Wednesday, July 22

राजनीति

के छ अध्यक्ष माधव नेपालको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा (पूर्णपाठसहित)
राजनीति, समाचार

के छ अध्यक्ष माधव नेपालको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा (पूर्णपाठसहित)

नेपालअखबार, काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)  को पाँचौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक आइतबारसम्म चल्नेछ । बैठकमा शनिबार अध्यक्ष नेपालले २५ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा विभिन्न राजनीतिक आयामको चर्चा गरिएको छ । जसमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति र राजनीतिक शक्ति र विगत कार्ययोजना कार्यान्वयनको समीक्षा गरिएको छ । यस्तो छ प्रतिवेदनको पूर्णपाठ-...
नेपाल सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

नेपाल सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने  बताउनु भएको छ । नेकपा (एकीकृत समाजवादी ) को ५ औं  केन्द्रीय कमिटीको बैठकमा  राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पार्टीले लिएको सिद्धान्त सही छ कि गलत छ त्यो व्यवहारले देखाउने बताउनु भएको हो  । ‘सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ, हामी समाज बदल्न चाहन्छौँ, हामी संसार बदल्न चाहन्छौँ, हामी कम्युनिष्ट क्रान्तिकारी भएकाले माक्र्सवाद लेलिनवादको मार्गदर्शनमा हिड्छौँ ’, अध्यक्ष नेपालले भन्नुभयो  । सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधानका लागि समाजका विभिन्न वर्गहरुको विश्लेषण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने भन्दै अध्यक्ष नेपालले  ‘हामी कम्युनिष्ट पार्टीका नेता, कार्...
काठमाडाैंमा बार्है महिना खानेपानी लैजाने याेजना : मन्त्री खान
राजनीति, समाचार, हाइलाइट-समाचार

काठमाडाैंमा बार्है महिना खानेपानी लैजाने याेजना : मन्त्री खान

नेपालअखबार, काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले  बजेट बक्तव्य मार्फत भंग गरीएको मेलम्ची खानेपानी बिकास समितिमा देखिएकोे नितीगत समस्यालाई हल गर्दै कर्मचारीहरुको समस्यालाई पनि सम्बोधन गरीने बताउनु भएको छ ।   बार्है महिना मेलम्चीको पानी काठमाडौ बासिले खान पाउनेगरी काम अगाडी बढाउने बताउनु पर्ने  मन्त्री खानले बताए । मन्त्री खानले  शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका —१ अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल निरीक्षणका लागि पुगेका थिए । मन्त्री खानले आयोजना नियमित संचालनको लागि लाग्ने खर्च र प्राबिधिक कुरा बारे आबश्यक छलफल गरी फास्टट्रयाकमा काम गरीने बताए । सोही क्रममा मन्त्री  खानले स्थनीयबासिहरुबाट उठेका मागलाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । मेलम्ची खानेपानी बिकास समितका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्ची खानेपानी आयोजनामा हालसम्म भ...
खानेपानीको माध्यमबाट रोजगार सिर्जन गर्न सम्भाव्यताको अध्ययन गर्ने : मन्त्री खानद्धारा उद्घाटन
राजनीति, समाचार, हाइलाइट-समाचार

खानेपानीको माध्यमबाट रोजगार सिर्जन गर्न सम्भाव्यताको अध्ययन गर्ने : मन्त्री खानद्धारा उद्घाटन

नेपालअखबार, बर्दिया। बर्दियाको बाँसगढीमा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बाँसगढी नगरपालिकाको आयोजना र रामजानकी मावि भैसासुरको संयोजन तथा व्यवस्थापनमा शुक्रबार देखी रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । बाँसगढी ८ रिहारपुरमा रहेको नगर स्तरीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको संघिय सरकारका खानेपानी मन्त्री अब्दुल खानले उद्घाटन गर्नुभयो । रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै खानेपानी मन्त्री खानले समग्र खेलकुद क्षेत्रको विकासका लागि सदैभ प्रतिवद्ध रहने बताउनु भयो । शारीरिक र मानसिक स्वास्थ्यका लागि पनि खेलकुद महत्वपुर्ण रहेकोमा जोड दिदै मन्त्री खानले विद्यार्थीहरुलाई पठनपाठन सँगै खेलकुद क्षेत्रमा पनि लाग्न आग्रह समेत गर्नुभयो । स्वच्छ र शुद्ध खानेपानीको पहुच आम नागरिक सम्म पुर्याउन र खानेपानीको माध्यमबाट रोजगार सिर्जन गर्न सम्भाव्यताको अध्ययन गरिरह...
आगजनी मुद्दामा समातिएका सांसद छाड्न नागरिक उन्मुक्तिको जुलुस
राजनीति, समाचार

आगजनी मुद्दामा समातिएका सांसद छाड्न नागरिक उन्मुक्तिको जुलुस

नेपालअखबार, धनगढी । प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरी पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रदर्शन गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा नाउपाले विरोधमा राँके जुलुसहित प्रदर्शन गरेको हो बाँकेबाट बिहीबार पक्राउ परेका चौधरीलाई शुक्रबार जिल्ला अदालतले कारागार चलान गरेको छ । १३ वर्ष अघिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना कैद र जरिवाना सुनाएको थियो। बिहीबार नाउपाले सांसद चौधरीलाई निशर्त रिहा गर्न माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो...
प्रधानमन्त्रीले गरे मलेसियाका गृहमन्त्रीसँग नेपाली आप्रवासी कामदारबारे छलफल
राजनीति, समाचार

