Monday, July 6

राजनीति

अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री ओली
राजनीति, समाचार

अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री ओली

नेपाल अखबार, काठमाडौं । मुटुसम्बन्धी अत्यावश्यक परीक्षणपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएको छन् । बुधबार अपरान्ह प्रधानमन्त्री ओली  मुटुसम्बन्धी परीक्षणका लागि  बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुसम्बन्धी अत्यावश्यक परीक्षणपछि प्रधानमन्त्री निवास फर्किएको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि केन्द्र जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नुभएको छ ।’...
केहीबेर बसेर नेकपा बैठक स्थगित
राजनीति, समाचार

केहीबेर बसेर नेकपा बैठक स्थगित

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार केहीबेर (करिब एक घण्टा) बसेर स्थगित भएको छ । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । आजको स्थायी समिति बैठकमा ५ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले आजपनि हिजोकै एजेण्डा प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा केन्द्रीत रहेर छलफल चलेको श्रेष्ठले जानकारी दिए । यसअघि मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए । विशेषगरी गत आइतबार ओलीले आफू नेत...
मन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री
राजनीति, समाचार

मन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका छन् । पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श थालेका हुन् । परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् । स्थायी कमिटी बैठकका बहुमत सदस्यहरूले राजीनामा मागे पछि प्रधानमन्त्री ओली संकटमा परेका छन् । उनले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए ।...
नागिरकता विधेयककाे विराेध गर्दै विरगंज महानगरका मेयर विजय कुमार
प्रदेश २, राजनीति, समाचार

नागिरकता विधेयककाे विराेध गर्दै विरगंज महानगरका मेयर विजय कुमार

इफान अलि, विरगंज, । संसदमा विचाराधीन नागिरकता विधेयककाे विराेधमा विरगंज महानगरका मेयर विजय कुमार सरावगीले विभेदकारी कानुनलाई मान्यता नहुने बताए । ओलि सरकाले आफ्नो असक्षमता लुकाउनका लागि याे विधेयक पेस गरेकाे बताए । काेराेनाकाे महामारीबाट देशलाई जाेगाउन नसके पछि जनताका बिचमा भ्रम छार्दै  नेपालका सिमामा रहेका नागरिककाे अधिकार खाेस्ने प्रयास गरेकाे छ हामी सबैले एकजुट भएर यसकाे विराेध गर्नु पर्ने बताए । नेपाल क्म्युनिस्ट पार्टीले एकलौटी रुपमा ल्याएको नगरिकता सन्सोधन विधेकको बिरोधमा जन्ता समाजवादी पार्टी पर्साको अध्यक्ष तथा युवा नेता राजेशमान सिन्हले  कुनै पनि किमतमा याे विधेयक लागु हुन निदने बताए । सदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल स्थायी आबासीय अनुमति पत्र दिने र सात वर्ष नेपालमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधे...
अध्यक्ष प्रचण्डले नै मागे प्रधानमन्त्रीको राजीनामा
राजनीति, समाचार

अध्यक्ष प्रचण्डले नै मागे प्रधानमन्त्रीको राजीनामा

नेपाल अखबार, काठमाडाैं। सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। उनीसँगै अरु वरिष्ठ नेताहरुले समेत ओलीको राजीनामा मागेका छन्। मंगलबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका हुन्। बैठकको सुरुमै अध्यक्ष प्रचण्डले नम्र स्वरमा बोल्न सुरु गरेका थिए। तर, विस्तारै उनी कडारुपमा प्रस्तुत भएको बैठकमा उपस्थित एक नेताले जानकारी दिए। उनले पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गर्दै यस अवधिमा भएका गल्ति कमजोरी औँल्याएका थिए। त्यसपछि प्रचण्डले प्रधानमन्त्री ओलीले आइतबार ‘सरकार ढाल्न भारत र नेपालकै केही राजनीतिक शक्ति सक्रिय रहेको भन्ने’ भनाईतिर संकेत गर्दै सरकार र पार्टी दुबैमा असफल भएकोले आँफै...
भारतले सरकार ढाल्न खोज्यो भन्ने ओलीसँग प्रचण्डसहित शीर्ष ४ नेताले मागे प्रमाण
राजनीति, समाचार

भारतले सरकार ढाल्न खोज्यो भन्ने ओलीसँग प्रचण्डसहित शीर्ष ४ नेताले मागे प्रमाण

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चौथो दिनको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे चर्को बहस भएको छ । बैठकमा शीर्ष नेताहरुले नै ओलीको अभिव्यक्तिबारे प्रमाण माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य मामदेव गौतमले भारतले सरकार ढाल्न लागेको भन्ने ओलीको अभिव्यक्तिप्रति प्रश्न गरेका हुन् । उनीहरुले भारतले सरकार ढाल्न लागेको भन्ने प्रमाण के छ भन्दै ओलीसँग प्रश्न गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए । बैठक केहीबेर चियाखाजाका लागि ब्रेक हुँदा  कुरागर्दै ती स्थायी समिति सदस्यले बोल्ने प्रचण्डसहितका शीर्ष नेताहरुले ओलीले आधारहीन टिप्पणी गरेको आशयसहित प्रमाण खोजेको जानकारी दिए । उनीहरुले बिनाआधारमा टिकाटिप्पणी गर्दा गलत सन्देश जान सक्...
नेकपा स्थायी कमिटी बैठक जारी
राजनीति, विचार

नेकपा स्थायी कमिटी बैठक जारी

नेपाल अखबार, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि जारी रहेको छ । यही असार १० गते शुरु भएको स्थायी कमिटीको बैठक असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय धान दिवसका कारण स्थगन भएको थियो । यसअघि नेपालको सीमा अतिक्रमण र सीमासम्बन्धी रहेको कार्यसूचीमाथिको छलफलमा भाग लिँदै २१ जना सदस्यले धारणा व्यक्त गरिसकेका छन् भने बाँकी सदस्यले आज बोल्ने जनाइएको छ । आजै कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार र त्यससँग सम्बन्धित पक्षका बारेमा छलफल हुनेछ । त्यसपछि सरकार तथा पार्टीको काम कारवाहीको विषयमा प्रवेश हुने छ । बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र विविध कार्यसूची छ । यस्तै कार्यसूचीको विविधम...
उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल
Uncategorized, राजनीति, समाचार

उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै ओलीले उत्साहका साथ धान दिवस मनाउन आह्वान गरेका हुन् । राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताए । उनले कृषि क्षेत्रमा क्रान्ति ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायीकरण र मेसिनीकरण आवश्यक रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम महत्वपूर्ण र कृषिको आधुनकीकरणसम्बन्धी बहुआयामिक कार्यक्रम हो ।...
आफूलाई प्रधानमन्त्रीबाट हटाउन ओली आफै कस्सिएर लाग्नुभएको छः लोहनी
राजनीति, विचार, समाचार

आफूलाई प्रधानमन्त्रीबाट हटाउन ओली आफै कस्सिएर लाग्नुभएको छः लोहनी

नेपाल अखबार, काठमाडाैं। राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पदबाट आफूलाई हटाउन प्रम केपी शर्मा ओली आफै प्रधानमन्त्री ओलीले कस्सिएर लागेको बताएका छन् । आइतबार नेपालको नयाँ नक्सा जारी गरेबापत आफूलाई हटाउन स्वदेशी तथा विदेशी मिलेर लागेको बताएका थिए । यसबारे जवाफ दिँदै लोहनीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशी र स्वदेशी मिलेर नेपालको नयाँ नक्सा जारी गरे बापत तपाईंलाई हटाउने प्रयास हुँदैछ भन्ने तपाईंको आरोप पढियो । तपाईंको विश्लेषण गलत छ किनभने तपाईंलाई हटाउन तपाईं आफै कसिएर लाग्नुभएको छ, एकपटक शान्त भएर आफूले आफूलाई हेर्नुस् थाहा पाउनुहुनेछ ।’ ‘ठीक कुरामा जनता र दलहरुले तपाईंलाई सधैँ साथ दिएका छन् । तपाईंले भद्र–भलादमी प्रतिपक्ष पाउनुभएको छ । नयाँ नक्साको बारेमा तपाईंको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईंलाई साथ दिएका छन् । विचार गर्नुस्, कुनै विदेशी को मुख ...
आफ्नो भूमि समेटेर नक्सा जारी गर्दा प्रधानमन्त्रीबाट हटाउन खोजियो : ओली
राजनीति, समाचार

आफ्नो भूमि समेटेर नक्सा जारी गर्दा प्रधानमन्त्रीबाट हटाउन खोजियो : ओली

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको भन्दै नेपाली राष्ट्रियता त्यति कमजोर नरहेको बताएका छन् । उनले लिम्पियाधुरासहितको नयाँ नक्सा  जारी भएपछि भारतले भारतीय मिडियामार्फत आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै तर त्यो प्रयास सफल हुन नदिने बताए । उनले नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्ने पनि बताए । उनले नेपालको नक्सा छापेर संविधान संशोधन गरेवापत प्रधानमन्त्री हटाउने सपना नदेख्न भारतलाई चेतावनी दिँदै  यतिवेला आफू हटे भोलिदेखि नेपालको पक्षमा कोही बोल्न नसक्ने भएकाले नेपालको राष्ट्रियतालाई त्यति कमजोर नठान्न आग्रह गरे । यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ...