Saturday, July 18

राजनीति

उपसभामुखमा रास्वपा सांसद इन्दिरा राना निर्वाचित
राजनीति, समाचार

उपसभामुखमा रास्वपा सांसद इन्दिरा राना निर्वाचित

नेपालअखबार, काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छिन् । शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा रानाको पक्षमा  १६६  जना सांसदले समर्थन जनाए भने उनको विपक्षमा जनाले मत ९७ हाले । यस्तै तटस्थमा नेमकिपा सांसद प्रेम सुवालले एक मत दिए । प्रतिनिधि सभामा कूल २७५ सांसद मध्ये २६४ सांसद उपस्थित भएका थिए । राना सत्तागठबन्धनको सझा उम्मेदवार रहेकी थिइन् । सभामुख देवराज घिमिरेले सबैभन्दा पहिला रानाको उम्मेदवारीलाई सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए । मत विभाजनको क्रममा रानाको पक्षमा बहुमत सांसद देखिएपछि उनको प्रर्तिस्पर्धी रहेकी कांग्रेस सांसद मुक्ताकुमारीको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नुपरेन । सत्ता गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेकी रानालाई सत्ता गठबन्धनको तर्फबाट रास्वपा सांसद सोविता गौतमले उपसभामुख पदमा निर्वाचित गरि...
रौतहट काठमाण्डौ सम्पर्क मञ्चका पूर्व अध्यक्षहरु सम्मानित
राजनीति, समाचार

रौतहट काठमाण्डौ सम्पर्क मञ्चका पूर्व अध्यक्षहरु सम्मानित

नेपालअखबार, काठमाडौ । नेकपा एर्कीकृत समाजवादीको रौतहट काठमाण्डौ सम्पर्क मञ्चले मञ्चका ७ जना पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सम्पर्कमञ्चका संस्थापक अध्यक्ष प्रज्वल चापागाई, गिरीधर मिश्र,नवराज तिमल्सिना, शंकर विश्वकर्मा,गोपाल श्रेष्ठ,चिनकुमारी सिवाकोटी र मिनप्रसाद गौतम रहनु भएको छ । उहाँहरुलाई शनिवार रौतहट काठमाण्डौ सम्पर्क मञ्चले काठमाणण्डौ स्थिति एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रमका विच सम्मान गरीएको हो । सम्मानितहरुलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रशंसापत्र सहित सम्मान गर्नु भएको रौतहट काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष सचित कुईकेलले बताउनु भयो । कार्यक्रममा पार्टीका अध्यक्ष नेपाल र पार्टीका सचिवालय सदस्य घनश्याम भुसाल लगायतका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।...
देउवा र राजदूत चेनबीच भेटवार्ता
राजनीति, समाचार

देउवा र राजदूत चेनबीच भेटवार्ता

नेपालअखबार, काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सभापति देउवा र राजदूत सोङबीच शुक्रबार भेटवार्ता भएको हो । भेटमा राजदूत चेनले दुई देश तथा दुई पार्टीको बीचमा दुई पक्षको बीचमा गहिरो कुराकानी भएको बताएका छन् । पुस २४ गते नेपाल आइपुगेका राजदूत चेनले अहिले विभिन्न दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् । हिजै उनले उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेललाई समेत भेटेका थिए ।  अर्थ मन्त्रालयमा गएर अर्थ मन्त्री पौडेललाई भेटेका राजदूत चेनले द्वीपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाहरुको विषयमा छलफल गरेको जनाएका छन् ।...
गण्डकीको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त
राजनीति, समाचार

गण्डकीको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् । बरालललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार पद तथा गोपनीयताको शपथ गराएका छन् । यसअघि गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा रोहितराज बास्तोला थिए । सरकार परिवर्तनसँगै उनले राजीनामा दिएका थिए ।...
सभामुख कसैको यस म्यान बन्नुहुने छैन, यही शुभेच्छा छ : मेटमणि चौधरी
राजनीति, विचार, समाचार

सभामुख कसैको यस म्यान बन्नुहुने छैन, यही शुभेच्छा छ : मेटमणि चौधरी

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सभामुख देवराज घिमिरेलाई बधाई दिएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘…कसैको यस म्यान बन्नुहुने छैन भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु ।’ चौधरीले पार्टीका तर्फबाट उपसभामुखमा कांग्रेसकी मुक्ताकुमारी यादवलाई समर्थन गरे । समर्थकको रुपमा बोल्दै उनले भने, ‘मुक्ताकुमारी यादव उपसभामुखको हकदार हो ।’ प्रतिनिधिसभामा शनिबार उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । मुक्ताकुमारीलाई सरकारमा नरहेका दलको समर्थन छ ।...
अपराधी खोज्ने  प्रेस विज्ञप्तिबाट परम्परा सुरू भयो: सांसद खतिवडा
राजनीति, विचार, समाचार

