Wednesday, July 22

राजनीति

अर्थमन्त्री पौडेल र यूएसएआईडी प्रमुख सामन्था पावरबीच भेटवार्ता
राजनीति, समाचार

अर्थमन्त्री पौडेल र यूएसएआईडी प्रमुख सामन्था पावरबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ । बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गरेकी हुन् । भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध बिस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिइन् । उनले यसअघि मंगलबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् । दुई दिने नेपाल भ्रमणमा मंगलवार काठमाडौं आइपुगेकी उनी आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर आज नै स्वदेश फर्किने कार्यक्रम रहेको छ । स्वदेश फर्किनुअघि आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्नेछिन् । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोर...
सर्‍यो सुदूरपश्चिम प्रदेश सभा बैठक
राजनीति, समाचार

सर्‍यो सुदूरपश्चिम प्रदेश सभा बैठक

नेपालअखबार,धनगढी । आज बिहान ११ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक सरेको छ। प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने कार्यसूची छ। मुख्यमन्त्री रावललाई आज नेकपा माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिए भने मात्र यो सरकारले निरन्तरता पाउँछ। प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन्। सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने मुख्यमन्त्रीलाई आज विश्वासको मत नदिने बताएको छ। नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्न...
संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल गर्न प्रचण्ड–ओली सहमत
राजनीति, समाचार

संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल गर्न प्रचण्ड–ओली सहमत

नेपालअखबार, काठमाडौँ । भावी राष्ट्रपतिको विषयमा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो छलफल भएको छ । सोमबारयता प्रचण्ड र ओलीबीच दैनिक जसो भेटवार्ता भइरहेको छ ।  बुधवार एमाले अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीचको कुराकानीमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएर छलफल गर्न दुवै नेता सहमत भएका छन् ‘उच्चस्तरीय संयन्त्रको बैठक बस्छ । त्यो बैठकमा राष्ट्रपतिबारे छलफल हुन्छ, सहमतिबाटै अघि बढ्ने प्रयास हुन्छ’, बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया दिए । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ एमाले र कांग्रेसले आआफ्नै उम्मेदवार उठाउने तयारी गरेका छन् । एमाले र कांग्रेसले फरक फरक उम्मेदवार उठाउने भएपछि सत्तारुढ दल एमाले र माओवादीको राष्ट्रपतिबारे फरक फरक धारणा सार्वजनिक भइरहेक...
लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु
राजनीति, समाचार

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु

नेपालअखबार, दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हाे । पहिलाे मतदान लुम्बिनी प्रदेश सभा सदस्य एवं मन्त्री चेतनारायण आचार्यले गरे । अहिले मतदान जारी छ । मतदानका लागि १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ दलबाट नेकपा एमालेका कुमार दसौंदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटको लागि उपनिर्वाचन भएको हो ।राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पाल...
सांसदले स्वार्थ बाझिने संसदीय समितिमा बस्न नपाउने
राजनीति, समाचार

सांसदले स्वार्थ बाझिने संसदीय समितिमा बस्न नपाउने

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरु स्वार्थ बाझिने संसदीय समितिको सदस्य हुन नपाउने भएका छन् । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको छलफलमा सांसदहरु स्वार्थ बाझिने संसदीय समितिमा सदस्य हुन नपाउने व्यवस्था राख्न सहमत भएका छन् । यसअघि निजी विद्यालय सञ्चालक सांसद शिक्षा समितिमा, बैंकका अध्यक्ष सांसदहरु अर्थ समितिमा रहँदा स्वार्थ बाझिएको भन्दै आलोचना भएको थियो । तर नेकपा एमालेका संसदीय दलका उपनेता, नियमावली मस्यौदा समितिका सदस्य सुवास नेम्वाङका अनुसार यसपटक प्रतिनिधिसभा नियमावली २०७९ मा ‘स्वार्थ बाझिने सांसदलाई सम्बन्धित समितिमा राखिने छैन’ उल्लेख गर्ने समझदारी भएको छ । दलहरुले आफ्ना सांसदहरुलाई कुन समितिमा रहने भनी रोज्न लगाउने अभ्यास छ । त्यस अनुसार दलले नै कुन सांसद कुन समितिमा रहने भनेर तय गर्ने अभ्यास पनि छ । तर, विगतमा यस्तो गर्दा सांसदहरुले आफ्नो स्वार्थ बाझिने समि...
अहिलेको आवश्यकता राष्ट्रिय सहमति- अध्यक्ष राउत
राजनीति, समाचार

