Monday, August 17

राजनीति

इजरायल र लेबनानबीच युद्धविराम सहमति, संयुक्त राष्ट्रसंघको स्वागत
राजनीति, विश्व, समाचार

इजरायल र लेबनानबीच युद्धविराम सहमति, संयुक्त राष्ट्रसंघको स्वागत

नेपालअखबार,काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो । तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास छ । सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ । इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन् ।...
कांग्रेस शीर्ष नेता बीआरआईबारे छलफलमा जुटे
राजनीति, समाचार

कांग्रेस शीर्ष नेता बीआरआईबारे छलफलमा जुटे

नेपालअखबार,काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे निर्णय लिन नेपाली कांग्रेस छलफलमा जुटेको छ । पार्टी सभापति शेरबहादुर दउवाको निवासमा  आज कांग्रेसका शीर्ष नेताहरुले बीआरआईका बारेमा छलफल गरिरहेका छन् । बैठकमा सभापति देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, सिटौलालगायत सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने बताउँदै आएको छ । सतप्रतिशत अनुदान भए लिने नत्र लिन नहुने पक्षमा कांग्रेस छ । प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रममा चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने बताइसकेका छन् ।...
स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट
राजनीति, समाचार

स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट

नेपालअखबार,पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताउनुभएको छ । स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उहाँको भनाई छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ ९हिसान० कास्कीको आयोजनामा पोखरामा सञ्चालित १७ औं हिसान स्पोर्ट्स मीट २०८१ को औपचारिक समुद्घाटन गर्दै प्रमुख अतिथि भट्टले स्वस्थताका लागि खेलकुदको महत्वलाई प्रष्ट पार्नुभएको हो । ‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगी सिद्ध छ । स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रुपरेखा कोर्छन् । अनि मात्र मुलुक समृद्ध बन्दछ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । खेलकूद र शिक्षा एक अर्काका पूरक भन्दै उहाँले यसलाई तालमेल मिलाउँदै हिसान कास्कीले विगत १७ वर्षदे...
 प्रधानमन्त्री  ओलीलाई  चीनसँग राष्ट्र र जनहितका कुरा गर्न  आग्रह
राजनीति, विचार, समाचार

 प्रधानमन्त्री  ओलीलाई  चीनसँग राष्ट्र र जनहितका कुरा गर्न  आग्रह

नेपालअखबार, काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले नेकपा (एमाले) अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा  ओलीलाई  चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एमाले) अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री  निबास बालुवाटारमा भएको  भेटवार्तामा प्रधानमन्त्री  ओलीलाई उनीहरुले सो आग्रह गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार राजेन्द्र सीका अनुसार उक्त भेटबार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले   प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिएका थिए ।  उनीहरुले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको क्रममा देश र जनहितको बिषयम...
सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ: प्रधानमन्त्री ओली
राजनीति, समाचार

सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ: प्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने बताएका छन्। सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा काेषद्वारा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाख भन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरेका हुन्। उनले संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई गरिबी र पछौटेपनमा नभएको आधुनिक, विकसित र समृद्ध बनाउने जनाए। कार्यक्रममा कोषअन्तर्गत बढी योगदानदाता र सेवा दिने विभिन्न व्यक्ति र संस्थालाई प्रधानमन्त्री ओलीबाट पुरस्कार प्रदान गरिएको थियो। तत्कालीन प्रधानमन्त्री ओलीको पालामा २०७५ सालमा यो कार्यक्रम अभियानका रूपमा सुरू भएको थियो।...
सरकार बीआरआई सम्झौता गरिहाल्नुपर्छ भन्नेमा छैन : सञ्चारमन्त्री गुरुङ
राजनीति, समाचार

सरकार बीआरआई सम्झौता गरिहाल्नुपर्छ भन्नेमा छैन : सञ्चारमन्त्री गुरुङ

नेपालअखबार,काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्नसक्ने सरकारका प्रवक्तासमेत रहेका गुरुङले बताए । धुलिखेलमा आयोजित एक कार्यक्रममा उनले भने, ‘बीआरआई लागू गर्ने वा नगर्नेबारे दुई कोणबाट विचार आइरहेको छ, तर सरकार बीआरआई सम्झौता गरिहल्ुनपर्छ, भन्नेमा छैन, एमओयू गरेकाले कार्यान्वयन गर्नुपर्छ ।’ सरकारको नीति जहाँबाट पायो त्यहाँबाट ऋण लिने पक्षमा नभएको दोहोर्‍याउँदै उनले अघि भने, ‘जुनसुकै मुलुकबाट हामी ऋण लिइहाल्दैनौँ, अनुदान भने लिन्छौँ, चीनले अनुदान दिएमा त्यो स्वीकार गर्छौं, त्यसमा सम्झौता हुनसक्छ ।’ मन्त्री गुरुङले बीआरआईप्रति मतान्तर हुनु अस्वाभाविक...
लेबनानमा युद्धविराम सम्झौताबारे छलफल गर्न इजरायलकाे मन्त्रीपरिषद् बैठक बस्दै
राजनीति, विश्व, समाचार

