Tuesday, August 18

राजनीति

नेपाली कांग्रेसका सभापति देउवाले भने संविधान संशोधनको नाममा प्रदेशको संरचना खारेज नहुने
राजनीति, विचार, समाचार

नेपाली कांग्रेसका सभापति देउवाले भने संविधान संशोधनको नाममा प्रदेशको संरचना खारेज नहुने

नेपालअखबार, काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको नाममा प्रदेशको संरचना खारेज नहुने स्पष्ट पारेका छन् । उनले प्रदेश संरचना बनिसकेकाले हटाउन नसकिने बताए । मंगलबार पार्टी कार्यालय सानेपामा पार्टीको कानुन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले प्रदेश खारेजी भन्दा पनि मजबुत र जबाफदेही बनाउने बताए । ‘प्रदेश सरकार संरचना बनिसकेको छ । हट्ने कुरा छैन र यसलाई हटाउन सकिन्न । यसलाई कसरी अझ उत्तरदायी बनाउने‚ अझ बढी जबाफदेही बनाउनेदेखि लिएर सारा कुरामा सुधार गर्न सकिन्छ‚’ उनले भने‚‘सधैँ कति समानुपातिकबाट ल्याउने समस्या छ । कतिपय समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता र आवश्यकता छ ।’ उनले धेरै समुदायले चुनाव जित्न गाह्रो भएको भन्दै नेपालमा समावेशी राजनीति आवश्यक भएको बताए । उनले समावेशिताको खिलाफमा समाज नभएको भन्दै स...
माग सम्बोधन गर्नुको साटो सरकारले उल्टै तर्साउन खोज्यो : साह
राजनीति, विचार, समाचार

माग सम्बोधन गर्नुको साटो सरकारले उल्टै तर्साउन खोज्यो : साह

नेपालअखबार,काठमाडौँ ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले साम्प्रदायिक गतिविधिमा लागेको आरोप लगाएका छन् । आजपा अध्यक्ष साहले आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै प्रधानमन्त्री ओलीको मधेस विरोधी साम्प्रदायिक गतिविधिको विरोध गरेका हुन् । सरकार आफैले बनाएको विद्यार्थी–शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेसी विद्यार्थीको भविष्य बरबाद गरिरहेको आरोप साहको रहेको छ । ओली सरकारको साम्प्रदायिक हर्कत भन्दै साहले अगाडि लेखेका छन्, ‘पहाडी जिल्लाहरूमा १८ विद्यार्थीमा १ शिक्षकको दरले शिक्षक दरबन्दी वितरण गरेको ओली सरकारले मधेसमा १०० विद्यार्थीको अनुपातमा १ शिक्षकको ब्यवस्था गरेको छ । जसको कारण आज मधेसमा शिक्षक दरबन्दीको अभावमा एउटा कक्षा कोठामा १०० देखि ३०० सम्म विद्यार्थी कोचेर पठनपाठन गर्न बाध्य छन् ।’ विद्यार्थी अनुपातमा शिक्षक...
नेपालसहित अन्य देशले भोगेको ड्रग्सकाबारेमा गम्भीर रूपमा ध्यानाकर्षण गराउने : प्रधानमन्त्री ओली
राजनीति, समाचार

नेपालसहित अन्य देशले भोगेको ड्रग्सकाबारेमा गम्भीर रूपमा ध्यानाकर्षण गराउने : प्रधानमन्त्री ओली

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको महासभामा नेपालका आफ्ना नीति दृष्टिकोण, अडान समस्या र उपलब्धिहरूबारे विश्वलाई जानकारी गराउने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा भाग लिन असोज ४ गते त्यसतर्फ जान लागेको संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् । उनले त्यहाँ नेपाल सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र देश भएको भन्दै सोही कुराको जानकारी गराउने पनि बताए । ‘राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिबद्धता, असल छिमेकीको रूपमा छिमेक सम्बन्ध राख्न चाहन्छ । छुद्र र अहित होइन । र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ’, ओलीले भने, ‘संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न आन्दोलनका सिद्दानतहरु र आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र स्वतन्त्र नीतिमा हस्तक्षेप नगर्ने नेपालको स्थापित नीति स...
ट्रम्पको हत्या प्रयासको आशंका
राजनीति, विश्व, समाचार

