Thursday, May 7

राजनीति

बेलायती प्रधानमन्त्री जोन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने
राजनीति, विश्व, समाचार

बेलायती प्रधानमन्त्री जोन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने

नेपालअखबार , एजेन्सि । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् । शरद ऋतुसम्म प्रधानमन्त्रीमा भने रहिरहने उनले बताए । पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो । तर उनले प्रधानमन्त्रीको साटो पार्टी नेताबाट राजीनामा दिने तयारी गरेका हुन् । यौन दुर्व्यवहारमा संलग्न रहेका व्यक्तिलाई उनको विगतबारे जानकारी हुँदा हुँदै पनि नियुक्ति दिएको पाइएपछि जोन्सनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएका थिए ।...
सरकारले आज प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता लिँदै
राजनीति, समाचार

सरकारले आज प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता लिँदै

नेपालअखबार, काठमाडाै । सरकारले प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक फिर्ता लिने भएको छ। प्रतिनिधि सभाको कार्यसूची अनुसार गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाको बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन्। सरकारले नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक संसदबाट फास्ट ट्र्याकमा अघि बढाउने जनाएको छ। राज्य व्यवस्था समितिले नागरिकता सम्बन्धी विधेयकको छलफल टुंगो लगाएर प्रतिवेदन प्रतिनिधि सभामा बुझाएको थियो। उक्त प्रतिवेदनमा वैवाहिक अंगिकृत नागरिकता लिन चाहने व्यक्तिले नेपालमा निरन्तर सात वर्ष बसोबास गरेको हुनुपर्ने व्यवस्था गरेको थियो। राज्य व्यवस्था समितिबाट उक्त विधेयक अघि बढाउँदा बहुमतको आधारमा अघि बढाइएको थियो। उक्त प्रावधानको मधेश केन्द्रित दलका सांसद र नेपाली कांग्रेसका सांसदहरूले विरोध गरेका थिए। २०७५ सालको साउन २८ प्रतिनिधि सभामा प्रस्तुत भएको नागरिकता सम्ब...
स्वास्थ्य मन्त्रीद्वारा राज्यमन्त्रीलाई अधिकार प्रत्यायोजन
राजनीति, समाचार, स्वास्थ्य

स्वास्थ्य मन्त्रीद्वारा राज्यमन्त्रीलाई अधिकार प्रत्यायोजन

नेपालअखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले आफ्नो क्षेत्राधिकारभित्रका विभिन्न काम राज्यमन्त्रीलाई प्रत्यायोजन गर्नुभएको छ । मन्त्री खापुङले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन केसीलाई केही जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । मन्त्री खापुङले राज्यमन्त्री केसीलाई दिनुभएको पत्र अनुसार ५ वटा कामको जिम्मेवारी दिइएको छ । राज्यमन्त्री केसीले पाउनु भएको अधिकार  १. मन्त्रालय वा अन्तर्गत निकाय वा सो अन्तर्गत रहेका परिषद, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पेश गर्ने। २. विशिष्टीकृत अस्पतालहरुको सेवा प्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेश गर्ने । ३. विशिष्टिकृत अस्पतालहरुको न्युनतम सेवा मापदण्ड  सम्बन्धी विस्तृ...
श्रममन्त्री कुँवर र  युएइका राजदुत नक्विबीच भेटवार्ता
राजनीति, समाचार

श्रममन्त्री कुँवर र युएइका राजदुत नक्विबीच भेटवार्ता

नेपालअखबार,काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएइ) का राजदुत साइद अल नक्विबीच भेटवार्ता भएको छ । राजदुत नक्वि मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालय पुग्नु भएको थियो । उहाँहरुबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मजबुद्ध बनाउने विषयमा छलफल भएको छ । युइएमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजिकरण गर्ने विषयमा पनि कुराकानी भयो । राजदुत नक्विलाई मन्त्री कुँवरले युएइबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा सरसल्लाह गरेर अगाडी बढ्ने जानकारी गराउनु भएको थियो । साथै उहाँले संयुक्त अरब इमिरेटसका ठुला लगानीकर्ताहरुलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इजिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आव्हान समेत गर्नु भएको छ । भेटमा मन्त्री कुँवरले केही समयपछि युएइका मन्त्रीलाई नेपाल भ्रमणमा आउनका ल...
पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान्छु : पर्यटनमन्त्री श्रेष्ठ
राजनीति, समाचार

पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान्छु : पर्यटनमन्त्री श्रेष्ठ

नेपालअखबार ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताएका छन् । बुधवार मन्त्रालयमा आयोजित पोखरा पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । पोखरा महानगरपालिकाले यसअघि नै पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने निर्णय गरिसकेको छ । सोही निर्णयलाई नेपाल सरकारबाट पारित गर्न संघीय पर्यटन मन्त्रालयमा बुझाएको थियो । जसमा पर्यटनमन्त्री श्रेष्ठले पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने प्रस्ताव प्रक्रिया तत्काल थाल्ने बताए । मन्त्री श्रेष्ठले पोखरा पर्यटकको लागि एक गन्तव्य भएको भन्दै पोखरालाई व्यवस्थित र आकर्षण बनाउन आवश्यक रहेको उल्लेख गरे । त्यस्तै,पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकहरुको राजधानी बनाउनको लागि व्यवस्थित बनाउने काम तीब्र रुपमा अगाडि...
आयोगद्वारा मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव
राजनीति, समाचार

आयोगद्वारा मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६(१) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६(१) बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको जानकारी दिएको छ । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचन सम्बन्धी कानूनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ । आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, ...
बेलायतका अर्थमन्त्रीले दिए राजीनामा
राजनीति, विश्व, समाचार

बेलायतका अर्थमन्त्रीले दिए राजीनामा

नेपालअखबार, एजेन्सि। बेलायतका अर्थमन्त्री ऋषि सुनकले राजीनामा दिएका छन्। बिबिसीका अनुसार प्रधानमन्त्री बोरिस जोनसनसँग असहमति राख्दै सुनकले मंगलबार राजीनामा दिएका हुन्। सामाजिक सञ्जाल ट्विटरमा उनले आफ्नो राजीनामा पत्र राख्दै आमनागरिकले सरकार पूर्ण क्षमतामा ठीक तरिकाले गम्भीरतापूर्वक चलोस भन्ने चाहना राख्नु जायज भएको बताएका छन्। यी मान्यताका लागि लड्नु पर्छ भन्ने लागेकाले आफूले राजीनामा दिएको उनको भनाइ छ। कोरोना भाइरसको महामारी, युक्रेनमाथि रूसी आक्रमण र अरू विभिन्न कारणले विश्व नै आर्थिक समस्याबाट गुज्रिरहेका बेला आफूले बेलायतको अर्थमन्त्रीबाट राजीनामा दिने निर्णय निकै सोचविचार गरेर लिएको सुनकले उल्लेख गरेका छन्। सुनक र प्रधानमन्त्री जोनसनबीच सार्वजनिक खर्च कसरी गर्ने भन्नेबारे मतभेद रहेको बताइन्छ। तर पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्वपूर्ण नियुक्ति दिएपछि उनको...
आजै नागरिकता विधेयक नयाँ संशोधन विधेयक पेस गर्ने सरकारको तयारी
राजनीति, समाचार

आजै नागरिकता विधेयक नयाँ संशोधन विधेयक पेस गर्ने सरकारको तयारी

नेपालअखबार, काठमाडाैं । सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ । मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो । संशोधित विधेयक आज नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।  प्रतिनिधि सभा बैठक आज विहान ११ बजे बस्नेछ ।...
नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषदको निर्णय
राजनीति, समाचार

नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषदको निर्णय

नेपालअखबार, काठमाडाैं । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेश भएको थियो। संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेको छ। ती मन्त्रीका अनुसार नागरिकता विधेयकमा रहेका बिबादित विषय झिकेर फेरि प्रतिनिधि सभामा पेश गर्ने तयारी छ। प्रतिनिधि सभामा पुगेको समितिको प्रतिवेदनमा नेपाली नागरिकसँग बैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा बैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास ...
गण्डकीमा बजेट माथिको छलफल जारी
अर्थ, प्रदेश ४, राजनीति, समाचार

गण्डकीमा बजेट माथिको छलफल जारी

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ । देशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन् । बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै  आउने जस्ता प्रवृत्ति देखिएको बताए । जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उनले बताए । यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उनले बताए । बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाए। सरकारमा जवाफदेहिता नदेखिएको उनले बताए । मनकुमारी गुरुङले आफ्नो साधनस्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताइन् । सरकारले जनतालाई अत्यावश्यक कतिपय नयाँ कार्यक्रम ल्याएको उनले बताइन् । कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उनले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास...