Thursday, May 7

राजनीति

‘मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्छु’—एमाले नेत्री भट्टराई
राजनीति, समाचार

‘मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्छु’—एमाले नेत्री भट्टराई

नेपालअखबार, पोखरा । कास्की क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्ने बताएकी छन् । साविक कृष्ति गाविसबाट पोखरा १७ मा वसोवास गर्दै आएका मतदातासँंग शनिवार भएको उम्मेदवार परिचय एवम् अन्तकृया कार्यक्रममा उनले त्यस क्षेत्रको विकास निर्माणमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् । निर्माण व्यवसायीको ढिलासुस्तीको कारण समयमा सम्पन्न हुन सकेको फुस्रेखोला, रामदी, मट्टीखान, नुवाकोट सडक निर्माणले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै उनले सो सडक संघ सरकारवाट प्रदेशलाई हस्तान्तरण भईसकेको जानकारी गराईन् । उक्त क्षेत्रलाई सडक सञ्जालले पोखरा बजारसंग जोड्न विबभिन्न पहुचमार्ग निर्माणमा जोड दिंदै आएको बताउँदै उनले सडक सुविधाले बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । दुःखको परिस्थितिमा उपनिर्वाचनमा उम्मेदवार बन्दा उक्त क्षे...
पोखरा २० को मुहार फेर्ने नेता विन्दु कुमार थापा ः स्थानीय
राजनीति, समाचार

पोखरा २० को मुहार फेर्ने नेता विन्दु कुमार थापा ः स्थानीय

नेपालअखबार, पोखरा । शनिबार पोखरा २० मा मतदाता भेटघाट गर्न पुगेका विन्दु कुमार थापालाई स्थानीय अनिल कुमार रानाले भने पोखरा २० को मुहार फेर्ने नेता तपाई नै हुनुहुन्छ । हिजो निर्वाचित भएपछि पोखरा २० का धेरै ठाउँमा तपाईले बजेट विनियोजन गर्नुभएको छ । अब आशा पनि तपाईमा नै छ । उनले भने,‘हामी त जनता हौं । हामीलाई सामान्य आधारभूत आवश्यकता परिपूर्ति गरिदिए पनि हुन्छ । सपना बाढ्ने पूरा नगर्ने नेता धेरै भेटियो । तर काम गर्ने नेताका रुपमा विन्दु कुमार थापा पाइयो । विगत ५ वर्षमा पोखरा २० लाई बनाउन उहाँले थुप्रै योजना हाल्नुभएको छ । हाम्रो मत उहाँलाई नै हो ।’ थापा २०७४ सालको निर्वाचनमा कास्की २(२) बाट नै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित अघि नै उनको प्रतिबद्धता थियो सरकारबाट प्राप्त तलबभत्ता सुविधा केही नलिने, विकासका काममा खटिने । पाँच वर्ष कार्याकाल उनको सामाजिक सेवामा नै बित्यो भन्दा ...
राष्ट्रपति भण्डारी आइसल्यान्ड जाने
राजनीति, समाचार

राष्ट्रपति भण्डारी आइसल्यान्ड जाने

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड जाने भएकी छन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारी  महिला सशक्तीकरण अवार्ड समारोहका लागि आइसल्यान्ड जान लागेकी हुन्। उनी सोमबार साँझ आइसल्यान्ड जान लागेकी हुन्। यसबारेमा परराष्ट्र मन्त्रालयले भने औपचारिक जानकारी दिएको छैन। कोरोना महामारीपछि राष्ट्रपति भण्डारी पहिलो विदेश भ्रमणमा जान लागेकी हुन्।...
भारी अन्तरले चुनाव जित्दछौँ : मन्त्री चौधरी
राजनीति, समाचार

भारी अन्तरले चुनाव जित्दछौँ : मन्त्री चौधरी

नेपाल अखबार, दाङ। दाङ क्षेत्र नम्बर १ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने दाबी गरेका छन् । देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेस गर्दै भने, ‘गठबन्धनले प्रगतिशील एजेन्डा बोकेको छ । जनताले ठूलो त्याग र बलिदानी गरी निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो सर्त हो । नयाँ संविधानमार्फत प्राप्त भएको संघीय गणतन्त्र, समावेशी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ ।’ मन्त्री चौधरीले संविधानको रक्षा र यसको कार्यान्वयन मार्फत विकास निर्माणको अगुवाइ गर्ने आफूहरूको प्रतिबद्धता रहेको बताउँदै जनताको चाहना पनि त्यही रहेको जिकिर गरे । ‘त्यसमाथि पाँच दल एक ढिक्का भएका छौँ । उता प्रतिगामी गठबन्धनको अगुवाइ एमालेले गरेको छ । यिनै कारणले गर्दा हाम्रो गठबन्धनले भारी अन्...
‘गाउँमै रोजगारी र आम्दानी पहिलो प्राथमिकता’–एमाले उम्मेदवार गुरुङ
राजनीति, समाचार

