Thursday, May 7

राजनीति

सत्ता गठबन्धन सफलताका साथ अघि बढिरहेको छ : प्रधानमन्त्री देउवा
राजनीति, समाचार

सत्ता गठबन्धन सफलताका साथ अघि बढिरहेको छ : प्रधानमन्त्री देउवा

नेपाल अखबार, काठमाडाैं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन् । आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटक पटक संसद विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको प्रसङ्ग उल्लेख गरे । “अहिलेको सरकार गठबन्धनको सरकार हो”, उनले भने, “गठबन्धन विजयी भएमात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ ।” वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उनको भनाइ छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ...
उम्मेदवारलाई धन्यवाद भन्दै मतदाताले मागे कालोपत्रे र खानेपानी
राजनीति, समाचार

उम्मेदवारलाई धन्यवाद भन्दै मतदाताले मागे कालोपत्रे र खानेपानी

नेपालअखबार, पोखरा । सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण नै हो । तथापि नेपालका विकास, निर्माणको अगुवाइसमेत सांसदले गर्दै आएका छन् । सोही कारणले अहिले उम्मेदवारसँग मतदाता विभिन्न विकास, निर्माणका प्रतिवद्धता मागिरहेका छन् । कास्की ३ का मतदाताले पनि शनिबार सत्ता गठबन्धनका उम्मेदवारसँग आफूले भोग्नुपरेका अप्ठेरा सुनाए । आवश्यक विकास, निर्माणको प्रतिवद्धता मागे । कास्की ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बराल (जीवन)ले निर्वाचनपछिको विकास, निर्माणका काममा पनि गठबन्धनकै सहकार्यमा अघि बढ्ने बताए । उनले मेलबोट अस्ताम, धिताल धुम्पुस सडक चाडै कालोपत्र हुने प्रतिवद्धता जनाए । गण्डकीका अर्थमन्त्रीसमेत रहेका बरालले भने, ‘चालु आर्थिक वर्षमा यो बाटाका लागि १० करोड विनियोजन भई काम सुरु भइसकेको छ ।’ उनले यो क्षेत्रमा रहेको खानेपानीको समस्या समाधान र पर्यटनका सम्भावना खोजी जनताको जीवनस...
अबको पाँच वर्ष विकास र समृद्धिका लागि : गठबन्धन 
राजनीति, समाचार

अबको पाँच वर्ष विकास र समृद्धिका लागि : गठबन्धन 

नेपालअखबार, पोखरा । पाँच दलीय गठबन्धनका साझा उमेदवारहरुले अबको पाँच वर्ष विकास, समृद्धि र सुशासनका लागि हुने बताएका छन् । कास्कीको निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानका क्रममा उमेदवारहरुले यस्तो बताएका हुन् । गठबन्धनको तर्फबाट तर्फबाट कास्की क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले मुलुकलाई अप्ठ्यारो परेका बेला कम्युनिस्ट र काँग्रेसहरू एकदठाँउमा उभिँदै आएको बताए । ‘मुलुकलाई अप्ठ्यारो परेको बेला कम्युनिस्ट र काँग्रेसको कार्यगत एकता हुने गरेको छ, उनले भने, २००७ सालदेखि २०४६ हुँदै ६२–६३ सम्म आइपुग्दा कयौँ पटक काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिएका छन् ।’ संविधान र व्यवस्थालाई नै ध्वस्त बनाउँदै मुलुकमा अराजकता सृजना गर्न खोजेपछि शान्ति र संविधानका लागि मुलुकका प्रमुख पाँच दलहरू बिचमा कार्यगत एकता गर्नुपरेको उम्मेदवार बरालले बताए । केन्द्र र प्रदेशमा ...
रामजी खोज्दै कास्कीको कर्णाली
राजनीति, समाचार

