Saturday, July 18

राजनीति

धुम्बाराही पुगेर माधव नेपाल र उपेन्द्र यादवले भेटे देउवालाई
राजनीति, समाचार

धुम्बाराही पुगेर माधव नेपाल र उपेन्द्र यादवले भेटे देउवालाई

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। आज बिहान कांग्रेस पदाधिकारी बैठक बस्नुभन्दा पहिले नेपाल र यादवले सभापति देउवासँग भेटवार्ता गरेका हुन्। उनीहरूले सभामुख निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका हुन्। सभामुख पदका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता र बिहीबार निर्वाचनको कार्यक्रम छ। उनीहरूबीच समामुख निर्वाचनमा मिलेर जाने विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ। गत पुस २६ गते कांग्रेस, एकीकृत समाजवादी र जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि यी दल सरकारमा भने सहभागी भएका छैनन्। प्रतिनिधि सभामा कांग्रेसका ८९, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन्।...
कांग्रेस पदाधिकारी बैठक सुरु
राजनीति, समाचार

कांग्रेस पदाधिकारी बैठक सुरु

नेपालअखबार, काठमाडाैं । सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक  सुरु भएको छ।  सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक सुरु भएको हो । बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने संसदीय दलका मुख्य सचेतक रमेश लेखकको भनाइ छ । सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।...
सभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक
राजनीति, समाचार

सभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक

नेपालअखबार, काठमाडौं । संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनसम्न्धी कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ ४ गते बुधबार १  देखि ४ बजेसम्म सभामुखका लागि उम्मेदवारी दर्ता, सोही दिन सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन र माघ ५ गते ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि उम्मेदवारको सूचनामाथि सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ ।...
प्रधानमन्त्री प्रचण्डद्वारा आफूलाई विश्वासको मत दिने दलहरूलाई धन्यवाद ज्ञापन
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डद्वारा आफूलाई विश्वासको मत दिने दलहरूलाई धन्यवाद ज्ञापन

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गर्नुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ। पुस २६ गतेको संसद्मा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाएका थिए सञ्चारमन्त्री रेखा शर्माका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिएका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताउँदै प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको बताए। प्रधानमन्त्रीले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव मागेका थिए प्रधानमन्त्रीले ...
रास्वपाले स्वार्थ बाझिने गरी मन्त्री नियुक्त
राजनीति, समाचार

रास्वपाले स्वार्थ बाझिने गरी मन्त्री नियुक्त

नेपालअखबार, काठमाडौँ  ।  नागरिकता र पासपोर्टसँग जोडिएको कसुर गरेको आरोप लागेका रवि लामिछानेलाई गृहसहित उपप्रधानमन्त्री बनाएको विषय सेलाउन नपाउँदै मंगलबारको मन्त्रिपरिषद् विस्तार थप भद्रगोल बन्न पुगेको छ। प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थ जोडिने विषयसँग सम्बन्धित जिम्मेवारी लिन नहुने मान्यताविपरीत मंगलबार स्वार्थ बाझिने मन्त्रालयकै जिम्मेवारी पाउने गरी मन्त्रिपरिषद् विस्तार गरिएको हो। यसअघि पुस ११ गते दोहोरो पासपोर्ट र नागरिकता लिएको आरोपमा छानबिन गरिरहेको गृह मन्त्रालयकै नेतृत्व गर्ने गरी रास्वपाका लामिछानेलाई जिम्मेवारी दिइएको थियो। लामिछानेले आफूमाथि भइरहेको अनुसान्धनलाई प्रभावित पार्ने आशंका गरिएकै बेला त्यस्तै स्वार्थ जोडिने गरी थप मन्त्रीहरु नियुक्त भएका छन्। पुराना दलले राजनीतिमा विकृति ल्याएको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी नै यो मामिलामा सबैभन्दा बढी विकृत भए...
लोसपा र जसपाद्वारा सर्वदलीय बैठक बहिष्कार
राजनीति, विचार, समाचार

लोसपा र जसपाद्वारा सर्वदलीय बैठक बहिष्कार

नेपालअखबार, काठमाडौं । जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सर्वदलीय बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख चयनका बारेमा छलफल गर्न मंगलबार बालुवाटारमा बोलाएको बैठकलाई जसपा र लोसपाले बहिष्कार गरेका हुन् । लोसपाका नेता शरतसिंह भण्डारीले अध्यक्ष नजानुको कारण आफूलाई थाहा नभएको बताए । यस्तै जसपाका नेता पूर्ण बस्नेतले पार्टीको संसदीय दलको बैठक भएकाले सर्वदलीय बैठकमा नगएको बताए । सरकारमा सहभागी नगराएका कारण दुबै दल असन्तुष्ट छन् । जनमत पार्टीबाट भने मन्त्री अब्दुल खान बैठकमा सहभागी भएका छन् ।...
सर्वदलीय बैठकमा ओली र लेखकबीच चर्काचर्की
राजनीति, विचार, समाचार

सर्वदलीय बैठकमा ओली र लेखकबीच चर्काचर्की

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसबीच चर्काचर्की परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष केपी ओली र कांग्रेसका मुख्य सचेतक रमेश लेखकबीच विवाद भएको हो । अध्यक्ष ओलीले कांग्रेसमाथि सत्तारुढ गठबन्धनभित्र खेल्न खोजेको आरोप लगाएपछि लेखकले उनको प्रतिवाद गरेका थिए । ओलीको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘सत्ता गठबन्धनमा तलदेखि माथिसम्म कसरी जाने भन्ने हाम्रो सहमति भइसकेको छ । तर सबैतिर विश्वासको मत दिइरहनु भएको छ । सत्ताको लागि नखेल्नुहोस् । तपाईँहरू त प्रतिपक्ष पनि बन्न सक्नुभएन ।’ जवाफमा लेखकले आफूहरू प्रतिपक्ष नै रहेको स्पष्ट पारेका थिए । ‘राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर छैन । त्यसैले हामी प्रतिपक्ष नै हौँ । हामीले खेलिरहेका छैनौ...
सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउछु : सञ्चारमन्त्री शर्मा
राजनीति, समाचार

सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउछु : सञ्चारमन्त्री शर्मा

नेपालअखबार, काठमाडौं । नवविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गरेकी छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गरिन् । उनले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताए ।...
कांग्रेसले भन्यो- राष्ट्रपति र सभामुखको सिट बाँडफाँटमा छलफल गर्न तयार छौं
राजनीति, समाचार

कांग्रेसले भन्यो- राष्ट्रपति र सभामुखको सिट बाँडफाँटमा छलफल गर्न तयार छौं

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति लगायतका पदमा सहमति गरी अगाडि बढ्न नेपाली कांग्रेससँग प्रस्ताव राखेका छन्। मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सहमति गरेर जान कांग्रेसलाई प्रस्ताव राखेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सहमति गरी जाने प्रस्ताव राखेका हुन्। यसको प्रतिक्रिया दिँदै लेखकले छलफल गर्न तयार भएको बताए। ‘सहमति गरेर जाने प्रधानमन्त्रीको प्रस्तावमा हामी छलफल गर्न तयार छौं भनेर भन्यौं,’ उनले भने। यस्तै, सभामुखको विषयमा भने उम्मेदवारी दिने/नदिने विषयमा आन्तरिक छलफल गर्ने पनि उनले बताए।...
सहमति विपरीत खानेपानी मन्त्रालय दिइएको भन्दै जनमतका खानद्वारा पदभार ग्रहण अस्वीकार
राजनीति, समाचार

सहमति विपरीत खानेपानी मन्त्रालय दिइएको भन्दै जनमतका खानद्वारा पदभार ग्रहण अस्वीकार

नेपालअखबार, काठमाडौं । मन्त्रालय भागबण्डामा जनमत पार्टीले असन्तुष्टि जनाएको छ । मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको थियो । खानेपानी मन्त्रालय अस्वीकार गर्दै मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् । पार्टीसँग छलफल नगरी मन्त्रालयको बाँडफाँड गरिएको प्रति आफ्नो दलको असहमति रहेको खानले  बताए । ‘प्रधानमन्त्रीसँग भएको सहमति अनुसार भएन । हाम्रो चाहना अनुसारको मन्त्रालय पनि भएन’ खानले भने, ‘छलफल नै नगरी तोकिएको मन्त्रालयमा कार्यभार सम्हाल्ने कुरा पनि भएन ।’ प्रधानमन्त्रीसँग थप छलफल नगरी मन्त्रालयको कार्यभार सम्हाल्ने अवस्था नरहेको उनले बताए । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी गरेको थियो । उक्त मन्त्रालय एमालेको भागमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिएकै दिनमा खानले विना वि...