Saturday, May 9

राजनीति

आज सत्ता गठबन्धनले कोटेश्वरमा चुनावी सभा गर्दै
राजनीति, समाचार

आज सत्ता गठबन्धनले कोटेश्वरमा चुनावी सभा गर्दै

नेपालअखबार, काठमाडौं । सत्तारुढ गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्दैछ । गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा आज अन्तिम चुनावी सभा गर्न लागेको हो ।सभा दिउँसो २ बजे कोटेश्वरमा आयोजना गरिएको छ । चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । यही मंसिर ४ मा हुने निर्वाचनका लागि काठमाडौं-२ मा गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती,  प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुँयाल उम्मेदवार छन् ।...
प्रधानमन्त्री देउवा : मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाऔं
राजनीति, समाचार

प्रधानमन्त्री देउवा : मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाऔं

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाउन आग्रह गरेका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर भिडियो सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘निर्वाचनमा तपाईंहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने छ ।’ दुई दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको भन्दै देउवाले सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको बताएका छन् । सहमति र सहकार्यकै आधारमा देशलाई अघि बढाउन प्रतिबद्ध रहेको पनि बताएका छन् । देउवाको सन्देशको पूर्णपाठ : आदरणीय दिदीबहिनी  तथा  दाजुभाइहरू यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम चरणमा छौँ, लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्म हो, निर्वाचनको ऐतिहासिक म...
अधुरा योजना पुरा गर्ने जिम्मा गठबन्धनको– बराल
राजनीति, समाचार

अधुरा योजना पुरा गर्ने जिम्मा गठबन्धनको– बराल

पोखरा | आगामी मंसिर चार गते हुने आम निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले विकास निर्माणका योजना जसले शुरु गरेको हो उसैले सम्पन्न गरे मात्रै दीगो विकास हुने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३ का मतदाताहरुसँगको भेटघाटका क्रममा उनले निर्माण सम्पन्न हुन लागेका योजनाहरु पुरा हुन गठबन्धनले जित्नुपर्ने बताए । उनले पोखराको नदीपुरमा रहेको ढललाई व्यवस्थापन गर्न नसक्दा हरेक वर्ष वर्षामा यहाँको क्षेत्र भासिने चर्कने समस्या भएको हुनाले यसलाई विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । ‘वर्षा लागेपछि यहाँका जनतामा त्रास उत्पन्न हुन्छ, कतिबेला भासिन्छ भनेर, कतिबेला चर्किन्छ भनेर, यो समस्याको दीगो समाधान हुनु जरुरी छ ।’ उनले भने, ‘अब गठबन्धन सरकारले यसको दीर्घकालीन समाधान गर्छ ।’ उनले आफूले सुरूवात गरेका केही योजनाहरु पूरा गर्नका ...
आफ्नो क्षेत्रको सहरी बस्तीलाई व्यवस्थित गर्ने भण्डारीको योजना
राजनीति, समाचार

आफ्नो क्षेत्रको सहरी बस्तीलाई व्यवस्थित गर्ने भण्डारीको योजना

पोखरा \ आसन्न निर्वाचन अन्र्तगत पाँच दलिय गठबन्धन कास्की ३९१०का उम्मेदवार दुर्गादत्त भण्डारीले पोखरा महानगरपालिका भित्र आफ्नो क्षेत्रमा पर्ने सहरी वस्ती व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन् । मंगलवार पोखरा २ मा चुनावी घरदैलो गर्दै माओवादी नेता समेत रहेका उम्मेदवार भण्डारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । पोखरा सुन्दर सहर भएपनि योजनावद्ध र व्यवस्थित वस्ती विकासको योजना नभएको उनको भनाई थियो । व्यवस्थित बस्तीसँगै उनले आधारभूत स्वास्थ्य सेवा जनताको अधिकार भएको उल्लेख गर्दै नागरिकलाई हरेक सेवा सुविधा लिन महेन्द्रपुल, न्यूरोड तथा चिप्लेढुङगा नै ध्याउनुपर्ने परिस्थति प्रति आफू गम्भिर रहेको जनाए । भण्डारीले आफूले स्थानीय वरपाटन स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको स्तरोन्नती गर्न, विन्ध्यवासिनी मन्दिरमा धार्मिक पर्यटक बढाउन, वडाका भित्री सडकहरु स्तरउन्नती गर्न साथै वडाका विभिन्न ...
गठबन्धनलाई भूमिहीन सुकुम्बासीको मत
राजनीति, समाचार, हाइलाइट-समाचार

