Thursday, May 14

राजनीति

नेपाली आकाश हवाई उडानका लागि सुरक्षित छ: मन्त्री श्रेष्ठ
राजनीति, समाचार

नेपाली आकाश हवाई उडानका लागि सुरक्षित छ: मन्त्री श्रेष्ठ

नेपालअखबार, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताएका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा बुधबार भएको कार्यक्रममा उनले अन्तर्राष्ट्रिय निकायले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नरहेको बताए। ‘प्राधिकरणले अझ सुरक्षालाई व्यवस्थित बनाउने काम गरिरहेको छ’, उनले भने। नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाका विषयमा जिम्मेवारीपूर्वक काम गरिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपालको हवाई उडान ‘आइकाओ’को कालोसूचीबाट हट्ने अवस्थामा पुगेको बताए। हवाई सुरक्षा नीतिका विषयमा सरकारले आफ्नो नीति स्पष्ट बनाएको बताउँदै उनले आइकाओले नेपालको नीति, प्राधिकरणले हवाई सुरक्षामा गरेका कामका आधारमा चाँडै कालोसूचीबाट हट्ने विश्वास व्यक्त गरेका थिए। नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्...
उधौली पर्वले सामाजिक सद्‌भाव अभिवृद्धि गर्न अहम् भूमिका निभाएको छ : प्रधानमन्त्री देउवा
राजनीति, समाचार

उधौली पर्वले सामाजिक सद्‌भाव अभिवृद्धि गर्न अहम् भूमिका निभाएको छ : प्रधानमन्त्री देउवा

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्बृद्धिको शुभकामना व्यक्त गरेका छन् । उधौली पर्वका अवसरमा शुभकामना दिँदै उनले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । किराँत समुदायमा जाडो मौसम सुरु भएछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ । यस पर्वका अवसरमा किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्ने गरिन्छ । उधौली पर्वका अवसरमा परम्परागत वेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिकरूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ । ...
जर्मनीको संसद भवनमा आक्रमण गर्ने योजना बनाइरहेका २५ जना पक्राउ
राजनीति, विश्व, समाचार

जर्मनीको संसद भवनमा आक्रमण गर्ने योजना बनाइरहेका २५ जना पक्राउ

नेपालअखबार, एजेन्सि। जर्मनीमा व्यवस्था परिवर्तनको उद्देश्यसहित हिंसा मच्चाउन खोजेको भन्दै २५ जनालाई  गिरफ्तार गरिएको छ। संसदमा सशस्त्र आक्रमणको योजना बनाइरहेका उग्र-दक्षिणपन्थी विचारधाराका २५ जनालाई प्रहरीले गिरफ्तार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। आधुनिक जर्मनीको वैधतामा विश्वास नगर्ने समूहले हिंसा भड्काउने प्रयत्न गरेको जर्मनीका गृहमन्त्री न्यान्सी फिजरले बताएकी छन्। ती समूहका सम्पूर्ण प्रयासलाई सरकारले निष्प्रभावी पार्ने उनको घोषणा छ। जर्मनीको पूर्वराजपरिवार समर्थित समूहले हिंसा भड्काउने प्रयास गरिरहेको आशंका गरिएको छ।  तत्कालीन पूर्व जर्मनीमा शासन गरेको राजा हेनरिच १३ औं समर्थित समूहले रूसका प्रतिनिधिहरूसँग सम्पर्क बढाउँदै यस्तो योजना बनाएको आशंका रहेको रोयटर्सले लेखेको छ। तर रूसले यो आशंकामा कुनै सत्यता नरहेको बताएको छ भने जर्मनीको अनुसन्धानबाट पनि रूसको समर्थन रहेको कुन...
एकीकृत समाजवादीका अध्यक्ष नेपाल सँग अमेरिकाका नवनियुक्त राजदूतको भेट
राजनीति, समाचार

एकीकृत समाजवादीका अध्यक्ष नेपाल सँग अमेरिकाका नवनियुक्त राजदूतको भेट

नेपालअखबार,काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूतले शिष्टाचार भेटघाट गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगमा आज महामहिम डिन थम्पसनले  अध्यक्ष नेपाललाई  शिष्टाचार भेट गर्नुभएको हो । भेटघाटमा अध्यक्ष नेपालले राजदूतलाई  पार्टी केन्द्रीय कार्यालयमा हार्दिक स्वागत गर्दै   कार्यकाल सफलताको कामना सहित नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ  ।...
निर्वाचन सम्पन्न गरेकामा सरकारद्वारा सबैमा धन्यवाद
राजनीति, समाचार

निर्वाचन सम्पन्न गरेकामा सरकारद्वारा सबैमा धन्यवाद

नेपालअखबार, काठमाडाैं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निर्वाचनलाई सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम, सञ्चारकर्मी, नागरिक समाज लगायतलाई पनि धन्यवाद दिएको छ । नेपाल सरकारद्वारा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सबैलाई सरकारका तर्फबाट धन्यवाद दिने निर्णय भएको बताए । रासस...
समानुपातिक मत गनेर सकियो
राजनीति, समाचार