रामजी खोज्दै कास्कीको कर्णाली

नेपालअखबार, पोखरा  । कास्कीको पर्यटकिय क्षेत्र भएर पनि ओझेलमा परेका छन् अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका । यि दुई गाउँपालिका बिकासको हिसाबले हामीले भन्ने गरेको कास्कीको कर्णाली जस्तै छन् । तत्काल बिरामी भएर अस्पताल लैजान नसकेर बाटोमै बिरामीको मृत्यु हुने गरेका घटना मात्र हैन, बिजुली र पानीको राम्रो सँग उपभोग गर्न नपाएका जनता पनि यहीँ छन् । अघिल्लो चुनावमा जिताएपछि, माछापुच्छ्रेमा बिकासको आगो फुकेका रामजी बरालले फेरी पनि जिते हुन्थ्यो भन्नेमा माछापुच्छ्रेका जनताको अपेक्षा रहेको पाईएको छ । किनकी त्यो आगो निभ्न नदिने उनी एकमात्र उम्मेदवार हुन् । ‘साँसद र मन्त्री हुँदा प्रतिनिधिसभाका उम्मेदवार रामजी बरालले जत्तिको बजेट माछापुच्छ्रेमा आएको थाहा छैन ।’ एमालेबाट अघिल्ले निर्बाचनमा जितेका एक वडा अध्यक्षले भने–‘राजनिति र बिचार एक ठाउँमा होला । तर उहाँले गरेको बिकास केही पनि हैन, भन्यो भने ...
जित हार जे भएपनि यहाँका जनताको सेवा गर्छु – लामिछाने
राजनीति, समाचार

जित हार जे भएपनि यहाँका जनताको सेवा गर्छु – लामिछाने

नेपालअखबार, पोखरा ।  आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले अब आफुले यस क्षेत्रका जनताको सेवा गर्ने जिम्मेवारी आएको बताएका छन् । जीवनका ४० वर्ष समाजसेवामै बिताएको प्रसंग निकाल्दै लामिछानेले निर्वाचनमा जित वा हार जे भएपनि अब यस क्षेत्रको विकास र यस क्षेत्रका जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए । कास्की २ (१) अन्तरगत पर्ने पोखरा महानगरपालिका ३३ को देउराली हुडिकोट, पौवाटोल, आपु भन्ज्याङ्ग लगायतका स्थानमा निर्वाचन अभियान सञ्चालनका क्रममा लामिछानेले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । लामिछानेले आफ्ना योजना भनेका आफ्ना मात्रै नभई ५ दलका भएको जिकीर गरे । यस क्षेत्रमा स्वास्थ्य शिक्षा लगायतको क्षेत्रमा समस्या रहेको बताउँदै उनले स्वास्थ्य र शिक्षामा सुधार गर्दै यस क्षेत्रलाई पर्...
संविधानको रक्षा गर्दै विकास र समृद्धिका लागि गठबन्धन : उम्मेदवार बराल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

संविधानको रक्षा गर्दै विकास र समृद्धिका लागि गठबन्धन : उम्मेदवार बराल

पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले मुलुकलाई अप्ठ्यारो परेका बेला कम्युनिस्ट र काङ्ग्रेसहरू एकदठाँउमा उभिँदै आएको बताएका छन् । पोखरा २० भलाममा घरदैलो कार्यक्रम गर्दै उम्मेदवार बरालले यस्तो बताएका हुन् । ‘मुलुकलाई अप्ठ्यारो परेको बेला कम्युनिस्ट र काङ्ग्रेसको कार्यगत एकता हुने गरेको छ, उनले भने, २००७ सालदेखि २०४६ हुँदै ६२–६३ सम्म आइपुग्दा कयौँ पटक काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिएका छन् ।’ संविधान र व्यवस्थालाई नै ध्वस्त बनाउँदै मुलुकमा अराजकता सृजना गर्न खोजेपछि शान्ति र संविधानका लागि मुलुकका प्रमुख पाँच दलहरू बिचमा कार्यगत एकता गर्नुपरेको उम्मेदवार बरालले बताए । केन्द्र र प्रदेशमा बहुमत ल्याउँदै संविधान र व्यवस्थाको रक्षा मात्र होइन विकास र समृद्धिका लागि पनि गठबन्धन आवश्यक रहेको उनले बताए । ‘हिजोका एमाले स...
केपी ओलीजी दार्चुलामा भाषण गरेर लिम्पियाधुरा फिर्ता आउँछ? :देउवा
राजनीति, समाचार

केपी ओलीजी दार्चुलामा भाषण गरेर लिम्पियाधुरा फिर्ता आउँछ? :देउवा

नेपालअखबार । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दार्चुलामा भाषण गरेर लिम्पियाधुरा फिर्ता आउँछ भनेर प्रश्न सोधेका छन्। शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याउने बताए। ‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ?,’ देउवाले भने, ‘कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो।’ उनले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने धारणा व्यक्त गरे। प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए। त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उनको भनाइ थियो। ‘अति नै भए...
महानगरको गाउँ क्षेत्रको विकासमापहलगर्छौं : लामिछाने
राजनीति, समाचार