अहिलेको आवश्यकता राष्ट्रिय सहमति- अध्यक्ष राउत

नेपालअखबार, पर्सा। जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा. सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएका छन्। बाराको कलैयामा मंगलबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी भइरहेको बताए। उनले मधेस प्रदेशमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाउने गरी काम गरिरहेको उल्लेख गरे। अन्य मधेस केन्द्रित दलले सत्ता र शक्तिका लागि मात्र राजनीति गरेको आरोप पनि उनले लगाए। 'मधेसी जनताको भवनामाथि खेलवाड गर्ने काम मात्र हुँदै आएको छ। अब जनमत पार्टी मधेसी जनताको भावना अनुसार अगाडि बढ्छ,' उनले भने। सो अवसरमा अध्यक्ष राउतले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्न संघीय र प्रदेश सरकारलाई आग्रह समेत गरे। संघीयता कमजोर पार्ने खेल हुन थालेको उल्लेख गर्दै उनले त्यसतर्फ आफ्नो पार्टी सचेत रहेको बताए। कार्यक्रममा पार्टीक...
प्रधानमन्त्रीको सम्वोधन समेटेर बन्यो एकीकृत कार्ययोजना
राजनीति, समाचार

प्रधानमन्त्रीको सम्वोधन समेटेर बन्यो एकीकृत कार्ययोजना

नेपालअखबार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विभिन्न समयमा दिनुभएको निर्देशन र गर्नुभएको सम्वोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ। प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको टीमले एकीकृत कार्ययोजना तयार पारी प्रस्तुत गरेको हो। प्रधानमन्त्री कार्यालयले तयार पारेको एकीकृतमाथि बुधबार दिउँसो सिंहदरबारमा बृहत् छलफलसमेत भएको छ। नेपाल सरकारका मन्त्रीहरू, सचिवहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू लगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको सो छलफलमा एकीकृत कार्ययोजनामाथि सहभागीहरूले आफ्नो धारणा राख्नुभएको थियो। प्रधानमन्त्रीले पुस १९ र २० गते नेपाल सरकारका सचिवहरूलाई दिनुभएको निर्देशन, पुस २५ गते सरकारको तर्फबाट जारी नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रममा समाविष्ट विषयहरू, पुस २६ गते प्रतिनिधिभाबा...
राष्ट्रिय स्वतन्त्र पार्टी नै ब्रेक हुने सम्भावना छ : मेटमणि चौधरी
राजनीति, समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी नै ब्रेक हुने सम्भावना छ : मेटमणि चौधरी

नेपालअखबार, काठमाडाैं । प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले रास्ट्रिय स्वतन्त्र पार्टी ब्रेक हुन सक्ने बताएका छन् । स्पेस ४ के टिभीको स्पेस बहस कार्यक्रममा मंगलबार कुरा गर्दै पूर्व मन्त्री समेत रहेका चौधरीले रवि लामिछानेको सिग्नेचर नै नचलेपछि त्यही सिग्नेचरका भरमा पाटी दर्ता, उम्मेदवारी र सांसद भएका व्यक्तिहरुको पद नै जान सक्ने उनले बताएका छन् । ‘रेशमलाल चौधरीले त्यत्रो मत लिएर जितेका थिए नि त तर पनि सबै बिग्रियो । सुन्दा अप्रिय लाग्न सक्ला तर पनि परिस्थिति सबै मिल्दै गएमा रास्वपाका सांसदहरुको पद नै जाने देखिन्छ ।’ उनले सुनाए । नागरिकताको विषय कमजोर नभएको पनि उनको तर्क थियो ।...
रवि लामिछानेको राहदानीबारे जाहेरी प्रहरीले दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमा निवेदन
राजनीति, समाचार

रवि लामिछानेको राहदानीबारे जाहेरी प्रहरीले दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमा निवेदन

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको राहदानीसम्बन्धी कसूरको जाहेरी प्रहरीले नलिएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन परेको छ। मंगलबार युवराज पौडेल (सफल)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पूर्व-उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेविरूद्धको जाहेरी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले दर्ता नगरेको भन्दै निवेदन दिएका हुन्। उनले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ५ बमोजिम कार्यालयमा निवेदन दिएका हुन्। सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले पनि निवेदन आएको पुष्टि गरे। ‘निवेदन आएको छ। तर मैले हेर्न पाइसकेको छैन,’ उनले भने। लामिछानेले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क)ले निषेधित गरेको जानीजानी झूटो विवरण दिएर राहदानी लिने कसूर गरेको भन्दै पौडेलले ...
बिदाहरूमा पुनर्विचार गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

बिदाहरूमा पुनर्विचार गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै हुँदा सेवा प्रवाह प्रभावित भएको भन्दै त्यसमा पुनर्विचार गर्नुपर्ने बताए । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, “हाम्रा सरकारी बिदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।” प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक रहेको बताए । उनले भने, “हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँ...