Monday, August 17

राजनीति

प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट
राजनीति, समाचार

प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधुरीले बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकोमा राजदूत चौधुरीलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीले बंगलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायीत्वमा जाने विश्वास गरे । राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराए । भेटमा दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।राजदूत चौधुरी सरुवा भइ नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा छन् ।...
कार्यालय समयमा चिकित्सक नभएको पाइए कारबाही हुने
राजनीति, समाचार

कार्यालय समयमा चिकित्सक नभएको पाइए कारबाही हुने

नेपालअखबार,काठमाडौं । चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले यसअघि नै व्यवस्था गर्न भनिएको विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत अधिकारीहरुलाई भनेका थिए । मन्त्री पौडेलले नियमित रुपमा हेल्लो स्वास्थ्यमा आएका गुनासाहरु सुन्दै सुधारका लागि अधिकारीहरुको ध्यानाकर्षण गराउँदै आएका छन् । यसलगत्तै मन्त्रालयले मातहतका सबै अस्पतालहरुमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको छ । मन्त्रालयअन्तगतको गुणस्तर मापन तथा नियन्त्रण महाशा...
मन्त्रिपरिषद् बैठक स्थगित
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठक स्थगित

नेपालअखबार,काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘आजको बैठक स्थगित भएको छ । अर्को बैठक तय भएको छैन,’ सचिवालयका एक सदस्यले भने । आज बस्ने भनिएको बैठक नियमित हो । तर, अन्तिम समयमा बैठक स्थगित भएको हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।...
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राजनीति, समाचार

आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालअखबार,काठमाडौँ । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ ।  बैठकमा सिइडिएडब्ल्युको आधारभूत सिफारिस नं.३९ सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । आज बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवसायको आवश्यकता सम्बन्धमा सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेस भएको प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने...
लैंगिक अल्पसंख्यकहरूको अधिकारका क्षेत्रमा नेपाल विश्वकै उदाहरणीयः परराष्ट्रमन्त्री
राजनीति, समाचार

लैंगिक अल्पसंख्यकहरूको अधिकारका क्षेत्रमा नेपाल विश्वकै उदाहरणीयः परराष्ट्रमन्त्री

नेपालअखबार,काठमाडौं। परराष्ट्रमन्त्रीआरजु राणा देउवाले लैंगिक एवंम् यौनिक लगायतका अल्पसंख्यकहरुको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक उदाहरणीय रहेको बताएकी छन्। जर्मनीको बर्लिनमा मंगलबार आयोजित समान अधिकारसम्बन्धी सम्मेलनको ‘राष्ट्रिय कानून र नीतिहरूमा समावेशिता’ विषयक प्यानललाई सम्बोधन गर्दै उनले नेपालले लैंगिक तथा यौनिक अल्पसंख्यक समूह (एलजिबिटी) व्यक्तिहरूको समावेशीकरण र मानवअधिकारका पक्षमा धेरै उपलब्धि हासिल गरेको जानकारी दिइन्। यी अल्पसंख्यकहरुको अधिकार सुनिश्चित गर्ने काम सहज नभए पनि नेपाल भने प्रगतिशील कानुनमार्फत् अधिकारको सुनिश्चितता गर्ने विश्वकै पहिलो देश बनेको उनले बताइन्। 'यसमा नेपालको यात्रा लामो र जटिल छ तर पनि हामीले प्रगतिशील कानुनहरु मार्फत् उहाँहरुको अधिकार सुनिश्चित गर्‍यौं। जसका कारण सामाजिक रूपान्तरणमा नेपाल एसियामै अग्रणी हुन पाउँदा हाम...
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चार वटा उपसमिति गठन
राजनीति, समाचार