लेबनानमा युद्धविराम सम्झौताबारे छलफल गर्न इजरायलकाे मन्त्रीपरिषद् बैठक बस्दै

नेपालअखबार,तेल अभिभ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहसँगको लडाई अस्थायी रूपमा रोक्न युद्धविरामको प्रस्तावमाथि छलफल गर्न इजरायलको मन्त्री परिषद्ले छलफल गर्ने भएको छ । प्रस्तावित युद्धविराम सुरुमा ६० दिनको लागि हुनेछ । यसमा लेबनानबाट इजरायली सेना फिर्ता ल्याउने विषय पनि संलग्न भएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् । यसको बदलामा हिजबुल्लाहले लितानी नदीको दक्षिणमा रहेका आफ्ना लडाकुहरू फिर्ता लैजाने बताइएको छ । यसको सट्टामा त्यहाँ लेबनानी सेनालाई राखिनेछ । सम्झौता पक्का भइसकेको भनेर कूटनीतिज्ञहरूले बताएको भएपनि दुई पक्षबीच भीषण लडाई चलिरहेको छ । इजरायलले गरेको हवाई हमलामा दक्षिण लेबनानमा ३१ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले भनेका थिए । हिजबुल्लाहले पनि इजरायलमाथि एक पछि अर्को गर्दै रकेट प्रहार गरिरहेको छ । मंगलबार बस्ने मन्त्री परिषद्को बैठकमा इजरायली मन्त्रीहरूले सम्झौतामा...
इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको तयारी
राजनीति, विश्व, समाचार

इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको तयारी

नेपालअखबार,काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको सम्झौता गर्ने तयारी भइरहेको छ । यसबारे छलफल गर्न इजरायलको मन्त्रिपरिषद् बैठक बस्दै छ । यो बैठकमा ६० दिन युद्धविराम गर्ने र लेबनानको भूमिबाट इजरायली सेना फिर्ता हुने प्रस्तावबारे छलफल हुने बीबीसीले जनाएको छ । इजरायलले लेबनानमा रहेका इरान समर्थित लडाकु समूह हिजबुल्लाहमाथि आक्रमण गर्दै आएको छ । प्रत्युत्तरमा लेबनानले पनि इजरायलमाथि आक्रमण गर्दै आएको छ । गत आइतबार मात्रै लेबनानको भूमिबाट हिजबुल्लाहले इजरायलमाथि २५० रकेट प्रहार गरेको थियो । अमेरिकी अधिकारीले इजरायल–लेबनानबीच युद्धविरामको सम्भावनाबारे अभिव्यक्ति दिएका छन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले भनेका छन्, ‘हामी युद्धविराम गर्ने सहमतिको बिन्दु नजिकै पुगेका छौं ।’ अमेरिकी समाचार वेबसाइट एक्सियोस ने लेखेको छ, ‘इजरायल–हिजबुल्लाहबीच जारी युद्ध ...
परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत
राजनीति, समाचार

परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत

नेपालअखबार,काठमाडौँ ।परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । मंसिर १३ देखि १५ गतेसम्म उनले चीन भ्रमण गर्ने मन्त्रिपरिषद् बैठकले सोमबार निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि २१ गतेसम्म हुन लागेको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि राणा चीन जान लागेकी हुन् । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीसँगै चीनमा रहने र सँगै फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
राजनीति, विचार, समाचार

ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव

नेपालअखबार,काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बीआरआई परियोजना स्वीकार गर्न सुझाव दिएका छन् । बीआरआई नेपालको हितमा रहेको भन्दै उनले यसबाट लाभ लिनुपर्ने बताए । चीन भ्रमणका एजेण्डाबारे आज प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलमा सहभागी पूर्वप्रधानमन्त्री नेपालले भने, ‘बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । नेपाल जस्तो देशले लाभ लिनुपर्छ ।’ बीआरआईलाई नेपालले पहिले नै स्वीकार गरिसकेको बताउँदै उनले भने, ‘लाभ लिने कुराको सन्दर्भमा हामीले सबैसँग सम्बन्ध राख्ने गर्दछौं, लाभ लिने गरेका छौं । बीआरआईसँग त उहिले नै आबद्ध भइसक्या छौं ।’ यसैगरी एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि चीनबाट ऋण लिन्न भन्नु आवश्यक नरहेको बताएका छन् ।...