Saturday, August 15

राजनीति

आज ५ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राजनीति, समाचार

आज ५ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालअखबार,काठमाडौँ । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल हुनेछ । त्यस्तै मध्यान्ह १२ बजे विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । दिउँसो २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा नेपा...
अरुण तेस्रो जलविद्युत् आयोजनाको भ्रमणका लागि पुगे भारतीय मन्त्री खट्टर
अर्थ, राजनीति, समाचार

अरुण तेस्रो जलविद्युत् आयोजनाको भ्रमणका लागि पुगे भारतीय मन्त्री खट्टर

नेपालअखबार,सोलुखुम्बु । नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा तथा आवास मामिला मन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन भ्रमण गरेका छन् । मंगलबार बिहान काठमाडौँ आइपुगेका मन्त्री खट्टर र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संयुक्त रूपमा आयोजनाको भ्रमण गरेका हुन् । भारतको एसजेभीएन (यसअघि सत्लज जल विद्युत निगम) ले अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । यसको क्षमता ९ सय मेगावाट रहेको छ । भ्रमणका क्रममा मन्त्री खट्टर र मन्त्री खड्काले आयोजनाको प्रगतिबारे समीक्षा गरेका थिए । त्यस्तै, आयोजनासम्बन्धी अवरोधहरूको समाधान गर्ने उपायका बारेमा पनि छलफल भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ । सो अवसरमा पावरहाउसमा इलेक्ट्रोमेकानिकल कार्यहरूको पनि सुरुवात गरिएको थियो । भ्रमणमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत अधिकारीहरू पनि सहभागी थि...
एकीकृत समाजवादीले बैशाख ९ गते नेकपा स्थापना दिवस मनाउने
राजनीति, समाचार

एकीकृत समाजवादीले बैशाख ९ गते नेकपा स्थापना दिवस मनाउने

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) ले बैशाख ९ गते नेकपा ७६औँ स्थापना स्थापना दिवस मनाउने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको मोर्चा संगठनको बैठकले यहि बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको हो। पार्टी उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भूसाल, उपमहासचिव रामकुमार भट्टराईलगायत शीर्ष नेताहरूको उपस्थितिमा बैठक सम्पन्न भएको हो। पार्टीका उपमहासचिव एवं केन्द्रीय कार्यालय सचिवसमेत रहुनभएका भट्टराईले एक विज्ञप्ति जारी गरेर बैशाख ९ गते पार्टी स्थापना मनाउने जानकारी दिनुभएको छ। भट्टराईद्धारा विज्ञप्तिमा भनिएको छ,'यही मिति २०८२ बैशाख ९ गतेका दिन नेकपाको ७६औँ स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयको आयोजनामा अर्पण बैङक्वेट, बानेश्वरमा विचार गोष्टि आयोजना गरिने हुँदा पार्टी केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका स...
तीन वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

तीन वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । यसैगरी मध्यान्ह पौने १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विधायन ऐन, २०८१ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग छलफल हुनेछ ।...
राप्रपाका अध्यक्ष लिङ्देन सहित ७ जना पक्राउ प्रदर्शनमा संलग्न आरोपमा
राजनीति, समाचार

राप्रपाका अध्यक्ष लिङ्देन सहित ७ जना पक्राउ प्रदर्शनमा संलग्न आरोपमा

नेपालअखबार,काठमाडौँ । सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले राप्रपाका अध्यक्ष लिङ्देन सहित ७ जनालाई पक्राउ गरेको छ । सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन् । उनीहरूलाई भद्रकालीमा राखिएको छ । अहिलेसम्म ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । उनले भने, ‘हालसम्म ७ जनालाई नियन्त्रणमा लिएका छौँ ।’...
राजनीतिक अस्थिरताले मुलुकमा सुशासन हुन सकेको छैन : सभामुख
राजनीति, समाचार

राजनीतिक अस्थिरताले मुलुकमा सुशासन हुन सकेको छैन : सभामुख

नेपालअखबार,काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताएका छन् । असल शासन संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन–२०२५’मा उहाँले राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन प्रत्याभूत गर्ने प्रतिबद्धता आवश्यक भएको बताए । ‘राजनीतिक नेतृत्व र निर्वाचित जनप्रतिनिधिले सुशासन कायम गर्ने, राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्न आवश्यक छ,’ सभामुख घिमिरेले भने । राजनीतिक नेतृत्वमा सुशासनप्रतिको दृढता नहुँदासम्म शासकीय र निर्वाचन प्रणाली परिवर्तन गरेपनि सुशासन सार्थक नहुने उनको अभिमत थियो । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासन कायमगरी राज्यप्रति जनताको विश्वास जित्न नेतृत्व वर्ग आत्मकेन्द्रित नभई मुलुक केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो उनले दिए । ‘जनअसन्तुष्टि चिर्न नेतृत्वतह गम्भीर ब...
संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक
राजनीति, समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