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चार वटा उपसमिति गठन

नेपालअखबार,काठमाडौं। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चार वटा उपसमिति गठन गरेको छ।सिंहदरबारमा बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले ४ वटा उपसमिति गठन गरेको हो । प्रत्येक समितिमा ७ सदस्य रहने समितिका सभापति अम्बर बहादुर थापाले बताए । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमिति, युवा तथा खेलकुद अध्ययन उपसमिति, शिक्षा, विज्ञान तथा प्रविधि अध्ययन उपसमिति र सञ्चार तथा सूचना प्रविधि अध्ययन उपसमिति बनाइएको हो । उक्त उपसमितिहरुको कार्यादेश आफ्नो क्षेत्राधिकार भित्र पर्ने निकायहरुको नीति तथा कार्यक्रम, स्रोत परिचालन तथा व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, सरकारी आश्वासन, प्रत्यायोजित विधायन तथा ती निकायहरुका अन्य कामकारवाही एवं क्रियाकलापहरुको अध्ययन गर्ने रहेको छ । सम्बन्धी सबै कार्यहरु गर्न सक्ने, अध्ययनको सिलसिलामा कुनै व्यवधान तथा समस्या...
प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट
राजनीति, समाचार

प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणा हस्तान्तरण गरे । सो अवसरमा दुई देशबिचको आपसी मित्रवत सम्बन्धलाई अझ प्रगाढ र मजबुद बनाउने विषय छलफल भएको थियो । भेटका अवसरमा दुई देशबीच यसअघि भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुन सक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।...
एकीकृत समाजवादीका केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँड
राजनीति, समाचार

एकीकृत समाजवादीका केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँड

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले पार्टीको केन्द्रीय नेताहरूको जिम्मेवारी टुंग्याएको छ। मंसिर २६ गतेदेखि सुरू भएको बैठकले मंगलबार सचिवालय गठनसँगै नेताहरूको कार्य विभाजनको टुंगो लगाएको हो। मंगलबार गठन गरेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष माघवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव र सचिव गरी २४ जनाको रहने छ। त्यस्तै गरी महासचिवको नेतृत्वमा उपमहासचिवहरू सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। साथै विभागीय प्रमुख उपप्रमुख र प्रदेश इन्चार्जको समेत टुंगो लगाएको छ। पार्टीको संगठन विभाग प्रमुखमा उपाध्यक्ष वेदुराम भुसाल, पार्टी अनुगमन विभाग प्रमुखमा महासचिव घनश्याम भूसाल, प्रचार विभाग प्रमुखमा प्रकाश ज्वाला, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, स्कुल विभाग प्रमुखमा भलनाथ खनाल, संघीय मामला प्रमुख जगन्नाथ खतिवडा, आर्थिक व...
पर्वले सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्‍याएको छः राष्ट्रपति पौडेल
राजनीति, समाचार, समाज

पर्वले सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्‍याएको छः राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई  राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। राष्ट्रपति पौडेलले किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला सिली (नृत्य) गर्दै विविध कार्यक्रमका साथ मनाउने उल्लेख गरेका छन्। उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उनले भनेका छन्, 'यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई...
मौलिक संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : अध्यक्ष नेपाल
राजनीति, समाचार, समाज

मौलिक संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका मौलिक संस्कृति एवं परम्पराले एकापसमा सामाजिक सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । धान्य पूर्णिमा, उँधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा अध्यक्ष नेपालले मौलिक विशेषता भएका फरक सांस्कृतिक पर्वले नेपाली समाजलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन मद्दत पुग्ने बताए । बहुभाषिक एवं बहुसांस्कृतिक हाम्रो मुलुकमा विविध जातजातिका भाषा, साहित्य, कला र रहनसहनले समग्र राष्ट्रलाई सुसंस्कृत बनाउन मद्दत पुग्ने बताउँदै सन्देशमा पूर्वप्रधानमन्त्री नेपालले सम्बन्धित समुदायले पनि आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक एकता, पारस्परिक सम्मान अभिवृद्धि गरी आर्थिक विकासको मार्गमा अ...