पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गर्ने उमेदवार बरालको वाचा
पोखरा २०, कार्तिक| प्रतिनिधि सभा कास्की निर्वाचन क्षेत्र नम्बर–३ का पाँचदलीय गठबन्धनका साझा उमेदवार रामजीप्रसाद बराल जीवनले पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गर्ने वचनबद्धता दिएका छन् । घर दैलो गर्ने क्रममा आईतबार कास्कीको माछापुच्छ«े गाँउपालिकाका विभिन्न पर्यटकीय गाँउहरुमा पुगेका उनले स्थानिय जनतासामु पर्यटकीय महत्व रहेको ल्वाङमा पिच सडक निर्माण गर्न आफूले नेतृत्वदायी भूमिका खेल्ने वचनबद्धता व्यक्त गरेका हुन् ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीसमेत रहेका उमेदवार बरालले ल्वाङमा पिच सडक बनाउन आफू सहभागि सरकारले शुरु गरिसकेको बताउँदै उनले भने “यसै चालु आर्थिक वर्षमा ल्वाङ सडक स्तरोन्नतीको लागि एक करोड बजेट विनियोजन गरिएको छ, उक्त सडक पिच गर्न आवश्यक पर्ने रकमको व्यबस्था संघ र प्रदेशबाट हामी गछौं, यसमा तपाईहरुले हामीलाई मतदान गरी काम गर्ने वातावरण मिलाउनु पर्यो ।” स्थानियले सडक ...









