Friday, July 17

राजनीति

नेकपा एकीकृत समाजवादीको पोलिटव्यूरो बैठकले के गर्‍यो निर्णय
राजनीति, विचार, समाचार

नेकपा एकीकृत समाजवादीको पोलिटव्यूरो बैठकले के गर्‍यो निर्णय

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले सरकारले जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ। मंगलबार सम्पन्न पार्टी पोलिटव्यूरो बैठकले थप अध्ययन, छलफल, विचार विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रिय समितिलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। बैठकमा धेरैजसो नेताले सरकारले देश र जनताको हितमा ल्याउने कार्यक्रमलाई हेरेर मात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए। बैठकले दुई वटा मुख्य निर्णय गरेको प्रवक्ता खतिवडाले बताए। पहिलो निर्णय,  हाम्रो पार्टी सदैव वामपन्थीको बीचमा एकता गर्ने,  सहकार्य गर्ने, मोर्चा बनाउने र वामपन्थी जनमतहरुलाई एक ठाउँमा ल्याउने कुरामा केन्द्र भागमा रहेर काम गर्ने कुरामा सधैंभरी प्रतिवद्ध छ। विगतमा पनि थियो, आज प...
एकीकृत समाजवादी अझै पर्ख र हेरको अवस्थामा
राजनीति, समाचार

एकीकृत समाजवादी अझै पर्ख र हेरको अवस्थामा

नेपालअखबार, काठमाडाैं । माधवकुमार नेपाल नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिटब्यूरो गरी लगातार ४ दिन बैठक गर्दा पनि नयाँ सरकारप्रति पार्टीको धारणा के हो निर्णयमा पुग्न सकेको छैन। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने कि नगर्नेबारे एकीकृत समाजवादी अझै पर्ख र हेरको अवस्थामा छ। शनिबार र आइतबार स्थायी कमिटी बैठक, सोमबार र मंगलबार पोलिटब्यूरो बैठक गरे पनि एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे कुनै ठोस निर्णय गर्न सकेन। यो विषय अब सचिवालय बैठकमा छलफल गरी निर्णय गरिने भएको छ। केही दिनअघि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न माग गरेका थिए। एकीकृत समाजवादीले भने सरकारले समर्थनका लागि औपचारिक पत्र नै नपठाएको दाबी गर्दै आएको छ। एकीकृत ...
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बालुवाटारमा आज अपरान्ह प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली पुगेका हुन्। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीलाई संयोजक समेत बनाएका थिए। सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम पनि ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मतसमेत लिने कार्यक्रम छ। गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ८ जना मन्त्री बनाए पनि बाँकी मन्त्रीहरू बनाएका छैनन्। सत्ता साझेदार दलभित्र भागबन्डा मिल्न बाँकी छ। विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा प्रधा...
लेखक कांग्रेसको मुख्य सचेतक पदमा मनोनित
राजनीति, समाचार

लेखक कांग्रेसको मुख्य सचेतक पदमा मनोनित

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका सांसद् रमेश लेखक पार्टीबाट प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनित भएका छन् । नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १३ को उपधारा (१) बमोजिम लेखकलाई प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।...
प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले शपथ लिए
राजनीति, समाचार

प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले शपथ लिए

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन्।  आले र राईले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरासँग शपथ लिएका हुन् । गत पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई छुटेका थिए । आले पारिवारिक शोक र राई अस्पताल भर्ना भएकाले पुस ७ गते शपथ लिन सकेका थिएनन् । पुस ७ मा शपथ ग्रहण गर्न छुटेका अन्य दुई जना सांसद महिन्द्र राय यादव र रामकुमार राईले पुस ८ गते नै शपथ लिइसकेका छन् ।...
पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी
राजनीति, समाचार

पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी

नेपालअखबार, काठमाडाैं । सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका नेतालाई चित्त बुझाउन पाँच राजनीतिक दलका नेतालाई उपप्रधानमन्त्री भाग पुर्याउन त्यस्तो तयारी थालेका हुन् । प्रधानमन्त्री दाहालले आफ्नै पार्टी माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका साथै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्रीको जिम्मेवारीमा सरकारमा सहभागी गराइसकेका छन् । अब राप्रपा र जसपालाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउने तयारी उनले गरेका हुन् । पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्र दुई दललाई उपप्र...
रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद साह एमाले प्रवेश
राजनीति, समाचार

रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद साह एमाले प्रवेश

नेपालअखबार, काठमाडौं । रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् । साहले आफू यसअघि नै अनौपचारिक रुपमा एमाले प्रवेश गरिसकेको र आज त्यसैलाई औपचारिकता दिएको बताए । ‘अनौपचारिक रुपमा त म एमाले प्रवेश गरेको थिएँ । आज औपचारिक रूपमा प्रवेश गरेको हो,’ साहले भने, ‘एमाले अध्यक्ष र मेरो हस्ताक्षरसहितको सहमति हुन्छ।’सांसद साहले धर्मान्तरण र धार्मिक अतिवादसम्बन्धी मुद्दा उठाउने गरेका छन् ।ती विषयमा सहमति भएको उनको भनाइ छ ।...
आज पनि एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
राजनीति, समाचार

आज पनि एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको छ । पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ । पार्टीले सरकारमा कसैले औपचारिक रुपमा सहभागी हुन नभने सहभागी नबन्ने धारणा राखिसकेको छ ।...
एकीकृत समाजवादीको पोलिटब्युरो  बैठक जारी , वामपन्थी  एकता र संगठन सुदृढीकरणमा जोड
राजनीति, समाचार

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी , वामपन्थी एकता र संगठन सुदृढीकरणमा जोड

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) को तेस्रो पोलिटब्युरो बैठक  जारी छ । पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् । सोमबारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरूले वामपन्थीहरूलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेको बताउनु भयो  । वामपन्थीहरूको एकताको सम्बन्धमा सबैको एकमत रहेको साथै संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरू एकमत रहेको उल्लेख गर्नुभयो  । बैठकमा करिब ३० जना सदस्यले आफ्नो धारणा राखेका छन् ।  वर्तमान सरकारमा जाने सन्दर्भम...
राप्रपाले पुस २७ गते मनाउँदै छ पृथ्वीजयन्ती
राजनीति, समाचार

राप्रपाले पुस २७ गते मनाउँदै छ पृथ्वीजयन्ती

नेपालअखबार, काठमाडौँ । राप्रपाले ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गरे बमोजिम आज पार्टी केन्द्रीय कार्यालयमा पृथ्वी जयन्ती तयारी समितिको बैठक बसेको छ । केन्द्रीय सचिवालयद्वारा आयोजित बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा भएको थियो । बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम गरि पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भइ सिंहदरबार अगाडिको पृथ्वी शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको छ। पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा १,१११ सदस्यीय मुल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ। नेपाली नाम र नेपाली पहिचान दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कु...