आफ्ना प्रतिवद्धता पूरा गरेरै छाड्छु : उम्मेदवार बराल
नेपालअखबार, पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं (३ ) का उम्मेद्वार प्रकाश बरालले आफ्ना प्रतिवद्धताहरु पाँच वर्षमा पूरा गरेरै छाड्ने स्पष्ट पारेका छन् ।
संयुक्त गठवन्धन निर्वाचन परिचालन समिति पोखरा महानगरपालिका वडा नं। ५ मा आयोजित संयुक्त चुनावी भेलालाई संवोधन गर्दै उम्मेद्वार बरालले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
साथै उनले आफ्नो ध्यान सुशासनसहितको विकासमा केन्द्रित हुने भन्दै पोखरा(५ )लाई कृषि पर्यटनसंग जोड्का लागि आफूले प्रयास गर्ने स्पष्ट पारे । पोखरा(५ )कृषिका लागि उर्वर भूमि भएकाले कृषि पकेट क्षेत्र बनाउन पनि आफ्नो चाहना रहेको उनले बताए ।
पोखरा महानगरभित्रै केही सडक अझै पनि धुलाम्मे अवस्थामै रहेको उल्लेख गर्दै उनले यसतर्फ आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरे । पोखरा फेवातालकै कारण पोखरा भएको उल्लेख गर्दै उनले फेवातालले सबैलाई फाइदा दिएकोले यसको संरक्षण अपरिहा...










