Monday, August 17

राजनीति

ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभीले तिर्‍यो १५ मिलियन डलर
राजनीति, विश्व, समाचार

ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभीले तिर्‍यो १५ मिलियन डलर

नेपालअखबार,काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभी च्यानलले १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए । उनको त्यो अभिव्यक्ति विरुद्ध मानहानीको मुद्दा परेको थियो । सोही मुद्दामा एबीसी टिभी च्यानल ट्रम्पलाई १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्न तयार भएको हो । शनिबार भएको सम्झौता अनुसार एबीसीले प्रस्तोता स्टेफानोपोलोसको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै खण्डन प्रकाशन पनि तयार भएको छ । साथै एबीसीले ट्रम्प पक्षको कानुनी फीबापत एक मिलियन डलर पनि तिर्ने छ ।...
आज नेताहरुको कार्यविभाजन टुंगो लगाउँदै एकीकृत समाजवादी
राजनीति, समाचार

आज नेताहरुको कार्यविभाजन टुंगो लगाउँदै एकीकृत समाजवादी

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आज दिउँसो १२ बजे बस्ने बैठकले पार्टी केन्द्रीय सदस्यहरुको कार्यविभाजन र कार्ययोजना टुंगो लगाउने छ । शनिबारको स्थायी कमिटी बैठकमा आगामी कार्ययोजना र कार्यविभाजनबारे छलफल भएको थियो । पार्टीको नयाँ कार्ययोजना र कार्यविभाजन टुंगो लगाएर बैठक आइतवारै सम्पन्न गर्ने तयारी छ ।...
राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
राजनीति, समाचार

राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् । पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।जस अनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।...
रवि लामिछानेलाई अदालतले पाँच दिन म्याद थप
प्रशासन, राजनीति, समाचार

रवि लामिछानेलाई अदालतले पाँच दिन म्याद थप

नेपालअखबार,पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन म्याद थप गरेको छ । जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो । रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले आाज अदालत उपस्थित गराइएको थियो । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक लामिछानेसहित पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर ...
सांगठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी
राजनीति, समाचार

सांगठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बिहीबारको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ। बिहीबार अपराह्न केन्द्रीय कार्यालयमा हुने बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्नेछन्। सचिव सोमप्रसाद पाण्डेयका अनुसार विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्ने छ। बुधबारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।...
युक्रेन सङ्कट समाधान मेरो पहिलो प्राथमिकतामा छ : ट्रम्प
राजनीति, विश्व, समाचार

युक्रेन सङ्कट समाधान मेरो पहिलो प्राथमिकतामा छ : ट्रम्प

नेपालअखबार,पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्ने बित्तिकै युक्रेन युद्धको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।  “मलाई लाग्छ हामीले रूससँगको युक्रेनको युद्धको समाधान खोज्नुपर्छ, अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले फ्रान्सेली पत्रिका पेरिस म्याचलाई शनिबार रेकर्ड गरिएको एक अन्तर्वार्तामा भने । “ती दुवै देशले ठूलो सङ्ख्यामा नागरिक गुमाइरहेका छन्, जसलाई कसैले पनि विश्वास गर्न सक्दैन। लाखौं सैनिक मारिएका छन्,” ट्रम्पले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उच्च प्राथमिकताबारे सोधिएको प्रश्नको जवाफमा भने । “मध्यपूर्व निश्चित रूपमा एक ठूलो प्राथमिकता हो । मलाई लाग्छ, मध्यपूर्व रूससँग युक्रेनको युद्धको तुलनामा कम कठिन अवस्था हो,” ट्रम्पले भने। उनले भने, “तर यी दुई परिस्थितिहरू हामीले समाधान गर्नुपर्ने परिस्थितिहरू हुन् । यसका कारण धेरै मानिसहरू म...
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि
राजनीति, समाचार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही मंसिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको छ। पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए। गत असारमा दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोकेको छैन। पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुंगो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ।...
डोनाल्ड लुसँग एमाले उपमहासचिव रिमालको भेट
राजनीति, समाचार

डोनाल्ड लुसँग एमाले उपमहासचिव रिमालको भेट

नेपालअखबार,काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भेट गरेका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका रिमालले सोमबार विदेशमन्त्री लुसँग भेट गरेका हुन् । भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाबारे चर्चा भएको रिमालले बताएका छन् । ‘आपसी चासोका मुख्य विषयवस्तुहरूमा छलफल गर्दै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाहरू बारे चर्चा भयो। नेपालसँगको निरन्तर साझेदारी र सहयोगप्रति आभार व्यक्त गरियो,’ उनले भने । आइतबार नेपाल आएका लुले लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।लुले आजै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि भेट गरेका थिए ।...
फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गरेका छन् । सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको बिरुद्धमा दृढतापूर्वक उभिन आग्रह गरे । उनले नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने बताए । उनले प्यालेस्टाइनीमाथि इजरायलको क्रुरता निन्दनीय रहेको बताए । नेपालले भने, ‘न्याय, सत्यको पक्षमा उभिनुपर्छ र अन्याय र अत्याचारको बिरुद्धमा, फासिजमको बिरुद्धमा हामी दृढतापूर्वक उभिनुपर्छ । जनताको कुरा गर्ने हो भने इजरायली जनतालाई पनि भन्न चाहन्छु, आफ्नो देशको फास्सिट नीति अवलम्वन गर्ने त्यस्ता शासकको पछि नलाग्नुस्, न्यायको पक्षम...
दुई वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

दुई वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं ।सोमबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ । सोमबार  बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ। दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल हुनेछ। आइतबार पनि बसेको शिक्षा समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको थियो। बैठकमा सभापतिबाहेक १० जनामात्रै सांसद उपस्थित भएका थिए। २४ सदस्यीय समितिमा १३ जना उपस्थित भए मात्रै बैठक सञ्चालन गर्न मिल्छ।...