Wednesday, August 19

राजनीति

नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास
राजनीति, समाचार

नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास

नेपालअखबार,  काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास हुने भएको छ । यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरुबारे ज्ञान आदनप्रदान हुनेछ’, केसीले भने, ‘काठमाडौं, मकवानपुर र धादिङ जिल्लामा त्यससम्बन्धी अभ्यासहरु सञ्चालन हुनेछन् ।’ सन् २०१२ देखि सुरु भएको अभ्यासको यो चौथो संस्करण हो ।...
२०८१ भित्रै सडक बालबालिका मुक्त देश बनाउँछौं: प्रधानमन्त्री
राजनीति, समाचार

२०८१ भित्रै सडक बालबालिका मुक्त देश बनाउँछौं: प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन्। ६०औं बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताएका हुन्। ‘कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन्। यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौं,’ शुभकामना सन्देशमार्फत उनले भनेका छन्। प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको पनि बताए। ६०औँ बाल दिवस मनाइरहँदा कतिपय बालबालिकाले पाउनुपर्ने बालअधिकार, माया, ममता, स्नेह, स्वास्थ्य, शिक्षा, मनोरञ्जन नपाएको पनि प्रधानमन्त्री ओलीले बताएका ...
संविधान संशोधन छलफलको विषय बनाउनुपर्छ : अध्यक्ष नेपाल
राजनीति, समाचार

संविधान संशोधन छलफलको विषय बनाउनुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको छलफलको विषय भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधन सार्वजनिक सरोकारको विषय भएकाले बृहत् छलफल गर्नुपर्ने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री नेपालले संविधान संशोधनमा राजनीतिक दल, सांसद, आमजनताको सरोकारको विषय भएकाले सार्वजनिक छलफलको रुपमा ल्याउनु पर्ने धारणा राखे । उनले समानुपातिक निर्वाचन सम्बन्धमा आवश्यक छलफल गर्नुपर्ने सुझाव दिए । अध्यक्ष नेपालले भने, “प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफू नरहेको र यसले मुलुकमा जटिलता ल्याउने विश्वको इतिहासमा देखिएको  छ ।” एक प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री नेपालले हाम्रो मुलुक स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न देश भएकाले कसैको छत्रछाँयामा बस्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे । ...
निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ : प्रधानमन्त्री ओली
राजनीति, समाचार

निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ : प्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा बिहीबार आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन सम्मेलन, २०२४’लाई सम्बोधन गर्दै उनले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्पर रहेको स्पष्ट गरे । ‘पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष हो । यस तथ्यलाई मनन् गर्दै हामीले राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएका छौँ’, उनले भने, ‘यस प्रयासमा तीनै तहका सरकारसहित सबैको हातोमालो र सकारात्मक साथको अपेक्षा हामीले गरेका छौँ ।’ प्रधानमन्त्री ओलीले कोभिड–१९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नत...
चारवटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

चारवटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं। संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ। आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। बिहान ११ बजे सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने बैठकमा विभिन्न देशका प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ। शिक्षा, स्थास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज बस्दैछ। बिहान ११ बजे बस्ने उक्त समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाहीबारे छलफल हुनेछ। त्यस्तै मन्त्रालयका चुनौती र भावी कार्यदिशाबारे पनि छलफल गर्ने कार्यसूची छ। आज प्रतिनिधि सभाअन्तर्गत् राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आजै बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकम...
सांसदलाई उपत्यका नछाड्न कांग्रेसको निर्देशन
राजनीति, समाचार

सांसदलाई उपत्यका नछाड्न कांग्रेसको निर्देशन

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले ३ असोजसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ । बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै ३ असोजसम्म काठमाडौं उपत्यका बाहिर नजान भनेका छन् । त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनिएको छ । बुधबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ । त्यसअघि सोमबार सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाको विषयमा प्रश्न उठाएका थिए ।उपसभामुख रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेकी थिइन् । त्यही विषयलाई लिएर सत्तारुढ दलहरुले उनीमाथि प...
संवैधानिक परिषदसम्बन्धी विधेयक प्रतिनिधिसभामै अड्कियो
राजनीति, समाचार

संवैधानिक परिषदसम्बन्धी विधेयक प्रतिनिधिसभामै अड्कियो

नेपालअखबार, काठमाडौं। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा अड्किएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेर यो विधेयकको प्रतिवेदन गत जेठ २१ गते सभामा पेश गरेको थियो । समितिको प्रतिवेदन पेश भएको तीन महिना नाघिसक्दा समेत विधेयक अगाडि बढ्न सकेको छैन । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी समितिको प्रतिवेदन सभामा पेश भएको बताउँछन् । यो विधेयक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ फागुन २०७९ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रचण्ड नेतृत्व सरकारले प्राथमिकतामा राखेको भनिएको यो विधेयक उनको कार्यकालमा पास हुन सकेन ।...
गण्डकी प्रदेशसभा बैठक बस्दै
राजनीति, समाचार

गण्डकी प्रदेशसभा बैठक बस्दै

नेपालअखबार, पोखरा । लामो समय सत्ता समीकरणको उलटफेरका कारण रोकिएको गण्डकीको संसद् बैठक आजबाट नियमित चल्ने भएको छ । सभामुख कृष्णप्रसाद धितालले आज २ बजेका लागि बैठक बोलाएका छन् । असार १८ गते बजेट पारित भएपछि बैठक स्थगित भएको थियो । आजको बैठकमा सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउनेछन् भने शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना कुरा राख्नेछन् । संसद् बैठकमा महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पनि पेस हुनेछ । यस्तै, संसदमा यसअघि नै टेबुल भैसकेको जीवनाशक विषादी व्यवस्थापन विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार र मर्मत सम्भार गर्ने विधेयक सम्बन्धित संसदीय समितिमा पठाउने कार्यसूची छ । आजकै संसद् बैठकमा २ वटा विधेयकहरू टेबुल हुनेछन् । गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्ने विधेयक र केही प्रदेश ऐन संशोधन विधेयक सभामा पेस ...
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
राजनीति, समाचार

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

नेपालअखबार, काठमाडौं । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्र्ने निर्णय भएको जानकारी दिएका हुन् । उनले भने, ‘अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएको छ । यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु : १.२०६१ असोज २१ गते थाइल्याण्डमा आयोजना हुने Accelerating Implementation of the Action Plan to Strengthen Regional Co– operation on Social Protection बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति...
कांग्रेसको पर्यटन विभागमा १० जना सदस्य मनोनीत
राजनीति, समाज

कांग्रेसको पर्यटन विभागमा १० जना सदस्य मनोनीत

नेपालअखबार, काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको पर्यटन विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् । मनोनीत सदस्यहरूमा खुम सुवेदी, बीरबहादुर महरा, दिपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा, दिनेश मगर, यज्ञमूर्ति आचार्य, रामप्रसाद पञ्जियार, ईश्वर लामिछाने र जंगबहादुर लामा रहेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको जानकारी दिए ।...