ट्रम्पको हत्या प्रयासको आशंका

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास भएको छ । फ्लोरिडाको एक गल्फ कोर्समा ट्रम्पमाथि एके ४७ जस्तो देखिने हतियारबाट आक्रमण प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत असारमा पनि पेन्सेलभेनियामा चुनावी अभियानको क्रममा भाषण गरिरहेको बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली लागेर उनको कानमा घाउ भएको थियो । गोली प्रहार गर्ने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका थिए । त्यतिबेला केहीबेर आराम गरेर उनी पुनः राष्ट्रपति निर्वाचनको अभियानमा सक्रिय भएका थिए । न्यूयोर्क टाइम्सका अनुसार यसपटक फ्लोरिडाको वेष्टपाम बीचको गल्फ कोर्स नजिकैको झाडीमा एके–४७ जस्तो देखिने बन्दुक ट्रम्पतिर तेर्स्याएको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५८ वर्षीय र्‍यान वेल्सी रहेका छन् । उनी पक्राउ परेको क्षे...
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै
राजनीति, समाचार

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै

नेपालअखबार,काठमाडौं ।  संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न एक बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसअघि अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्ष...
महिला परराष्ट्र मन्त्रीहरूको सम्मेलनमा सहभागी हुन आरजु देउवा क्यानडा जाँदै
राजनीति, समाचार

महिला परराष्ट्र मन्त्रीहरूको सम्मेलनमा सहभागी हुन आरजु देउवा क्यानडा जाँदै

नेपालअखबार,  काठमाडौं । महिला परराष्ट्रमन्त्रीहरूको सम्मलेनमा सहभागी हुन परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा जाने भएकी छन्। उनी मंगलबार क्यानडा जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए। क्यानडाको टोरेन्टोमा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरू (वीमेन फरेन मिस्टर्स) को बैठक हुँदैछ। बैठकमा परराष्ट्रमन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा विश्वभरका २० जना महिला पराष्ट्रमन्त्रीहरूको सहभागिता हुँदैछ। उनी क्यानडाबाट संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानेछिन्। परराष्ट्रमन्त्री देउवा असोज ४ गते न्यूयोर्क जाने पाठकले बताए।...
नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास
राजनीति, समाचार

नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास

नेपालअखबार,  काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास हुने भएको छ । यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरुबारे ज्ञान आदनप्रदान हुनेछ’, केसीले भने, ‘काठमाडौं, मकवानपुर र धादिङ जिल्लामा त्यससम्बन्धी अभ्यासहरु सञ्चालन हुनेछन् ।’ सन् २०१२ देखि सुरु भएको अभ्यासको यो चौथो संस्करण हो ।...
२०८१ भित्रै सडक बालबालिका मुक्त देश बनाउँछौं: प्रधानमन्त्री
राजनीति, समाचार

२०८१ भित्रै सडक बालबालिका मुक्त देश बनाउँछौं: प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन्। ६०औं बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताएका हुन्। ‘कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन्। यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौं,’ शुभकामना सन्देशमार्फत उनले भनेका छन्। प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको पनि बताए। ६०औँ बाल दिवस मनाइरहँदा कतिपय बालबालिकाले पाउनुपर्ने बालअधिकार, माया, ममता, स्नेह, स्वास्थ्य, शिक्षा, मनोरञ्जन नपाएको पनि प्रधानमन्त्री ओलीले बताएका ...
संविधान संशोधन छलफलको विषय बनाउनुपर्छ : अध्यक्ष नेपाल
राजनीति, समाचार

संविधान संशोधन छलफलको विषय बनाउनुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको छलफलको विषय भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधन सार्वजनिक सरोकारको विषय भएकाले बृहत् छलफल गर्नुपर्ने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री नेपालले संविधान संशोधनमा राजनीतिक दल, सांसद, आमजनताको सरोकारको विषय भएकाले सार्वजनिक छलफलको रुपमा ल्याउनु पर्ने धारणा राखे । उनले समानुपातिक निर्वाचन सम्बन्धमा आवश्यक छलफल गर्नुपर्ने सुझाव दिए । अध्यक्ष नेपालले भने, “प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफू नरहेको र यसले मुलुकमा जटिलता ल्याउने विश्वको इतिहासमा देखिएको  छ ।” एक प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री नेपालले हाम्रो मुलुक स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न देश भएकाले कसैको छत्रछाँयामा बस्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे । ...
निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ : प्रधानमन्त्री ओली
राजनीति, समाचार

निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ : प्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा बिहीबार आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन सम्मेलन, २०२४’लाई सम्बोधन गर्दै उनले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्पर रहेको स्पष्ट गरे । ‘पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष हो । यस तथ्यलाई मनन् गर्दै हामीले राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएका छौँ’, उनले भने, ‘यस प्रयासमा तीनै तहका सरकारसहित सबैको हातोमालो र सकारात्मक साथको अपेक्षा हामीले गरेका छौँ ।’ प्रधानमन्त्री ओलीले कोभिड–१९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नत...