Thursday, October 29

राजनीति

विरोधीका षड्यन्त्र चिर्न नसकेर पछि पर्‍यौँ :  ओली
राजनीति, समाचार

विरोधीका षड्यन्त्र चिर्न नसकेर पछि पर्‍यौँ : ओली

नेपालअखबार, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विरोधीका षडयन्त्र चिर्न नसक्दा गत निर्वाचनमा पछि परेको बताएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलन र क्रान्ति सीधा रेखाबाट नहिँडेर बक्र रेखाबाट हिँड्ने भएकाले विरोधीलाई टिक्नै नदिने गरी अघि बढ्न सक्नुपर्ने बताए । ‘यस पटक हामीले विरोधीका षड्यन्त्रलाई चिर्न सकेनौ, पराजित गर्न सकेनौ’, अध्यक्ष ओलीले भने,‘ त्यसकारण हामी पछाडि पर्‍यौँ ।’अध्यक्ष ओलीले विरोधीका षडयन्त्रहरुलाई टिक्नै नदिएर अघि बढ्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।...
भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ
राजनीति, समाचार

भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

नेपालअखबार,काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् । बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् । नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।...
साउदी अरबमा हुथीको लगातार हमला
राजनीति, विश्व, समाचार

साउदी अरबमा हुथीको लगातार हमला

नेपालअखबार,काठमाडौँ।  साउदी अरबमा हुथी विद्रोहीले लगातार हमला गरिरहेका छन्। पछिल्लो एक सातामा पाँचवटा विमानस्थलमा कम्तीमा १० पटक आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै पटकपटक आक्रमण भएको छ। पूर्वी सहर दमामको विमानस्थल र साउदी अरबको प्रमुख तेल कम्पनी अराम्कोका केन्द्र पनि निशानामा परेको हुथी समूहको दाबी छ। आइतबार रियाद विमानस्थलको टर्मिनल ४ मा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ। आक्रमणमा ११ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। त्यसको अघिल्लो दिन शनिबार भएको आक्रमणमा १३ जनाको मृत्यु र ३०० भन्दा बढी घाइते भएको साउदी अधिकारीहरूले जनाएका थिए। एक साताभित्र रियाद विमानस्थलमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको रोयटर्सले जनाएको छ। आक्रमणको जिम्मेवारी यमनका इराननिकट हुथी व...
कांग्रेस सहमहामन्त्री : रामहरि खतिवडाको अग्रता कायमै र दोस्रोमा अजयबाबु
राजनीति, समाचार

कांग्रेस सहमहामन्त्री : रामहरि खतिवडाको अग्रता कायमै र दोस्रोमा अजयबाबु

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडाले अग्रता कायमै राखेका छन्। हालसम्म गणना भएको मतपरिणामअनुसार खतिवडाले ९१७ मत प्राप्त गरेका छन् । अजयबाबु सिवाकोटी ६५३ मतसहित दोस्रो स्थानमा रहँदा डिल्लिराज सुवेदीले ५०० मत प्राप्त गरेका छन्। त्यस्तै, देवेन्द्रराज कँडेलले ३९५, विकास कोइरालाले ३३०, राजीव ढुंगानाले २९३, रमेशप्रसाद धमलाले २४४, अमृतकुमार अर्यालले २०४ र विमलराज क्षेत्रीले ७२ मत प्राप्त गरेका छन्। खुला तर्फ सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था छ।...
प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि सुनुवाइ समितिमा छलफल जारी
राजनीति, समाचार

प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि सुनुवाइ समितिमा छलफल जारी

नेपालअखबार,काठमाडौं । १३ जना प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल सुरु भएको छ । प्रस्तावित सबै राजदूतविरुद्ध उजुरी परेको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरुद्ध व्यक्तिगत रूपमा तीन वटा उजुरी छ । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध दुई वटा उजुरी परेको छ । २ असोज २०८३ मा मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो । जसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा रहेका छन् । जापानका लागि थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरु जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका ...
बूढीगण्डकी बाढी प्रभावितको सहयोगमा जुट्न नेकपाका संयोजक प्रचण्डको आग्रह
राजनीति, समाचार

बूढीगण्डकी बाढी प्रभावितको सहयोगमा जुट्न नेकपाका संयोजक प्रचण्डको आग्रह

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत र सुरक्षामा जुट्न आग्रह गरेका छन् । गोरखा जिल्लामा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले व्यापक भौतिक क्षति पुर्‍याएको छ । कालो लेदोसहित आएको बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर तथा बजार क्षेत्रमा क्षति पुर्‍याएको छ । चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा पुर्‍याएको क्षति तथा पुल र घरहरू बगाएको छ । यस अवस्थाबारे सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत र सुरक्षामा जुट्न आग्रह गरेका हुन् ।‘प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु । साथै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस विपद्क...
रियादको विमानस्थलमा हुथीको आक्रमण, १२ जनाको मृत्यु, ३०९ जना घाइते
राजनीति, विश्व, समाचार

