Thursday, July 23

राजनीति

आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने
राजनीति, समाचार

आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने भएको छ । सातै प्रदेशका राजधानीमा १९ आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय भएको नेपाल जनमत पार्टीका नेता अब्दुल खानले जानकारी दिए । आठ दलीय गठबन्धनको कार्यदलले आज सोमबार बसेको बैठकले १८ गते काठमाडौंमा उपलब्ध सांसदको भेला गर्ने निर्णय गरेको छ । गठबन्धनको बनाउनुको औचित्य सांसदहरुलाई पुष्टि गरिने खा‌नले बताए । राष्ट्रपति निर्वाचनको अघिल्लो दिन (फागुन २४) संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यदलको बैठकले निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यदलको पहिलो बैठक आज बसेको थियो । राष्ट्रपति निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउन आठ दलका नेता सम्मिलित कार्यदल आइतबार बनेको ...
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ
राजनीति, विदेश, समाचार

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ

नेपालअखबार, काठमाडौं । भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । सीबीआईले आइतबार बेलुका सिसोदियालाई पक्राउ गरेको हो । सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्टाचारबारे अनुसान्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा आइतबार बेलुकी सिसोदियालाई सीबीईले कार्यालयमा बोलाएको थियो । तर भारतीय समय अनुसार बेलुका सात बजे उनलाई हिरासतमा राखिएको खबर सार्वजनिक भएको थियो । सिसोदियाले अनुसन्धानमा नसघाएको आरोप छ । सिसोदिया आम आदमी पार्टी (आप)का नेता हुन् । आपका नेताहरुले यसमा राजनीतिक गन्ध भएको र भारतीय जनता पार्टी (भाजपा)ले प्रतिशोध साधेको आरोप लगाएका छन् । आप पार्टीका अध्यक्ष एवम् दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सिसोदिया बेकसुर भएको भन्दै उनको गिरफ्तारीलाई फोहोरी राजनीति भनेर टिप्पणी गरेका छन् । केजरीवालले भनेका छन्, ‘मनिषको गिरफ्तारीले जनता आक्रोशि...
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई सहयोग गर्न ८ दलको आह्वान
राजनीति, समाचार

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई सहयोग गर्न ८ दलको आह्वान

नेपालअखबार, काठमाडाैं । ८ दलले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहयोग गर्न आह्वान गरेका छन्। बालुवाटारमा आइतबार बसेको ८ दलको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका पौडेललाई सहयोग गर्न अपिल गर्ने निर्णय गरेका हुन्। साथै बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा अरू दलबाट एक-एक जना सदस्य रहने गरी कार्यदलसमेत गठन गरेको छ। बैठकले फागुन १८ गते संघीय (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सांसदहरूलाई अभिमुखीकरण दिने निर्णय गरेको जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। फागुन १९ गते सातै प्रदेशमा राष्ट्रपति निर्वाचनलक्षित कार्यक्रम गर्ने निर्णयसमेत भएको छ। यस्तै फागुन २३ गतेभित्र गठबन्धनमा आवद्ध सबै दलका सांसदहरूलाई काठमाडौं आइसक्न निर्देशनसमेत दिने निर्णय ८ दलको बैठकमा भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,...
आज प्रतिनिधि सभा बैठक बस्दै
राजनीति, समाचार

आज प्रतिनिधि सभा बैठक बस्दै

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा जसपा सांसद शहनाजकाे निधनमा शोक प्रस्ताव प्रस्तुत हुनेछ । शहनाजको गत शनिबार भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको थियो । उनको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । शोक प्रस्ताव पारित गरेपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।यसैबीच आजै दिउँसो साढे १२ बजे राष्ट्रिय सभाको बैठक पनि बस्दै छ ।...
एमाले सचिवालय बैठक बस्दै
राजनीति, समाचार

एमाले सचिवालय बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा  आज बिहान ११ बजे बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेको विषयमा पनि छलफल हुने छ ।  पुस १० मा सरकार बन्दा एमालेले राष्ट्रपति पाउने सहमति भएपनि राष्ट्रपति निर्वाचनमा समीकरण फेरिएको छ । सत्तासीन माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको छ । पौडेललाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपला, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको समर्थन छ ।  एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्र...
आठ दलको बैठक बालुवाटारमा जारी
राजनीति, समाचार

