दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता : पर्यटनमन्त्री
नेपालअखबार, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता भएको बताएका छन् ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार र शनिबार गरी चारवटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान गरेको अवसरमा पर्यटनमन्त्री पाण्डेले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूले मन्त्री पदको जिम्मेवारी समालेसँगै भैरहवा र पोखरा विमानस्थल सचालनका लागि पहिलो प्राथमिकता राखेको प्रष्ट पारे । उनले दुई अन्तर्राष्ट्रिय विमानस्थ सञ्चालनमा सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन गरे ।
“मैले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै हामीले यी दुई विमानस्थल सञ्चालनलाई पहिलो प्राथमिकतमा राखेर तद्अनुरुप कार्य प्रक्रिया अगाडि बढायौँ”, पर्यटनमन्त्री पाण्डेले भने, “सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको सुझाव समिति गठनगरी सोही समित...