समानुपातिक मत गनेर सकियो

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ पनि मत गनेर सकिएको बताएको छ। आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले समानुपातिकतर्फ मतगणना सकिएको जानकारी दिए। आयोगको वेबसाइटमा प्रविष्ट गरिएअनुसार १ करोड ५ लाख ६० हजार ८२ मत गनिएको हो। नेकपा एमालेले सबैभन्दा धेरै २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ भने नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गरेको छ। उनकाअनुसार आज आयोगले समानुपातिकतर्फ कुन दलले कति सिट प्राप्त गरेको हो भन्नेबारे घोषणा गर्नेछ। साथै दलहरूलाई आयोगले पत्रसमेत दिनेछ। दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची यसअघि नै पेश गरिसकेका छन्। उक्त बन्दसूचीअनुसार अब समानुपातिकतर्फका उम्मेदवारलाई निर्वाचित गर्ने...
चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा जाँदै
राजनीति, विश्व, समाचार

चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा जाँदै

नेपालअखबार, एजेन्सि। चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता साउदी अरबको भ्रमणमा जाने भएका छन् । तीनदिने भ्रमणको क्रममा उनले विश्वको सबैभन्दा धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग भेटवार्ता गर्नेछन् । आधिकारिक साउदी प्रेस एजेन्सीले चिनियाँ राष्ट्रपति सी बुधबार भ्रमणका लागि आउने उल्लेख गरेको छ । उनले ६ सदस्यीय खाडी सहयोग परिषदका प्रमुखहरुँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन् । साथै उनले चीनको फैलिंदो सम्बन्धलाई अझ बढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका नेताहरुसँग पनि छलफल गर्ने बीबीसीले जनाएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएपछिको सीको यो तेस्रो विदेश भ्रमण हो । २०१६ पछि साउदी अरबको उनको यो पहिलो भ्रमणसमेत हो । साउदी अरब र अमेरिकाबीचको ऊर्जा नीतिदेखि लिएर क्षेत्रीय सुरक्षा तथा मानवअधिकारका मुद्दाका बीच हुन लागेकाले सीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।...
अनेमसंघ समाजवादीले लैंगिक हिंसा विरुद्धको अभियानमा जागरण कार्यक्रम गर्ने
राजनीति, समाचार

अनेमसंघ समाजवादीले लैंगिक हिंसा विरुद्धको अभियानमा जागरण कार्यक्रम गर्ने

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) निकट अखिल नेपाल महिला संघ ( समाजवादी ) ले शुक्रबार लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत सचेतना मूलक कार्यक्रम गर्ने भएको छ । एकीकृत समाजवादी अन्तर्गतका सबै जन सङ्गठनहरूको सहभागितामा शान्ति वाटीका रत्नपार्कमा दिउँसो २ वजे  बाट र्याली सहित विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । २५ नोभेम्बर वाट १० डिसेम्बर सम्म सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय  अभियान अन्तर्गत अनेमसंघको संयोजनमा कार्यक्रम गर्न लागिएको अनेमसंघ समाजवादीका केन्द्रीय अध्यक्ष जयन्ती राईले बताउनु भयो । कार्यक्रममा सबै  जनसङ्गठनहरूले आ आफ्नो ब्यानरमा सहभागि हुने साथै महिला अधिकार र लैंगिक हिंसा सँग सरोकारका  वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको  अनेमसंघले जनाएको छ  । सोमबार भएको तयारी बैठकमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा संगठन प्...
सिके राउतले भेटे राष्ट्रपति भण्डारीलाई
राजनीति, समाचार

सिके राउतले भेटे राष्ट्रपति भण्डारीलाई

नेपालअखबार, काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। मंगलबार उनले राष्ट्रपति कार्यालय पुगेर भण्डारीलाई भेटेका हुन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत् भेटको तस्बिर सार्वजनिक गरेका छन्। उनीहरूबीच शिष्टाचार भेटघाट भएको र देशको समसामयिक राजनीतिक निकासका विषयमा छलफल भएको जानकारी दिएका छन्। सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित राउतले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन्। यही शिलशिलामा उनले मंगलबार राष्ट्रपतिलाई समेत भेटेका हुन्।...
दीपक मनाङेले भने जनसेवा गर्न समाजवादीमा प्रवेश
राजनीति, समाचार

दीपक मनाङेले भने जनसेवा गर्न समाजवादीमा प्रवेश

नेपालअखबार, काठमाडाैं । मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका छन् । मंगलबार समाजवादीको कार्यालय काठमाडौँमा आयोजित कार्यक्रममा मनाङेलाई महासचिव बेदुराम भुसालले खादा र अवीर लगाएर पार्टीमा औपचारिक रुपमा प्रवेश गराएका घोषणा गरेका हुन् । कार्यक्रममा गुरुङको पार्टी प्रवेशबारे लिखित विज्ञप्ति वाचन गरिएको थियो । ‘राजनीति नि:सर्त गरिने जनसेवा हो । नि:सर्त गरिने जनसेवाका लागि एक्लै होइन, संगठन वा पार्टीमा बसेर जानुपर्ने रहेछ । त्यही भएर म नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेँ’, गुरुङले विज्ञप्तिमा भनेका छन् । उनले अब एकीकृत समाजवादी छडेको खण्डमा राजनीति नै नगर्ने बताए ।...