अध्यक्ष :पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक
नेपालअखबार, काठमाडाैं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।
बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए। उनले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे।
उनले मधेसवादी दलहरुदलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै प्रश्न गरे। उनले अनुहार, जाति र समुदाय भन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे।
‘सभामुखको निर्वाचनको रुपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको लागि कुरा ल्याए । यो केका लागि पदको लागि मात्रै हो की , देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन । पदको लागि मात्रै किन कुरा ? दल भन्दा माथिको कुरा गरिन्छ’, उनले भने, ‘कस्तो खालको राष्...










