Monday, May 4

राजनीति

४४ स्थानको नतिजा सार्वजनिक, नेकपाकाे २५ स्थानमा जित
राजनीति, समाचार

४४ स्थानको नतिजा सार्वजनिक, नेकपाकाे २५ स्थानमा जित

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपचुनावको प्राप्त पछिल्लो मत परिणामअनुसार नेकपा अग्रस्थानमा रहेको छ। हालसम्म घोषणा भएका ४४ स्थानको मत परिणाममा नेकपाले २५ स्थानमा विजय हासिल गरेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा र  चार स्थानका साथ समाजवादी पार्टी नेपाल तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले तीन स्थानमा विजय हासिल गरेका छन्।...
कास्की–२ : विद्या जितकाे नजिक
राजनीति, समाचार

कास्की–२ : विद्या जितकाे नजिक

प्रतिनिधिसभा सिटका लागि निर्वाचन भएकाे कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई जितकाे नजिक पुगेकी छिन् । कुल ८ हजार ३६३ मत गन्न बाँकी रहँदा भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ५ सय भन्दा बढी मतले पछि पारिसकेकी छन् । निर्वाचन कार्यालयका अनुसार अब तीनवटा वडाको मत गन्न बाँकी छ । पछिल्लो मत परिणाम अनुसार विद्याले २० हजार ७७९ मत प्राप्त गर्दा खेमराजको १२ हजार २५९ मत छ । नेकपा कार्यकर्ता विजय उत्सवको तयारीमा छन् भने कांग्रेस कार्यकर्ता पराजय स्वीकार गरेर घर फर्किन थालेका छन् । यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले जितेको भन्दा फराकिलो अन्तरमा विद्याले जित्ने देखिएको छ । रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरमा पराजित गरेका थिए । विद्या र खेमराजको मतान्तर अहिलेनै ८ हजार ५ भन्दा माथि पुगिसकेको छ ।...