‘गाउँमै रोजगारी र आम्दानी पहिलो प्राथमिकता’–एमाले उम्मेदवार गुरुङ

नेपालअखबार, पोखरा ।सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ का एमाले उम्मेदवार मनबहादुर गुरुङले गाउँमै रोजगारी र आम्दानी दिने कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । उनले शुक्रवार रूपा गाउँपालिकाको वडा नम्वर ४ मा घरदैलो कार्यक्रम गर्दै आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिनको लागि आफु चुनावको मैदानमा आएको बताए । ‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो ।’ गुरुङले भने–‘अबको बाटो भनेकै विकास र समृद्धिको हो । तपाईहरुको मत खेर जान दिने छैन ।’ निर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनको प्रतिवद्धता छ । ‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वाग्रह राख्दिन् ।’उनले भने–‘हाम्रो उम्मेदवारी गठबन्धनको विरुद्ध होइन् । यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो । विकास गर्न हो । कसलाई भोट दिने ...
जनताको आधारभूतआवश्यकतामाध्यानदिन्छौं : लामिछाने
राजनीति, समाचार

जनताको आधारभूतआवश्यकतामाध्यानदिन्छौं : लामिछाने

नेपालअखबार, पोखरा । कास्की–२ मागठबन्धनकातर्फबाटप्रदेशसभा २ (क) काउम्मेदवार विश्वप्रकाशलामिछानेले जनताको आधारभूतआवश्यकतामा साथदिने बताएकाछन् । पोखरा ३३ भरतपोखरी डाडाँगाउँमापाँचदलीयगठबन्धनले आयोजना गरेको चुनावीअभियानमालामिछानेले भरतपोखरी क्षेत्रको विकासकालागिनयाँअवधारणाअवलम्बनगर्ने बताए । उनले आफु त्यस भेगकाजनताकाआधारभुतआवश्यकता र समस्यासँग परिचितभएकोले आधारभुतआवश्यकता र समस्या समाधानगर्ने आफ्नो पहिलो प्राथमिकताभएको उनको भनाई थियो । यहाँको आवश्यकताभनेको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारको विकास भएको बताए । जनताको समस्या समाधानगर्न गठबन्धनकाउम्मेद्वार जिताउनुपर्ने उनको भनाई थियो । ‘राज्यको पुनर्संरचनापछिहामीले महानगर त बनायौं तर महानगर भएपछिपाउनुपर्ने सुविधायहाँकाजनताहरुले पाउन सकिरहेका छैनन्, ‘गठबन्धनकाउम्मेदवारहरुलाई विजयी गराईदिनुहोस हामीयहाँको शिक्षा, स्वास्थ्य, खानेपानीलगायत...
‘समृद्धिका पाँच आधार : पर्यटन, कृषि,उद्यमशीलता र पूर्वाधार’
राजनीति, समाचार

‘समृद्धिका पाँच आधार : पर्यटन, कृषि,उद्यमशीलता र पूर्वाधार’

नेपालअखबार, पाेखरा  । कास्की जिल्ला क्षेत्र नं. २ (२) बाट गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दु कुमार थापाले गण्डकी प्रदेश समृद्धिका पाँच आधार पर्यटन,कृषि, उद्यमशीलता र पूर्वाधार भएको बताएका छन् । पोखरा २० को गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गर्दै थापाले यिनै पाँच आधारबाट नै जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न सकिने बताए । ‘गण्डकी प्रदेश समृद्धिका पाँच आधारलाई आत्मसाथ गर्दै चुनावी मैदानमा छु । पर्यटन, कृषि,उद्यमशीलता र पूर्वाधार विकास नै समृद्ध प्रदेशका आधार हुन् । अबको पाँच वर्ष यसमै टेकेर काम गर्नेछु ।’, उनले भने । उनले गण्डकी प्रदेशमा १२ हजार मेगावट विद्युत उत्पादन गर्ने क्षमता भएता पनि अहिले सम्म त्यसको उचित प्रयोग गर्न नसकिएको र आफु निर्वाचित भएपश्चात सो कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । थापालाई पोखरा २० का मतदाताको पूर्ण समर्थन छ । निर्वाचन क्षेत्...
कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै सुल्टो हुँदैन : अध्यक्ष ओली
राजनीति, समाचार

कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै सुल्टो हुँदैन : अध्यक्ष ओली

नेपालअखबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै पनि सुल्टो नहुने भएकाले संविधानमै पार्टीमाथि प्रतिबन्ध लगाउन नसक्ने व्यवस्था राखिएको बताएका छन् । शुक्रबार कञ्चनपुरमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले विगतको इतिहास हेर्दा कम्युनिस्टका लागि कांग्रेस र राणा शासनमा कुनै फरक नरहेको बताए । उनले राणा शासन ढालेपछि कांग्रेसले सवा चार वर्ष कम्युनिस्टमाथि प्रतिबन्ध लगाएको भन्दै पछि टंकप्रसाद आचार्य आएपछि फुकुवा गरेको बताए ।  ‘कांग्रेस राणा शासन भयो त्यतिबेला । कम्युनिस्टहरुका लागि केही फरक भएन, राणाले पनि प्रतिबन्ध लगाएका थिए, कांग्रेसले पनि प्रतिबन्ध लगायो’ ओलीले भने, ‘त्यसैकारण कथमकदाचित झुक्किएर कांग्रेस सरकारमा पुग्यो भने कुनैपनि पार्टीलाई प्रतिबन्ध लगाउँछ भनेर अहिलेको संविधानमै हामीले पार्टीमाथि प्रतिबन्ध लगाउन नसक्ने भनेर लेखेका छौ...
कृषि, पर्यटन र पुवार्धार नै सम्बृद्ध माछापुछेृको आधार – बराल
राजनीति, समाचार

कृषि, पर्यटन र पुवार्धार नै सम्बृद्ध माछापुछेृको आधार – बराल

नेपालअखबार, पोखरा । आगामी मंसिर चार गर्ने हुने प्रतिनिधि सभा निर्वाचनमा कास्कीको क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार रामजीप्रसाद बरालले माछापुछ«े गाउँपालिकाको विकासको लागि आफुले नयाँ अवधारणा अवलम्बन गर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री समेत रहेका बरालले माछापुछेृको विकासको लागि कृषि, पर्यटन र पुर्वाधार विकासमा नयाँ अवधारणा लागु गरेर उक्त ठाउँको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । कास्कीको माछापुछृे गाउँपालिकामा पाँच दलीय गठबन्धनले आयोजना गरेका विभिन्न चुनावी अभियानमा बरालले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । पालिका सदरमुकाम लाहाचोकमा भएको घरदैलो अभियानमा सहभागी हुँदै बरालले आफु जनताका आधारभुत आवश्यकता र समस्यासँग परिचित भएकोले आधारभुत आवश्यकता र समस्या समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । यसैगरी माछापुछेृ गाउँपालिकाको ...
संसद हुँदा काठमाण्डौ र अघिपछि जनताको घरदैलोमा भेटिने छु : बराल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

संसद हुँदा काठमाण्डौ र अघिपछि जनताको घरदैलोमा भेटिने छु : बराल

नेपालअखबार, पोखरा  । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं।२ का प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार श्रीनाथ बरालले कास्की जिल्लाको समग्र विकासको योजना निर्माण गर्न विगतमा आफूहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । पोखरा ३३ भरत पोखरी डाँडा गाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार बरालले भने, “हामीले विगतमा समग्र कास्की जिल्लाको विकासको योजना निर्माण, ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगार, यातायात गुरुयोजना, कृषि पर्यटन र निर्मल पोखरी–भरत पोखरी खानेपानी योजनाको सुरुवात लगायत महत्त्वपूर्ण योजनाहरू हाम्रै सक्रियतामा थालनी गरिएका हुन् ।” आफूहरू यस क्षेत्रको थप विकासका लागि प्रतिबद्ध रहेको उनले बताए । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बरालले कास्की २ मा विद्यमान तमाम समस्याहरू समाधानका लागि आफू स्पष्ट योजना सहित आएको बताए । “यस क्षेत्रमा खानेपानीको समस...