ ५. प्रवेश राई- खोटाङ ६. देवेन्द्र राई- खोटाङ ७. संखर राई राई, ताप्ली, उदयपुर ८. एगिन्द्र राई, उदयपुर लिम्चुङबुङ-१ ९. रस्मिला राई, उदयपुर लिम्चुङबुङ-२ १०. चइन्द्र राई, उदयपुर, लिम्चुङबुङ-१ ११. जीवन तामाङ, पाँचपोखरी, सिन्धुपाल्चोक १२. धनलाल तामाङ – दोलखा, सैलुङ गाउँपालिका १३. दि...
झन्डै २ दर्जन अमेरिकी राज्यले ट्रम्प प्रशासनमाथि हाले मुद्दा
राजनीति, विश्व, समाचार

झन्डै २ दर्जन अमेरिकी राज्यले ट्रम्प प्रशासनमाथि हाले मुद्दा

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकाका २१ राज्यहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन विरुद्ध एउटा ठुलो कानुनी कदम चालेका छन् । यी राज्यहरूका महान्यायाधिवक्ताहरूले सोमबार प्रशासनमाथि संयुक्त मुद्दा दायर गरेका छन् । पूरक पोषण सहायता कार्यक्रम (स्न्याप)का लाभार्थीहरूको व्यक्तिगत जानकारी उपलब्ध गराउन भनेर अमेरिकी कृषि मन्त्रालय (यूएसडीए)लाई प्रशासनले गरेको मागको विरोध गर्दै यो मुद्दा हालिएको हो । मुद्दा सन फ्रान्सिस्कोको संघीय अदालतमा दायर भएको छ । यो डेटा निर्वासन जस्ता आप्रवासी विरोधी कार्यमा प्रयोग हुने डर यी राज्यहरूलाई छ । गोपनीयता र मानव अधिकार सङ्गठनहरूले पनि यो कदमलाई खतरनाक भनेका छन् । ट्रम्प प्रशासनले हालै यूएसडीएमार्फत सबै राज्यहरूलाई स्न्याप योजनाबाट लाभान्वित नागरिकहरूको जन्म मिति, ठेगाना र नागरिकता स्थिति जस्ता व्यक्तिगत डेटा उपलब्ध गराउन माग गरेको थियो । डेटा दिँ...
पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको प्रस्तावमा १९ वाम पार्टीको ऐक्यबद्धता
राजनीति, समाचार

पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको प्रस्तावमा १९ वाम पार्टीको ऐक्यबद्धता

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मशताब्दी तथा ४७ औँ स्मृति दिवसमा उनका नामबाट मार्क्सवादी विश्वविद्यालय स्थापना गर्न नेपालमा क्रियाशील १९ कम्युनिस्ट/वामपन्थी पार्टी/संस्था, सङ्गठन र बौद्धिकहरूले ऐक्यबद्धता प्रकट गरेका छन्। पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय सम्भावना र चुनौती’ विषयक बृहत् विचारगोष्ठीमा सहभागी डेढ दर्जनभन्दा बढी वामपन्थी पार्टीका नेता–कार्यकर्ता र बुद्धिजीवीहरूले कम्युनिस्ट जनमत अत्यधिक रहेको समाज र विचारशून्यताका कारण रणभुल्लमा परेका पार्टीहरू भएको अवस्थामा नेकपाका संस्थापक पुष्पलालकै नामबाट विश्वविद्यालय निर्माण हुनु अत्यावश्यक रहेको बताएका हुन्। नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले यो ऐतिहासिक प्रस्ताव कार्यान्वयनमा सबै पार्टीले प्रस्थापकलाई सघाउनुपर्ने ध...
विधायन समितिमा ५ वटा विधेयक, नागरिकतापछि निजामतीमा छलफल गर्ने पालो
राजनीति, समाचार

विधायन समितिमा ५ वटा विधेयक, नागरिकतापछि निजामतीमा छलफल गर्ने पालो

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पाँच वटा विधेयक दफावार छलफलमा छ । प्रतिनिधि सभाबाट पारित भएर गएको ‘जलस्रोत विधेयक’माथि छलफल सकाएपछि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक’ माथि दफावार छलफल अगाडि बढाएको छ । आज दिउँसो २ बजे समितिको बैठकमा यो विधेयकमाथि छलफल हुँदैछ ।‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल सकिएपछि नागरिकता ऐन संशोधन विधेयकमाथि छलफल गर्ने र त्यसपछि संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफल अगाडि बढाउने विधायन समितिको तयारी छ । निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको हो । संघीय निजामती सेवा विधेयकमाथिको छलफल सकिएपछि पर्यटन विधेयकमाथि दफावार छलफल हुनेछ । समितिका सभापति तुलसाकुमारी दाहालकाअनुसार कुन विधेयक अगाडि आयो त्यसअनुसार विधेयकलाई पालैपालो अगाडि बढाउने गरिएको छ । उनी भन्छ...
समाजवादी मोर्चाको बैठक बस्दै
राजनीति, समाचार