नेपालअखबार,गण्डकी । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै गृहमन्त्री लेखकले पूर्वराजावादी वा अन्य कुनै नाममा संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने कार्य क्षम्य नहुने स्पष्ट पारे। उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त वर्तमान संविधानको रक्षा गर्न सबै तयारी अवस्थामा रहनुपर्ने धारणा व्यक्त गरे। नेपालमा विगत सात दशकमा सातवटा संविधान बनेको स्मरण गराउँदै वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उल्लेख गरे। उनले भने, 'संविधानमै रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइन्छ। तर, संविधानविरोधी गतिविधि र हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्ने अराजक क्रियाकलाप कानुनअनुसार दण्डनीय छन्।' मन्त्री लेखकले संविधानको रक्षा अहिलेको आवश्यकता भएको उल्लेख ...
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
राजनीति, समाचार

वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय

नेपालअखबार,काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने निर्णयसमेत गरेको हो। वैशाख ७ गते निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। ‘पार्टीले पूर्वनिर्धारित कार्यक्रमअनुसार बैशाख ७ गते कथित निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ,’ उनले भने। वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय पनि भएको उनले जानकारी दिए। पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायत चैत १५ को प्रदर्शनमा सहभागी भएकाहरूलाई रिहाइको माग गर्दै आन्दोलनलाई सशक्त बनाउँदै लैजाने निर्णय पनि राप्रपाले गरेको छ। प्रहरी अनुसन्धानमा रहेका मिश्र र राणासहितला...
विदेश जाँदा परराष्ट्रमन्त्री भनेर इज्जत गर्छन्, तर देशको माहोल बिग्रियो – परराष्ट्रमन्त्री
राजनीति, समाचार

विदेश जाँदा परराष्ट्रमन्त्री भनेर इज्जत गर्छन्, तर देशको माहोल बिग्रियो – परराष्ट्रमन्त्री

नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएकी छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले देश बन्दैन भन्नेहरूको पछि नलाग्न आग्रह गरिन् । साथै देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताइन् । मन्त्री राणाले सधैँ बाह्य सहयोगको भरमा मुलुक रहिरहन नहुने भन्दै युवा शक्तिको परिचालन गर्दै स्वदेशमा नै उत्पादनमा जोड दिनुपर्ने धारणा राखिन् । यसका लागि सही नीति बनाउनुपर्ने उनले बताइन् । आफू विदेश जाँदा नेपालको परराष्ट्रमन्त्री भनेपछि इज्जत गर्ने र देशमा आएपछि राष्ट्रिय माहोल बिग्रिएको देख्दा आफूलाई दुःख लाग्ने गरेको बताइन् । परराष्ट्रमन्त्री राणाले राजावादीको जुलुसमा हजार जनाजम्मा नहुँदा पनि अन्य देशका मिडियाहरूले नेपालमा सत्ता नै पल्टिन लागेजस्तो गरेर प्रचार गरेको गुनासो गरिन् । उनले सञ्चारमाध्यमले राम्रा क...
टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि
राजनीति, विश्व, समाचार

टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि

नेपालअखबार,काठमाडौँ । अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको यस वर्षको सय प्रभावशाली व्यक्तिको सूचिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुस परेका छन् । अप्रिल १७ मा जारी गरिएको यो वार्षिक सूचीमा राजनीति, विज्ञान, कला र सक्रियताका क्षेत्रहरूसँग सम्बन्धित व्यक्तिहरूलाई राखिएको छ । पत्रिकाको यो वार्षिक सूचीलाई नेता, आइकन र टाइटन्स जस्ता कयौँ श्रेणीमा विभाजन गरिएको छ । नेताको सूचीमा बेलायती प्रधानमन्त्री केयर स्टारमर र अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि छन् । अचम्मको कुरा के छ भने यस वर्ष टाइमको यो सूचीमा एक जना पनि भारतीय छैनन् । गत वर्षको सूचीमा आलिया भट्ट र साक्षी मलिक परेका थिए ।...