सांसदहरू मतदाताहरूको जनप्रतिनिधि मात्रै होइनन् : सभामुख घिमिरे
नेपालअखबार,काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् र सांसदहरू मतदाताहरूको जनप्रतिनिधि मात्र नभई अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि भएको बताएका छन् ।
स्विट्जरल्याण्डको जेनेभामा संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा धारणा राख्दै सभामुख घिमिरेले संसदीय प्रक्रियाका माध्यमबाट सरोकारवाला पक्षहरूको दृष्टिकोणहरूलाई समेत निर्णय प्रक्रियामा समेटेर अझ गतिशील विश्व निर्माणमा सहयोग पुर्याउन सम्भव रहेको बताए ।
अन्तर व्यवस्थापिका सङ्घ (आईपीयु) र संयुक्त राष्ट्रसङ्घ (युएन)को आयोजनामा भएको “शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य तथा बहुपक्षीयता” विषयक सम्मेलनमा उनले सम्मेलनले अन्तर्राष्ट्रिय सहकार्यको भूमिकालाई यथार्थपरक ढङ्गले प्रतिबिम्बित गरेको बताए ।
अहिलेको विश्व समुदायलाई बढ्दो द्वन्द्व, व्यापार तनाव, आर्थिक तथा सामाजिक असमानता, जलवायु परिवर्तनले निम्त...