आठ दलको बैठक बालुवाटारमा जारी

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने निर्णयसँगै बनेको आठ दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बालुवाटारमा आठ दलको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले  जानकारी दिएका हुन् । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एक ठाउँमा उभिएका छन् । आजको बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्लो विकसित घटनाक्रम, सत्ता साझेदारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।...
देशका समस्याहरूलाई समाधान गर्न राजनीतिक दलहरू मिल्नुपर्छ : अध्यक्ष नेपाल
राजनीति, समाचार

देशका समस्याहरूलाई समाधान गर्न राजनीतिक दलहरू मिल्नुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरूलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरू देखिएका भन्दै ती समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका हुन् । उनले एमाले लगायतका सबै राजनीतिक दलहरू मिलेर जानुपर्ने बताउनुभयो । उहाँले सङ्कटको बेलामा सबै दलहरूले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गरे । उनले भने, ‘नेपालमा जस्तो किसिमको चुनौतीहरू देखिएका छन्, ती चुनौतीहरू सामना गर्नलाई देशका सबै राजनीतिक दलहरू एकजुट भएर जानुपर्छ भनेको हो । सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्‍यो । मिलेर जानुपर्छ । देशको समस्या चुनौतीपूर्ण छ, यो समस्यालाई समाधान गर्नका लागि देशका सबै राजनीतिक दलहरू एक भएर जानुपर्छ । सङ्...
गृह जिल्लाको भ्रमण उपलब्धिमूलक र अर्थपूर्ण भएको अर्थ मन्त्री शाहीको भनाई
राजनीति, समाचार

गृह जिल्लाको भ्रमण उपलब्धिमूलक र अर्थपूर्ण भएको अर्थ मन्त्री शाहीको भनाई

नेपालअखबार, धनगढी । नेकपा एकीकृत समाजवादका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले गृहजिल्लाको भ्रमण सकेर  प्रदेश राजधानी धनगढीमा फर्किनुभएको छ । जिल्लामा  आयोजना भएको १३ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन  गर्न बाजुरा पुग्नुभएका मन्त्री शाही करिव एक हप्ताको गृहजिल्ला बाजुराको भ्रमण  सकेर शनिबार धनगढी फर्कनु भएको हो । मन्त्री शाहीले बाजुराका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, मतदाता, सर्वसाधारण जनता जिल्ला स्थित कार्यालय प्रमुखहरू पाटीका नेता कार्यकर्ता सँग भेटघाट गर्नु भएको थियो । मन्त्री शाही गृहजिल्ला पुगेपछि स्थानीयले भव्य स्वागत गरेका थिए भने विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले सम्मान सहित बधाई तथा चियापान कार्यक्रमको आयोजना गरेर सम्मान गरेका थिए । बाजुराले प्रदेशको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएको र  मन्त्री शाहीले सुदूरपश्...
आज गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

आज गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्। गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेका हुन्। दिलबहादुर रम्तेलको स्मृति सभा, 'सहिद' परिवारलाई सम्मानलगायत कार्यक्रमका लागि बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाटलाई पालुङटार जाने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ११ बजे बारपाक सुलिकोट गाउँपालिका आइपुग्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए। गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। निर्वाचित भएपछि उनले कार्यव्यस्तताले गर्दा आफू मतदातालाई धन्यवाद दिन गाउँ-गाउँमा जान नपाएको बताएका थिए।...
आज राष्ट्रिय सभाको बैठक बस्दै
राजनीति, समाचार

आज राष्ट्रिय सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजेर बस्ने बैठकमा सम्भावित तीन कार्यसूची छन् । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । राप्रपा सरकारबाट बाहिरिएपछि सो पार्टीका नेताहरुले सम्हालेका मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले सम्हालेका छन् । सोही जानकारी राष्ट्रिय सभालाई जानकारी गराउन लागिएको हो । यसैगरी आजको सम्भावित दोस्रो कार्यसूचीमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन पेस गर्ने कार्यसूची छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले प्रतिवेदन पेस गर्नेछिन् । त्यस्तै, राष्ट्...