गठबन्धनलाई भूमिहीन सुकुम्बासीको मत

पोखरा । कास्की क्षेत्र नम्बर २ का भूमिहीन सुकुम्बासीहरुलेलालपुर्जा वितरण गर्ने गठन्धन सरकारका नेताहरुलाई मत दिन बताएका छन् । पोखरा १५ का सुकुम्बासी बस्तीका मतदाताहरुले गठबन्धन कै सरकारका पालामा आफूहरु निस्सा पाएको बताएका थिए । उनीहरुले केही भूमिहीन सुकुम्बासी, भूमिहीन दलितहरुले लालपुर्जा नै पाएको बताउँदै आफूहरुको हितमा काम गर्ने गठबन्धनका उम्मेदवारलाई मत हाल्ने बताए । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान आफ्नो प्रतिवद्धता पत्रमै उल्लेख गरिएको जानकारी गराए । उनले सुकुम्बासीका लागि आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाए । पोखरा महानगरका ११ वटाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने...
गठबन्धनको प्रतिवद्धता : पोखरालाई खेलकुदको राजधानी बनाउने
राजनीति, समाचार

गठबन्धनको प्रतिवद्धता : पोखरालाई खेलकुदको राजधानी बनाउने

पोखरा । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरालाई खेलकुदको राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् । खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुदको राजधानी शहरको रुपमा विकास गर्न पहल गर्दै अन्तराष्ट्रिय क्रिकेट मैदान सम्पन्न गर्ने बताएको छ । साथै मौजाको हाई अल्टिट्युड खेल मैदान सम्पन्न गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरको छ । खेलसँगै उनीहरुले प्रतिवद्धता पत्रमा पोखरा अन्तराराष्ट्रिय विमानस्थल संचालन भएपश्चात हाल संचालनमा रहेको विमानस्थलमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र एंव अन्तराष्ट्रिय स्तरको बोटानिकल गार्डेन निर्माण एंव फ्लाईङ स्कुल जस्ता परियोजना संचालन गर्न तत्काल डिपिआर तयार गरि कामको थालनी गर्ने जनाएको छ । पोखरा ल्याण्डफिल्ड साईडलाई व्यवस्थापन गरी निर्माणको अन्तिम अवस्थामा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थललाई यथाशक्य छिटो संचालन गर्न विशेष पहल गरिन उनीहरुले प्र...
अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्छु : दिपक माइला
राजनीति, समाचार

अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्छु : दिपक माइला

पोखरा| पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङले ‘माइला’ ले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने बताएका छन् । मंगलबार पोखरा–१४ मा मतदाता भेटघाट कार्यक्रम र घरदैलो कार्यक्रममा उनले सुकुम्बासीका समाधान गर्ने बताए । ‘सुकुम्बासीका समस्या अध्ययन गरेर स्थायी रुपमै ती समस्या समाधान गर्नेछु,’ उनले भने, ‘पहिला हजुरले प्रदेश सांसद बनाएर पठाउनुहोस् ।’ उनले जनताको सेवाका लागि राजनीतिमा आएको सुनाउँदै जिम्मेवारी वहन गर्ने आतुर रहेको बताए । ‘जनतालाई खुशी र सुखी बनाउनेछु,’ उनले भने, ‘स्वार्थको राजनीति गर्नु छैन मलाई । जनताले आसपास रहेर काम गर्नेछु ।’ उनले राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता गरेका छन् । गुरुङले मतदाताले गर्व अनुभुति गर्ने गरी आफूले काम गर्ने उल्लेख गरे । उनले राजनीतिमा अनुशासन, मर्यादा र शुद्वता आ...
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि बहुमतको सरकार’-एमाले उम्मेदवार भट्टराई
राजनीति, समाचार

