Saturday, July 11

राजनीति

प्रतिनिधि सभा र प्रदेशसभाका ६०० जनाको उम्मेदवारी फिर्ता
राजनीति, समाचार

प्रतिनिधि सभा र प्रदेशसभाका ६०० जनाको उम्मेदवारी फिर्ता

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा ११४ सहित प्रदेशसभामा ४८३ जनाले मनोनयनपत्र फिर्ता लिएका छन् । यो उम्मेदवारी रद्द भएकाहरुको संख्या समेत हो । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभामा कुल २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएकोमा अहिले घटेर २ हजार ४१२ पुगेको छ । प्रदेशसभामा ३ हजार ४७६ जनाको उम्मेदवारी परेकोमा अहिले घटेर २ हजार ९९३ भएको छ । बुधबार दिँउसोसम्म उम्मेदवारी फिर्ता लिने समयावधि तोकेको निर्वाचन आयोगले त्यसपछि उनीहरुको अन्तिम नामावली प्रकाशित गरेर निर्वाचन चिह्न समेत दिइसकेको छ ।...
गठबन्धनले बागी उम्मेदवारीलाई भाेलिसम्म उम्मेदवारी फिर्ता गर्न निर्देशन
राजनीति, समाचार

गठबन्धनले बागी उम्मेदवारीलाई भाेलिसम्म उम्मेदवारी फिर्ता गर्न निर्देशन

नेपालअखबार, काठमाडाैं । सत्तारुढ गठबन्धनले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध  बागी उम्मेदवारी दिएकालाई भोलिसम्म उम्मेदवारी  फिर्ता गर्न निर्देशन दिएको छ । बुधवार बसेको गठबन्धनको बैठकले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले भोलिसम्म पनि उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने निर्णय गरेको हो निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनअन्तर्गत  मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता गर्ने समय आजका लागि निर्धारण गरेको थियो । आयोगको निर्धारित समयभित्र पनि उम्मेदवारी फिर्ता नगर्ने उम्मेदवारलाई भोलिसम्मको लागि समय दिएको बैठकमा सहभागी एक नेताले लाई बताए । उनका अनुसार भोलिसम्म स्वैच्छिक रूपमा बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गर्नुपर्ने छ । यदि बागी उम्मेदवारी फिर्ता नगरेमा आ आफ्नो पार्टी...
जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्रीको तयारी
राजनीति, समाचार

जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्रीको तयारी

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् । यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भेट्दैछन् । गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ । एक नेता भन्छन्, ‘एमालेसँग सहकार्य गरेका छन् र चुनावपछि पनि त्यसलाई जारी राख्छौं भनेपछि कसरी राखिराख्नु ।’ सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह छन् । उनीहरु तत्काल राजीनामा नदिने मूडमा छैनन् । एक मन्त्रीले भने, ‘पार्टीले केही भन...
गैर नागरिकता सम्बन्धी ऐन संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता
राजनीति, समाचार

गैर नागरिकता सम्बन्धी ऐन संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा नै गैर नागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाए । मंगलवार गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले सरकारले गैर आवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पतीको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे । नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई उनले आह्वान गरेका छन् । गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले हरेक गैर आवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भुमिका खेल्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले गैर आवासीय नेपाली समु...
देउवाको उम्मेदवारी विरुद्ध आयोगमा उजुरी
राजनीति, समाचार

देउवाको उम्मेदवारी विरुद्ध आयोगमा उजुरी

नेपालअखबार, डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको हो । डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने उनको जन्म मिति ३१ जेठ २००२ लेखिएको छ । जन्ममिति फरक परेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा उनले देउवाको उम्मेदवारी खारेजीको माग गरेका छन् ।डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गरे ।  उनले भने, ‘उजुरी परेको छ । उजुरीमाथि आवश्यक कारबाही सुरु भइसकेको छ ।’ देउवा विरुद्ध परेको उजुरीमाथि भोलिसम्म निर्णय हुने उनले बताए । उनले भने, ‘उजुरीमाथि छानबिन गर्न...
उम्मेदवारले नाम फिर्ता लिन के–के गर्ने
राजनीति, समाचार