अपराधी खोज्ने प्रेस विज्ञप्तिबाट परम्परा सुरू भयो: सांसद खतिवडा

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी अपराधी खोज्ने परम्परा सुरू भएको भन्दै प्रश्न गरेका छन्। शनिबार जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी अपराधी खोज्ने परम्पराको सुरूवात गरेको बताएका छन्। उनले गृह मन्‍त्री रवि लामिछानेप्रति लक्षित गर्दै प्रश्‍न गरेका हुन्। ‘भर्खरै गृह मन्त्रालयबाट एउटा सूचना जारी भएको पत्र आयो। नेपालको इतिहासमा अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकालेर खोज्दै जाने परम्पराको सुरूआत भएको छ,’ उनले भने, ‘यो गृह मन्त्रालयमा पदवहाल गर्नुभएका धेरै मन्त्री यो संसदमा हुनुहुन्छ। गृह मन्त्रालय, परराष्ट्र, रक्षा मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयमा कतिपय विषयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परिपाटीको विकास हुने को भने मुलुक कहाँ जाने हो? बढो चिन्ताको विषय ब...
जनमतका मन्त्री भन्छन् : सरकारमा रहने वा नरहने भोलि फाइनल हुने
राजनीति, समाचार

जनमतका मन्त्री भन्छन् : सरकारमा रहने वा नरहने भोलि फाइनल हुने

नेपालअखबार, काठमाडौं । जनमत पार्टीका सांसद एवं विनाविभागीयमन्त्री अब्दुल खानले सरकारमा रहने वा नरहने भोलि टुंगो लाग्ने बताएका छन् । शनिबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भोलिसम्म आफूहरुको माग पूरा गर्ने आश्वासन सत्तासाझेदार दलहरूले दिएको उनले बताए । ‘भोलिसम्म आश्वासन दिनुभएको छ,’ उनले भने, ‘भोलि फाइनल निर्णय हुन्छ ।’ थुप्रै विकल्पहरुबारे पन छलफल चलिरहेको उनले बताए । ‘बाँकी मन्त्रालयहरु दिने कुरा पनि छ । भोलिसम्म कुरा मिल्छ भन्ने विश्वास छ । अन्यथा, फिर्ता हुन पनि सकिन्छ ।’ सहमति नभएकै कारण आफूलाई ‘कार्यभार सम्हाल्न मुस्किल परेको’ पनि उनले बताए ।...
वर्तमान राजनैतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका  रहेको छ -अध्यक्ष नेपाल
राजनीति, समाचार

वर्तमान राजनैतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको छ -अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको वर्तमान राजनैतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको बताउनु भएको छ । शनिवार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित रौतहट काठमाण्डौ सम्पर्क मञ्चले आयोजना गरेको समसामयिक राजनैतिक विषयमा प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले त्यस्तो बताउनु भएको हो । उहाँले नेपालको राजनैतिक साथै आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक भएको ओल्याउँदै इमान्दारिता निष्ठा र समर्पण भावले राजनीति गर्नुपर्नेमा जोड दिनुभयो ।...
अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक छ : अर्थमन्त्री पौडेल
राजनीति, समाचार

अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक छ : अर्थमन्त्री पौडेल

नेपालअखबार, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताएका छन् । शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतिको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई  सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताएका हुन् । उनले अर्थमन्त्रालय मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन, आर्थिक मितव्ययिता, खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा रहेको बताए । अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समिक्षा गर्ने बेलामा समेत राजश्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको स्वीकार गरे । उनले गत आर्थिक वर्षमा यही समयमा भएको राजश्व संकलन बराबरको समेत हुन नसकेको बताए । उनले मुलुकले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण...
राजनीति, समाचार

राप्रपा नेपालको पदाधिकारी बैठक जारी

नेपालअखबार, काठमाडौँ । राप्रपा नेपालको पदाधिकारी बैठक जारी छ । ग्रीनलिप्स रिसोर्टमा जारी बैठकमा आगामी माघ ९ गतेदेखि काठमाडौँमा हुने केन्द्रीय समिति बैठकको तयारी सम्बन्धमा छलफल भइरहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसैगरी सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ, सङ्गठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्नेछन् । केन्द्रीय समितिमा प्रस्तुत हुने प्रतिवेदनमाथि पदाधिकारीले टिप्पणी सहित आफ्नो धारणा राख्ने क्रम जारी रहेको बर्तौलाले बताए । समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य विषयहरूमा पनि छलफल हुने अर्का महामन्त्री भ...