शिक्षा विधेयक लागि कांग्रेसले पहलकदमी लिने, नैनसिंह महरलाई जिम्मेवारी
नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले संसदमा रहेको शिक्षा विधेयकबारे पार्टीको आधारिक धारणा बनाउन छलफल सुरू गरेको छ।
कांग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले शिक्षा उपसमितिमा छलफलमा रहेको विधेयकका २८ बुँदामा रहेको असहमति र विधेयकबारे पूर्ण धारणा निर्माण गर्नका लागि आवश्यक समन्वय गर्न शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिएको छ।
विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको आत्मसम्मान गर्दै उनीहरूसँग यसअघि सरकारले प्रतिबद्धता जनाए अनुरुप माग सुनुवाइका लागि समेत कांग्रेसले पहलकदमी गर्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
'शिक्षकका माग सम्बोधनका लागि विधेयकका विषयमा धारणा बनाउन सम्बन्धित पक्ष र निकायसँग आवश्यक समन्वयका लागि हामीले शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्म...










