अमेरिकाबाट फर्केका प्रधानमन्त्री ओलीसँग विमानस्थलमा सवालजवाफ
नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्केका छन्।
असोज ४ गते अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओली असोज १४ गते अपराह्न स्वेदश फर्केका हुन्।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिएर स्वदेश फर्केका छन्। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभालाई असोज १० गते सम्बोधन गरेका थिए।
महासभामा सम्बोधन गर्नुअघि र पछि प्रधानमन्त्री ओलीले विभिन्न देशका सरकार प्रमुखहरूसँग भेटवार्ता पनि गरेका थिए।
प्रधानमन्त्री ओली अमेरिकामै रहँदा नेपालमा अविरल वर्षा भयो र जनधनमा क्षति पुर्यायो। स्वदेशमा विपद आइलागेका बेला प्रधानमन्त्री ओली कार्यक्रम छोट्याएर स्वदेश नफर्केकोमा पनि आलोचना भइरहेको थियो। पूर्वनिर्धारित कार्यक्रमअनुसार नै प्रधानमन्त्री ओली सोमबार अपराह्न स्वदेश फर्किए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतमा सभामुख देवर...