समाजवादी मोर्चाको बैठक बस्दै

नेपालअखबार ,काठमाडौं । समाजवाद मोर्चाको बैठक बस्दैछ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे मोर्चाको बैठक बस्न लागेको हो । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युुनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् । माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार मोर्चाको बैठकमा समसामयिक राजनीति र मोर्चाको गतिविधिका विषयमा छलफल हुनेछ ।...
१० औं राष्ट्रिय खेलकुद मंसिरभित्रै सक्ने गरी तयारी गर्न राखेप र मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन
खेलकुद, राजनीति, समाचार

१० औं राष्ट्रिय खेलकुद मंसिरभित्रै सक्ने गरी तयारी गर्न राखेप र मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सबाल भएकाले राष्ट्रिय खेलकुदको भव्य तयारी गर्न निर्देशन दिएका हुन् । उनले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गरे । परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिएका थिए । छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उप...
निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौं : मन्त्री पाण्डे
राजनीति, समाचार

निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौं : मन्त्री पाण्डे

नेपालअखबार,।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्यगर्दै अघि बढ्न चाहेको स्पष्ट पारेका छन्। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित समारोहमा ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। 'निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार छ,' उनले भने, 'निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ। हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौं।' उनले संविधानसभा मार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै संघीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिए। साथै संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयकहरू समेत अघि बढिसकेको उल्लेख गरे। मन्त्री पाण्डेले २०६५ सा...
आज संघीय संसदका पाँच संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

आज संघीय संसदका पाँच संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । संघीय संसदअन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज सोमबार बस्दैछन्। संघीय संसद् सचिवालयका अनुसार- १. कानुन, न्याय तथा मानव अधिकार समिति दिनको १ बजे बस्ने बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०८२/८३–२०८६/८७) को मस्यौदाका सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने कार्यसूची छ। २. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बिहान १० बजे सुरु हुने यस समितिको बैठकमा "भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२" मा परेका संशोधनहरूमाथि संशोधनकर्तासँग छलफल गरिनेछ। ३. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति उक्त समितिको बैठकमा "मिडिया काउन्सिल विधेयक, २०८०" का विषयमा सरोकारवालासँग अन्तक्र्रिया गरिने कार्यक्रम तय गरिएको छ। ४. सार्वजनिक लेखा समिति बिहान ११ बजे बस्ने ४७औँ बैठकमा अर्थमन्त्री विष...
माओवादी केन्द्रकाअध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता
राजनीति, समाचार

माओवादी केन्द्रकाअध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

नेपालअखबार,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष दाहालको निवासमा भएको उक्त भेटघाटमा मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । वामपन्थी धुर्वीकरण, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा, कम्युनिष्ट शक्ति एकताबद्ध गर्न भएका प्रयास, अन्तरराष्ट्रिय तहमा शक्तिराष्ट्रबीच भएका युद्ध र त्यसको प्रभाव तथा सरकारको कार्यशैलीबारे छलफल भएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए। दुई पार्टीका अध्यक्षबीचको भेटघाटमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भएका सहकार्य तथा एकताको सम्भावना, सैद्धान्तिक आधार र प्रक्रियागत विषयमा समेत छलफल भएको थियो।...
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, १२४ को मृत्यु
राजनीति, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, १२४ को मृत्यु

काठमाडौं । गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा अवरूद्ध गर्दा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका छन् । इजरायल–हमास युद्ध सुरु भएको २२ महिनामा हालसम्म भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८१ जना बालबालिका छन्। केवल जुलाई महिनामै भोकका कारण ४० जनाको मृत्यु भएको छ, तीमध्ये १६ बालबालिका छन्। गाजामा रिपोर्टिङ गरिरहेका पत्रकारहरूका अनुसार त्यहाँ ५० ग्रामको बिस्कुटको मूल्य एक हजार रुपैयाँ भन्दा बढी पर्ने अवस्था छ । नगद पैसा झिक्नका लागि ४५ प्रतिशतसम्म कमिसन दिनुपर्छ। इजरायलले विदेशी पत्रकारहरूलाई प्रवेश निषेध गरेका कारण त्यहाँबाट स्थानीय सञ्चारकर्मीहरूले रिपोर्टिङ गरिरहेका छन् । बालबालिका लगायतका मानिसहरू नुन चाटेर र पानी पिएर पेट भर्नुपर्ने बाध्यतामा छन्। एक पत्रकारका अनुसार २१ महिनामा उनको तौल ३० किलोले घटेको छ, उनी थकान र रिंगटासँग जुधिरहेका छन्। कुपोषणले ज...