रियादको विमानस्थलमा हुथीको आक्रमण, १२ जनाको मृत्यु, ३०९ जना घाइते

नेपालअखबार,काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। आक्रमणमा परी कम्तिमा ३०९ जना घाइते भएको साउदीको नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। मृत्यु हुनेहरूमा ४ जना साउदी नागरिक, बंगलादेशका दुई र अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान तथा इजिप्टका एक–एक जना नागरिक रहेको प्राधिकरणले जनाएको छ। इरान समर्थित हुथी विद्रोहीले तेस्रोपटक विमानस्थलमा आक्रमण गरेका हुन्। यो हमलालाई पछिल्लो एक दशकभन्दा बढी अवधिमा साउदी अरबमा भएको यो सबैभन्दा घातक आक्रमण भनिएको छ। आक्रमणको पूर्वचेतावनी नदिइएको र घाइतेलाई एम्बुलेन्स तथा हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको अधिकारीहरूले बताएका छन्। घाइतेहरू केहीको अवस्था गम्भीर छ। आक्रमणपछि रियाद विमानस्थल बन्द गरिएको...
प्रविधिको युगमा शिक्षा व्यावहारिक र मानवीय मूल्यमा आधारित हुनुपर्छ : राष्ट्रपति पौडेल
राजनीति, समाचार

प्रविधिको युगमा शिक्षा व्यावहारिक र मानवीय मूल्यमा आधारित हुनुपर्छ : राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा शिक्षा प्रणालीलाई अझ बढी व्यावहारिक र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने बताएका छन्। शनिबार पशुपति मित्र माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई परीक्षा केन्द्रित नभई राष्ट्रप्रति जिम्मेवार र समस्या समाधान गर्न सक्ने सक्षम नागरिकका रूपमा तयार गर्नुपर्ने बताएका हुन्। राष्ट्रपति पौडेलले विश्वव्यापी रूपमा भइरहेको तीव्र परिवर्तनलाई आत्मसात गर्दै शिक्षा क्षेत्रमा समयसापेक्ष सुधारको खाँचो रहेको उल्लेख गरे। शिक्षालाई केवल सैद्धान्तिक ज्ञान आर्जन वा राम्रो अङ्क ल्याउने माध्यमका रूपमा मात्र नबुझ्न आग्रह गर्दै उनले विद्यालय स्तरदेखि नै विद्यार्थीमा राष्ट्रियताको भावना र सामाजिक मूल्य मान्यताको विकास गराउन सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताए। समारोहलाई सम्बोधन गर...
पाकिस्तानको राजनीतिक नक्सा बदल्ने तयारीमा सेनाप्रमुख असिम मुनिर
राजनीति, विश्व, समाचार

पाकिस्तानको राजनीतिक नक्सा बदल्ने तयारीमा सेनाप्रमुख असिम मुनिर

नेपालअखबार,काठमाडौँ । पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग्दै पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) को आन्दोलन चर्किरहेका बेला पाकिस्तानमा चारवटा प्रान्तलाई विभाजन गरेर नयाँ प्रान्त बनाउने बहस अघि आएको छ। प्रशासनिक सुधारको तर्कसहित अघि सारिएको यो प्रस्तावले स्थापित राजनीतिक दलको शक्ति र सेनाको बढ्दो प्रभावबारे प्रश्न उठाएको छ। पाकिस्तानको राजनीतिमा पछिल्ला केही सातादेखि जेलमा रहेका इमरान खानको रिहाइ माग गर्दै उनको दल पिटिआईले गर्ने प्रदर्शन चर्चाको केन्द्रमा छ। सरकार र पिटिआईबीच वार्ता असफल भएपछि अक्टोबर ४ मा खानका समर्थक इस्लामाबादतर्फ मार्चमा निस्किए। राजधानी प्रवेश गर्ने सडकमा कन्टेनर राखेर अवरोध खडा गरियो र सुरक्षा व्यवस्था कडा पारियो। यसले राजनीतिक तनावसँगै यातायात र व्यापारमा समेत असर पारेको समाचार आएका छन्। तर पाकिस्तानको राजनीतिक संकटलाई इमरान खानको रिहाइको माग र सडक प्...
मेक्सिकोको जेलमा झडप हुँदा १० जनाको मृत्यु, १६ जना घाइते
राजनीति, विश्व, समाचार

मेक्सिकोको जेलमा झडप हुँदा १० जनाको मृत्यु, १६ जना घाइते

नेपालअखबार, मेक्सिको ।  मेक्सिकोको उत्तरपश्चिमी राज्य सिनालोआस्थित एक जेलमा कैदीहरूबीच झडप हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा नौ कैदी र जेलमा भेटघाटका लागि आएका एक बालक रहेका छन्। अलजजिराका अनुसार, सिनालोआ राज्यको मजाटलान सहरस्थित एल कास्टिलो कारागारमा बिहीबार झडप भएको हो। राज्यको सार्वजनिक सुरक्षा सचिवालयले घटनाबारे जानकारी दिँदै घाइते १६ कैदीलाई उपचारका लागि अस्पताल लगिएको जनाएको छ। सिनालोआका सार्वजनिक सुरक्षा सचिव सिनुहे टेलेजले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा मृत्यु हुने आगन्तुक नाबालक रहेको बताएका छन्। घटनापछि विभिन्न सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको थियो। अधिकारीहरूका अनुसार अहिले जेलको अवस्था नियन्त्रणमा आएको छ र सुरक्षाकर्मी घटनास्थलमै तैनाथ छन्। मृतकका परिवारलाई घटनाबारे जानकारी दिन सामाजिक कार्यकर्ताहरू परिच...