नेपालअखबार, पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले (गृह जिल्ला) नवलपुरका विभिन्न प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयको निरिक्षण गरेका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृह जिल्ला पुगेर प्रहरी कार्यालय र त्रिवेणी भन्सारको स्थलगत अनुगमन गरेका हुन् ।
स्थलगत अवलोकनका क्रममा मन्त्री गाहामगरले छिमेकी राष्ट्र भारतसँगको सिमानामा रहेको इलाका प्रहरी कार्यालय त्रिवेणी, सोही सीमामै रहेको सशत्र प्रहरी बलको विओपी, बुलिङटार प्रहरी चौकी र इलाका प्रहरी कार्यालय डेढगाउँको निरिक्षण गरे ।
अवलोकन पश्चात प्रहरी कार्यालयलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक रहेकाले सोही अनुरुप अघि बढ्ने मन्त्री गाहामगरले बताए । ‘अनुगमन पछि मैले सिमित स्रोत र साधनले उच्च मनोबलसहित देश र जनताको सेवामा समर्पित भएको देखे, मन्त्री गाहामगरले भने, रा...