Friday, August 14

राजनीति

ट्रम्पको चेतावनी युक्रेनमाथि आक्रमण नरोके रुसको पतन हुने
राजनीति, विश्व, समाचार

ट्रम्पको चेतावनी युक्रेनमाथि आक्रमण नरोके रुसको पतन हुने

नेपालअखबार,काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका छन् । उनले पूरै युक्रेन रुसमा समाहित गर्ने उद्देश्य राखेर पुटिनले आक्रमण गरिरहेको भन्दै ट्रम्पले यदि त्यसो गरे रुसको पतन हुने चेतावनी समेत दिएका छन् । रुसले पछिल्लो पटक युक्रेनमा गरेको आक्रमणबाट एकैदिनमा पत्रकारहरुसहित ३० जनाको मृत्यु भएको विवरण आइरहेका छन् । अहिलेसम्मकै भिषण भनिएको यो आक्रमणको सन्दर्भमा ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘मैले सधैं भन्दै आएको छु कि पुटिनले युक्रेनको एउटा टुक्रा मात्र होइन, पूरै युक्रेन चाहन्छन् । सायद अहिले यो पुष्टि हुँदै गएको छ । तर यदि उनले यस्तो चाहना राखेमा रुसको पतन हुनेछ ।’ ट्रम्पले पुटिनलाई ‘सन्की’को संज्ञा दिँदै थप लेखेका छन्, ‘पुटिनसँग मेरो सधैं राम्रो सम्बन्ध रह्यो । तर अहिले उनलाई केही भएको छ । उनले विनाकारण धेरै मानिसलाई मा...
जेठ १५ गते एमालेले देशभर उत्सव मनाउने
राजनीति, समाचार

जेठ १५ गते एमालेले देशभर उत्सव मनाउने

नेपालअखबार,काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आगामी जेठ १५ गते देशव्यापी रुपमा गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । जनताका विरुद्धमा हुने कुनै पनि गतिविधि पार्टीका लागि स्वीकार्य नहुने पनि उनले बताए । ‘जनताको विरुद्धमा हुने कुनै पनि गतिविधि नेकपा एमालेका लागि स्वीकार्य हुँदैन । गणतन्त्र जनताको अधिकारको रुपमा स्थापित गर्ने काम भएको छ । त्यसलाई अझै सबल र सुदृढ बनाउनुपर्छ भन्ने कुरा भएको छ,’ महासचिव पोखरेलले भने, ‘जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रुपमा देशव्यापी रुपमा मनाउने र त्यसका लागि आम जनसमुदायलाई गणतन्त्रलाई उत्सवको रुपमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ ।’ पार्टी कमिटीका तर्फबाट र पालिकाका तर्फबाट गणतन्त्र द...
सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल
राजनीति, समाचार

सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सत्ता सहकार्यका प्रमुख दुई दल (नेपाली कांग्रेस र नेकपा एमाले) का शीर्ष नेताहरूबिच आइतबार छलफल भएको छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का,एमाले उपाध्यक्ष इश्वर पाखरेल,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायत नेताहरू छन् । समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...
एमालेको सचिवालय बैठक बस्दै
राजनीति, समाचार

एमालेको सचिवालय बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला पहिलोपटक एमाले बैठक बस्न लागेको हो । कांग्रेसभित्रैबाट लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठेका बेला एमाले बैठकमा यसबारे छलफल होला कि नहोला भन्ने चासो छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका थिए ।एमाले बैठकमा लेखकमाथि लागेको आरोप लगायत विषयसहित समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे छलफल हुने एमाले नेताहरु बताउँछन् ।...
रूसले युक्रेनको राजधानीमा रातभरि गर्‍यो मिसाइल र ड्रोन हमला
राजनीति, विश्व, समाचार

रूसले युक्रेनको राजधानीमा रातभरि गर्‍यो मिसाइल र ड्रोन हमला

नेपालअखबार,काठमाडौँ ।  रूसले युक्रेनमा मिसाइल र ड्रोन हमला गरेको छ। आइतबार बिहान राजधानी किभमा लक्ष्य गरेर रूसले मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रूसले प्रहार गरेको मिसाइल र ड्रोनहरू किभको हवाइ प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको छ। यद्यपि ७ जना घाइते भएको र एउटा अपार्टमेन्टमा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। शनिबार दुवै देशले युद्धबन्दी रिहा गरेपछि रूसले युक्रेनको राजधानी लक्ष्य गरेर हवाई आक्रमण गरेको हो। बितेको चौबीस घन्टामा रूसी आक्रमणबाट युक्रेनमा १३ जनाको मृत्यु भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। पूर्वी दोनेत्स्क प्रान्तमा चार जना, दक्षिणी खेरसन र ओडेसामा पाँच जना, उत्तरी खार्किभमा चार जना रूसी हमलामा मारिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनको वायुसेनाले रूसबाट १४ वटा मिसाइल र २५० वटा भन...
एमालेबाट निर्वाचित ३५९ जना वडाध्यक्षको भेला गोदावरीमा
राजनीति, समाचार