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि बहुमतको सरकार’-एमाले उम्मेदवार भट्टराई

पोखरा । नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा दिगो विकासका लागि बहुमतको सरकार आवश्यक रहेको बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रचारप्रसार कार्यक्रमको अवसरमा मंगलवार पोखरा १६ मा भएको घरदैलो कार्यक्रममा उनले मुलुकको राष्ट्रियता, स्वाभिमान र समग्र विकासका लागि एउटै दलको बहुमतको सरकारको खाँचो औल्याईन् । घरदैलो कार्यक्रममा मतदातासँग मत माग्दै स्थानीयका आवश्यकता र सुझाव संकलन गर्दै आएकी उनले  सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण एवम् कृषि बजारीकरणमा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् । नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउन बहुमतको सरकार आवश्यक रहेको बताउँदै उम्मेदवार भट्टराईले गठबन्धनको सरकारले मुलुकलाई अस्थिर बनाउने दावी गरिन् । जनतालाई रुवाएर होईन विकासले खुशीयाली ल्य...
‘समस्या सुल्झाउँछौं, सम्भावना खोज्छौं’: एमाले उम्मेदवार मीना गुरुङ
राजनीति, समाचार

‘समस्या सुल्झाउँछौं, सम्भावना खोज्छौं’: एमाले उम्मेदवार मीना गुरुङ

पोखरा । धेरै मानिस पहिला समस्या देख्छन्, सम्भावनातिर ध्यान दिँदैनन् । यसका कारण हुन्ः मान्छे नकारात्मक कुरामा रमाउँछ, सम्भावना देखिए पनि मेहनत गर्न र धर्य गर्न चाहँदैन । समस्या राम्ररी सुन्ने, बुझ्ने, योजना बनाउने र कार्यान्वयन गर्नेहरुले समाजको नेतृत्व गर्छन्, राजनीतिको नेतृत्व गर्छन् । मंगलबार एमाले नेतृ मीना गुरुङले पोखरा १६ का स्थानीयका समस्या सुनिन्, गुनासा बुझिन् । कास्की २ (२)मा एमालेकी प्रदेश सभाकी उम्मेदवार उनी समानुपातिकबाट निवर्तमान प्रदेशसभा सदस्य भएकाले धेरै कुराबारे जानकारै थिइन् । उनले भनिन्, ‘यहाँहरुका समस्याबारे केही हदमा जानकार छु । यहाँहरुकै सहभागिता र विज्ञको सुझाव अनुसार योजना बनाएर समृद्धिको यात्रा हामीअघि बढाउँछौं ।’ उम्मेदवार गुरुङले गएको कार्यकालमा स्रोतको सीमितता र सरकार परिवर्तनले धेरै काम गर्न नपाएको सुनाइन् । उनले सुन्दर भूगोल र प्रकृति रहेको यो क्षेत्र च...
अबको लडाई गरिवीको अन्त्य गर्ने हो’–मनबहादुर गुरूङ
राजनीति, समाचार

अबको लडाई गरिवीको अन्त्य गर्ने हो’–मनबहादुर गुरूङ

पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनबहादुर गुरूङले अबको लडाई गरिवी अन्त्य गर्ने लडाइँ रहेको बताएका छन् । मंसिर ४ गते हुने निर्वाचन केन्द्रित प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखरा २९ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेकपा एमालको कास्की जिल्ला अध्यक्ष समेत रहेका उनले देशमा राजनीतिक परिवर्तन आईसकेको र अव विकास र समृद्धिका लागि काम गर्ने बेला भएको उल्लेख गरे । तर, केही तत्व प्राप्त उपलब्धिलाई उल्ट्याउने खेलमा रहेको हुँदा जनता सचेत बन्नुपर्ने उनको भनाई छ । ‘राजनीतिक परिवर्तन भयो । अब विकास र समृद्धिका लागि काम गर्न मेरो उम्मेदवारी हो ।’ उनले भने –‘यसका लागि तपाईहरुले सुर्य चिन्हमा मतदान गरेर एमाले उम्मेदवारलाई विजयी गराउनुहुन म अनुरोध गर्दछु ।’...