प्रधानमन्त्रीले गरे मलेसियाका गृहमन्त्रीसँग नेपाली आप्रवासी कामदारबारे छलफल

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेको गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले भेटवार्ता गरेका छन् तीन दिने भ्रमणमा क्रममा बिहीबार बेलुकी काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्रीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । भेटमा मलेसियामा रहेका नेपाली आप्रवासी कामदारको हित संरक्षणलगायत आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि मलेसियाका गृहमन्त्रीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गरेका थिए। भेटवार्तामा श्रम सम्झौता कार्यान्वयनलगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको थियो। नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो । नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा पनि गृहमन्त्रीसँग...
प्राविधिक सीपयुक्त शिक्षामा जोड दिन अध्यक्ष ओलीको आग्रह
राजनीति, समाचार

प्राविधिक सीपयुक्त शिक्षामा जोड दिन अध्यक्ष ओलीको आग्रह

नेपालअखबार, झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा प्राविधिक सीपयुक्त हुनुपर्ने बताएका छन् । शुक्रबार झापाको दमक नगरपालिका–४ स्थित दमक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास गर्दै अध्यक्ष ओलीले स्वदेशमै रोजगारी प्राप्त गर्नसक्ने शिक्षामा जोड दिए । “स्नातकोत्तर तहको प्रमाणपत्र सिरानमा राखेर केही उपलब्धि हुँदैन”, उनले भने, “अब हरेक शिक्षालयले सीपयुक्त शिक्षामा आधारित जनशक्ति उत्पादन गर्नुपर्छ । यसका लागि राज्यले वातावरण बनाउनुपर्छ ।” सो अवसरमा प्राचार्य ठाकुरप्रसाद भट्टराईले बहुप्राविधिक शिक्षालयमा सिभिल इञ्जिनीयर, अटो मोबाइल, रेफ्रिजेरेटर एण्ड इयर कण्डिशन तथा मेकानिकल विषय पढाउनका लागि सिटिइभिटीबाट स्वीकृति प्राप्त भइसकेको जानकारी दिए । हरेक विषयमा ४८ जनाको कोटा रहेको उक्त शिक्षालयले हरेक वर्ष एक सय ९२ विषयगत प्राविधिक जनशक्ति उत्पादन गर्...
माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता
राजनीति, समाचार

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न नेता श्रेष्ठ पार्टी कार्यालय आलोकनगर पुगेका हुन् । भेटमा एकीकृत समाजवादीका वार्ता टोली सदस्यहरु समेत रहेका छन् । यसअघि बिहीबार समाजवादीका नेता डा.विजय पौडेल माओवादी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । दुवै भेट पार्टी एकता र सरकारसँग सम्बन्धित रहेको नेताहरुले बताएका छन् ।  सत्ता गठबन्धनमा खटपट भइरहेका बेला दुई पार्टी बीचको संवाद बाक्लिएको हो । माओवादी र नेकपा एकीकृतबीच पार्टी एकताको गृहकार्य भएपनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।...
स्वास्थ्यमन्त्री गिरी र बेलायती राजदूतबीच भेटवार्ता
राजनीति, समाचार

स्वास्थ्यमन्त्री गिरी र बेलायती राजदूतबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिटबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिएका छन् । ‘कोभिड–१९ महामारीको रोकथाम र नियन्त्रण कार्यमा बेलायत सरकारबाट प्राप्त सहायता सदैव स्मरणीय छ । विपदको घडीमा हाम्रो ऐतिहासिक सम्बन्ध भएको मित्र राष्ट्रबाट प्राप्त सहयोग प्रति आभार व्यक्त गर्दछौं’, मन्त्री गिरीले भने । मन्त्री गिरीले बेलायत सरकारको सहयोगमा भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्य सञ्चालन भइरहेको बताउँदै यो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिहरुको क्षमता अभिवृद्धि गर्न अतुलनीय योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा नेपाल...
एकीकृत समाजवादीको मुखपत्र समाजवाद र कलम एप्स आउँदै
राजनीति, समाचार, साहित्य \कला

एकीकृत समाजवादीको मुखपत्र समाजवाद र कलम एप्स आउँदै

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) को मुखपत्र समाजवाद प्रकाशित भएको छ । पार्टीको यही माघ २१ र २२ गते हुने केन्द्रीय कमिटीको बैठकको उद्घाटन सत्रमा पार्टीको त्रैमासिक मुखपत्र  समाजवाद र कलम एप्स लोकार्पण हुने कार्यक्रम तय भएको छ । समाजवाद र एप्स पार्टीको प्रचार विभागले प्रकाशन तथा सार्वजनिक गर्न लागको हो । समाजवादमा १४ जना नेताहरूको महत्वपूर्ण सामाग्रीहरू रहेका छन् । १७८ पृष्ठको समाजवादमा पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीको क्रान्तिकारी पूनर्गठन , सम्मानित नेता झलनाथ खनालको समाजवादी जनप्रतिनिधि र हाम्रो कार्यदिशा, उपाध्यक्ष प्रमेश हमालको कम्युनिष्ट पार्टीमा विचार धारात्मक काम, उपाध्यक्ष जयन्ती राईको नेपालमा वर्ग र वर्ग सङ्घर्षको अवस्था ,महासचिव डा. वेदुराम भुसालको सङ्ख्यामा व्यापक गुणमा उन्नत पार्टी निर्माण गरौं रहेका छन् । पुस्तकमा उपमहासचिव डा. गं...