एमालेबाट निर्वाचित ३५९ जना वडाध्यक्षको भेला गोदावरीमा

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशका निर्वाचित वडाअध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एमाले बागमती प्रदेश कमिटीले निर्वाचित वडाअध्यक्षहरुको भेला बोलाएको हो । ललितपुरको गोदावरी स्थित होटल  भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरु सहभागी हुने एमाले प्रदेश कमिटीले जनाएको छ । निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रूपमा वडाअध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्र तहसम्म नै रणनीति बनाउने तयारी रहेको छ । बागमती प्रदेश इन्चार्ज डा।राजन भट्टराईका अनुसार पार्टीको सङ्गठन विस्तारका लागि जनताका अपेक्षाहरू सङ्कलन...
संसद बैठकमै अष्ट्रेलियन सांसदले जुत्तामा खन्याएर पिए बियर
राजनीति, विश्व, समाचार

संसद बैठकमै अष्ट्रेलियन सांसदले जुत्तामा खन्याएर पिए बियर

नेपालअखबार,काठमाडौं । अष्ट्रेलियाका एक सांसद काइल म्याकगिनले संसद बैठकमा जुत्तामा बियर राखेर पिएका छन् । संसदमा आफ्नो अन्तिम सम्बोधनपछि उनले गरेको यो क्रियाकलापको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । भिडियोमा सांसद काइल म्याकगिनले सम्बोधन गरिसकेपछि आफूले लगाएको स्निकर्स जुत्ता खोल्छन्, त्यसमा बियर खन्याउँछन् र ‘चियर्स’ भन्दै त्यही जुत्ताबाट घटघट बियर पिएको देखिन्छ । काइलको यस शैलीले संसदमै सबैलाई अचम्ममा पारेको छ । केही सांसदहरुले भने ताली बजाएर काइलको समर्थन गरेको पनि देखिन्छ । यद्यपि धेरैलाई अष्ट्रेलियाली सांसद काइल म्याकगिनको यो तरिका अचम्म लागिरहेको छ, तर वास्तवमा यो अष्ट्रेलियाली संस्कृतिको एक प्रसिद्ध परम्परा हो, जसलाई ‘शूई (क्जयभथ)’ भनिन्छ।   शूई के हो ? न्यूयोर्क टाइम्सको २०१९ को एक रिपोर्टअनुसार, यो अष्ट्रेलियाली संस्कृतिको एउटा परम्परा हो, जसमा मानि...
गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नैतिकता देखिन्छ  :  शेखर कोइराला
राजनीति, समाचार

गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नैतिकता देखिन्छ : शेखर कोइराला

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् । उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामाा दिंदा उहाँकै नैतिकता सघाउ पुग्ने बताए । ‘नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरे । छानबिन समित बनाउनुस् । गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि’, उनले अघि भने, ‘त्यसले मोरल स्ट्याटस देखिन्छ ।’ नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको पनि बताए । उनले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने...
फेरि राजतन्त्र ल्याउँदैछौं भन्ने सपना देख्नेहरू पनि छन्, मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली
राजनीति, समाचार

फेरि राजतन्त्र ल्याउँदैछौं भन्ने सपना देख्नेहरू पनि छन्, मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन नसक्ने बताएका छन् । नेकपा (एमाले) निकट युवा संघ नेपालको पोखरामा शुक्रबार आयोजति दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राजतन्त्र फर्कने सपना कहिल्यै पूरा नहुने बताएका हुन् । राजावादी पार्टी र संघसंस्थाहरूले १५ जेठदेखि गर्ने भनेको आन्दोलनलाई कटाक्ष गर्दै उनले राजतन्त्रलाई आफूहरूले समातेर मुन्ट्याएर फालिदिएको टिप्पणी गरे । ‘नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसक्यो । अर्को संविधान बनिसक्यो । संसद छ । राष्ट्रपति छ । न्यायालय छ । लोकतान्त्रिक व्यवस्था छ । र, हामी छौं,’ एमाले अध्यक्षसमेत रहेका ओलीले भने, ‘जसले जंगलमा घुमेर जथाभावी जसलाई पायो त्यसलाई समाउँदै, पछार्दै, मार्दै खाँदै गरेको राजतन्त्रलाई समातेर खोरमा हालेर फेरि खोरबाट पनि निकालेर मुन्ट्याएर फालिदएका छौं । ...
संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ: देउवा
राजनीति, समाचार

संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ: देउवा

नेपालअखबार,काठमाडौं ।   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ रहेको बताएका छन् । नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको एक कार्यक्रममा सभापति देउवाले यसअघि कांग्रेस नेतृत्वको सरकारले विभिन्न महत्त्वपूर्ण कानुन ल्याएको भन्दै अव पनि संसदमा विचाराधीन रहेका निजामती, शिक्षा लगाएका महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ रहेको बताएका हुन् । उनले सदनले पारित गरेका कानुनहरूलाई व्यवहारमा नै कार्यान्वयन गर्नु आवश्यक रहेको धारणा राखे । नेपालको वर्तमान संविधान कांग्रेस नेतृत्वकै सरकारले जारी गरेको भन्दै उनले संविधानले योगदानमा आधारित सुरक्षाको प्रत्याभूत गरेको जिकिर गरे । श्रमसम्बन्धी विभिन्न कानुनहरू पनि आफूहरू प्रधानमन्त्री भएकै समयमा जारी गरिएको उनले बताए ।...