सर्लाहीको चन्द्रनगरमा फागुन १ गतेदेखि ई-हाजिरी अनिवार्य
नेपालअखबार, वीरगञ्ज । सर्लाहीको चन्द्रनगर गााउँपालिकाले पालिकाले पालिका तथा मातहतका सबै कार्यालय, स्वास्थ्य संस्था, विद्यालयमा ई-हाजिरीको व्यवस्था मिलाएको छ ।
फाल्गुन १ गतेदेखि गाउँपालिकाका कार्यालय, वडा कार्यालय, विद्यालय तथा पालिका मातहतका अन्य कार्यालयमा अनिवार्य ई-हाजिरी गर्नु पर्ने गरि व्यवस्था मिलाईएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले बुधबार सूचना जारी गर्दै प्रत्येक महिनाको ई-हाजिरीमा अनुपस्थित देखिएको दिनका बारेमा आवश्यक कागजात तथा उचित कारण नभएको अवस्थामा नियमानुसारको हाजिर कट्टी गर्ने चेतावनीसमेत दिएका छन् ।
जनताको करबाट उठेको राजश्वबाट जनतालाई सेवा प्रदान गर्न दिईएको तलब र सेवा प्राप्त गर्ने शिक्षक, कर्मचारी र जनप्रतिनीधिलाई गुणस्तरीय सेवा प्रदान गर्न जिम्मेवार भईदिन सूचनामा अनुरोध गरिएको छ ।
सूचनामा गाउँपालिका कार्यालय र विद्यालयहरुमा कार...