महानगरको गाउँ क्षेत्रको विकासमापहलगर्छौं : लामिछाने

नेपालअखबार, पोखरा । कास्की–२ मागठबन्धनकातर्फबाटप्रदेशसभा २ (क) काउम्मेदवार विश्वप्रकाशलामिछानेले पोखराको ग्रामीण क्षेत्रको विकास गर्न पहलगर्नेबताएकाछन् । पोखरा ३३ भरतपोखरी, मालागिरीमापाँचदलीयगठबन्धनले आयोजना गरेको चुनावीअभियानमालामिछानेले भरतपोखरी क्षेत्रमहानगर बनेपनिमहानगरबासीले प्राप्तगर्ने सेवाबाटबञ्चितभएकाले आफू निर्वाचितभएमासमानविकासमाजोड दिने बताए । आफ्नो योजना ५ दलको साझाकार्यक्रमभएकालेगठबन्धनले जित्नुपर्ने उनको भनाई थियो । जनतासँगमतमाग्दै विजयभएपनिनभएपनि ५ वर्ष जनताको साथी र अभिभावकभएर साना र ठुला समस्या समानगर्न पहलगर्ने उनले बताए। अघिल्लानिर्वाचितहरुलेशिक्षा, स्वास्थ्यलगायतकाबिकासको क्षेत्रमाभनेजतिध्याननदिएको उनले जनाए। आफूहरु पर्यटकीय केन्द्रको रुपमाबनाउनलागि परेकाले जिताउनआग्रह गरे । पार्टीभन्दापनिप्रालि जस्तो भएर मुलुकको संविधान धरापमा परेको कारणगठबन्धनको परिकल्पनागरिएको उन...
कास्कीकोटको खानेपानी समस्यामा ध्यान दिन्छु, सडक छिट्टै पक्की हुन्छ : बराल
राजनीति, समाचार

कास्कीकोटको खानेपानी समस्यामा ध्यान दिन्छु, सडक छिट्टै पक्की हुन्छ : बराल

नेपालअखबार, पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं ३ (ख) का उम्मेद्वार प्रकाश बरालले गुण्टीचौरदेखि वडा कार्यालयसम्म जाने बाटो अझै पनि धुलाम्य अवस्थामै रहनु विडम्वना भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं २४ मा शनिबार घरदैलो गरेपछि गुण्टेचौरमा आयोजित कोणसभामा उनले यस्तो बताएका हुन् । विगतमा नेताहरुले आश्वासन दिएर पूरा नगरेको उल्लेख गर्दै उनले धूलाम्य सडकको आफूले छिट्टै अन्त्य गर्ने स्पष्ट पारे । उनले भने, ‘महानगरपालिका भित्रको सडक अझै पनि यस्तो अवस्थामै रहिरहँदा मलाई निकै दुःख लागेको छ । निर्वाचन जिताएर सेवा गर्ने मौका दिनुभएमा छिट्टै यसको अन्त्य गर्नेछु ।’ कास्कीकोटमा पानीको समस्या पनि निकै विकराल रहेको उल्लेख गर्दै उनले महानगरवासीले पाउनुपर्ने न्यूनतम् सुविधा पाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पानीकै कारणले धेरै कुरामा समस्या परेको छ । लिफ्टिङ प्रविधिमार्फत क...
वजयी भएपछि पनि गठबन्धनमा छलफल गरी बिकास गर्छौं – बराल
राजनीति, समाचार

वजयी भएपछि पनि गठबन्धनमा छलफल गरी बिकास गर्छौं – बराल

नेपालअखबार, पोखरा  । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बरालले निर्वाचनपछिको विकास निर्माणका काममा पनि गठबन्धनमा छलफल गरी अगाडी बढ्ने बताएका छन् । पोखरा महानगरपालिका २ मा आयोजित उम्मेदवार परिचय कार्यक्रममा बरालले गठबन्धनको जितले पनि देशमा विकासको लहर ल्याउने दावी गरे । गठबन्धनका साझा उम्मेदवारले निर्वाचन जितेपछि मात्रै खानेपानी, सडक लगायतका पुर्वाधारका विकास गर्न सहज हुने उनको भनाई थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासङ्घका पुर्व केन्द्रीय अध्यक्ष आनन्द राज मुल्मीले एमालेका अध्यक्ष केपी शर्मा ओलीले कास्की र कास्कीका जनताको अपमान गरेको बताएका छन् । उनले ओेलीले शुक्रबार भएको चुनावी कार्यक्रममा प्रचण्डको आलोचना गरि ढिकुरपोखरीको नाम बिगारेर ढिकुरे भनेर कस्केली जनताको अपमान गरेको उल्लेख गरे । मुल्...