उम्मेदवारले नाम फिर्ता लिन के–के गर्ने

नेपालअखबार, काठमाडाैं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेले उम्मेदवारी फिर्ता लिन चाहेमा सूचीबाट आफ्नो नाम फिर्ता गर्न सक्नेछन् ।  निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयभित्र निर्वाचन अधिकृत समक्ष सूचना दिई आफ्नो नाम फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिएको सूचना उम्मेदवार आफैले वा निजको निर्वाचन प्रतिनिधिले दाखिला गर्नुपर्नेछ ।  कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन क्षेत्रमा दलले औपचारिक रुपमा तोकिएको समयमा पत्र पठाएमा उसलाई उम्मेदवारबाट हटाइने छ । नाम फिर्ता लिएको सूचना प्राप्त भएमा निर्वाचन अधिकृतले त्यस्तो सूचना दर्ता किताबमा दर्ता गरी सो जानकारी सूचना दर्ता गराउने व्यक्तिलाई दिनेछ ।...
एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा रौतहट- १ मा मनोनयन दर्ता
राजनीति, समाचार

एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा रौतहट- १ मा मनोनयन दर्ता

नेपालअखबार, काठमाण्डौ  ।   नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराउनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहेनु भएका अध्यक्ष नेपालले रौतहट-१ बाट सत्तारुढ गठबन्धनको साथमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेर मनोनयन दर्ता गर्नुभयो । उम्मेद्वारी दर्ता पछि उहाँले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफूलाई रौतहटका जनताले जिताउने विश्वास व्यक्त गर्नुभएको छ । उम्मेदवारी दर्तापछि नेपालले सञ्चारकर्मीसँग बोल्दै यसअघि निर्वाचनमा काठमाडौं रोज्दा रौतहट १ का जनताले तपाईं फर्किनुपर्छ भनेको स्मरण गर्नुभएको थियो । ‘रौतहट १ म जन्मेको, पढेको, राजनीति सुरु गरेको ठाउँ हो । यसअघि काठमाडौं रोज्दा मलाई यहाँका जनताले तपाईं फेरि यहाँ आएर उठ्नुपर्छ भन्नुभएको थियो । त्यसैले आलो...
बारा ४ बाट किसान श्रेष्ठले दिए उम्मेदवारी
राजनीति, समाचार

बारा ४ बाट किसान श्रेष्ठले दिए उम्मेदवारी

नेपालअखबार, काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले सत्ता गठबन्धनको तर्फबाट बारामा उम्मेदावरी दर्ता गराएका हुन् । श्रेष्ठले यसअघिको निर्वाचनमा नेकपा एमालेका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गरेका थिए । प्रतिनिधिसभामा श्रेष्ठले उम्मेदवारी दर्ता गराउँदा प्रदेश क मा नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष समेत रहेका क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र ख मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश इन्चार्ज जितेन्द्र सोनलले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले सत्ता गठबन्धनले तनहुँबाहेक जहाँ उठे पनि टिकट दिने भनेकोले आफूले बारा रोजेको बताए । उनले भने, ‘सेज सञ्चालनमा भूमिक...
कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उमेदवार अर्थ मन्त्री बराल
राजनीति, समाचार

कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उमेदवार अर्थ मन्त्री बराल

नेपालअखबार, पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उमेदवार गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले उमेदवारी दिने भएका छन्। नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका गठबन्धनका साझा उमेदवार मन्त्री बरालले आज निर्वाचन कार्यालयमा आफ्नो उमेदवारी दर्ता गराउने भएका हुन् । जनयुद्धका असल योद्धाको रुपमा परिचित भएका मन्त्री बराल गण्डकी प्रदेश सभामा अघिल्लो ५ बर्ष अघि कास्की निर्वाचन क्षेत्र नम्बर ३ क बाट निर्वाचित भएसंगै करिब डेढ बर्ष अघि अर्थ मन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनु आउनु भएको हो ।...
सभामुख सापकोटाले छाडे सरकारी निवास
राजनीति, समाचार

सभामुख सापकोटाले छाडे सरकारी निवास

नेपालअखबार,काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन शनिबार सापकोटा सरकारी निवास छाडेर निजी निवासमा फर्किएका हुन् । उनले सभामुखको रुपमा पाउने सरकारी सेवा सुविधा पनि छाडेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । सरकारी सेवा सुविधा छाड्नु अगाडि सापकोटाले पत्रकार सम्मेलन गरेका थिए । उनले आसन्न चुनाव नलड्ने पनि घोषणा गरेका छन् ।...