Sunday, August 2

राजनीति

सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन गरे
राजनीति, समाचार

सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन गरे

नेपालअखबार, काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ । उनीहरुको प्रदर्शनबाट केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो । लगत्तै प्रहरीले उनीहरुलाई हटाएको थियो ।प्रदर्शनमा सहभागीहरुले गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।...
प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे रवि–बालेन
राजनीति, समाचार

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे रवि–बालेन

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् । उनी र रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन् । केहीबेरअघि उनीहरू बैठकमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन ।
राष्ट्र संकटमा छ, जनतामा निराशा छ, संसदका सबै पार्टी मिलेर राष्ट्रिय मुद्दा तय गरौँ- अमरेशकुमार सिंह
राजनीति, विचार, समाचार

राष्ट्र संकटमा छ, जनतामा निराशा छ, संसदका सबै पार्टी मिलेर राष्ट्रिय मुद्दा तय गरौँ- अमरेशकुमार सिंह

नेपालअखबार, काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले संसद्मा उपस्थित सबै दललाई एकजुट बनाउन सभामुखमार्फत सरकारलाई आग्रह गरे । सँगसँगै राष्ट्रिय मुद्दा तय गरेर अघि बढ्नुपर्ने सांसद सिंहको भनाइ छ । ‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं । हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ,’ उनले भनेका छन् । साथै, राज्य र जनता रहेमात्रै आफूहरूले राजनीति गर्न पाउने बताउँदै जनता र लोकतन्त्र नै समाप्त हुने कार्य नगर्न आग्रह गरे । ‘आज हाम्रो राज्य संकटमा छ । जनतामा नैरश्यता छ । यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्नँ, यो भाष्य निर्माण संसद्बाट नगरौं,’ सांसद सिंहले भने, ‘संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्णलाई आग्...
संसद्‍मा निश्कल राईको प्रश्न– ‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?’
राजनीति, समाचार

संसद्‍मा निश्कल राईको प्रश्न– ‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?’

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कसैले प्रश्न गर्न नपाउने निरंकुश शैलीमा अघि बढेको बताएका छन् । उनले प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने,’ श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ।’ कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र शाह र अहिलेका प्रधानमन्त्री एकै हो कि होइन भन्ने पनि उनले प्रश्न गरेका छन् । उनले राज्य अनधिकृत नेटवर्कमा चल्न थालेको पनि बताए । सुरक्षा घेराभित्र अनधिकृत व्यक्तिहरूले चलाइरहँदा सत्ता पक्षका सांसदहरू मुखमा टेप लगाएर बसेको उनले बताए ।उनले अलोकतान्त्रिक हर्कत गर्ने सरकारको कदम सोमबार देखिएको उल्लेख गरे । कांग्रेस सभापति गगन थापा र मिडिया हाउसअघि गाडी तेस्स्याउने काम अलोकतान्त्रिक र राज्य आतंकको अवस्था भएको उनले बताए ।...
सुकुम्बासीलाई लालपुर्जा दिन्छौं– मन्त्री रावल
राजनीति, समाचार

सुकुम्बासीलाई लालपुर्जा दिन्छौं– मन्त्री रावल

नेपालअखबार, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले सक्दो चाँडो सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने बताएकी छन्। आइतबार खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीहरूलाई मन्त्री रावलले सकेसम्म चाँडो लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएकी हुन्। उनले लालपूर्जा दिँदा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी दिइने बताएकी हुन्। हचुवाको भरमा नभई पुस्तौं पुस्तौंसम्म कसैले औंला उठाउन नसक्ने गरी लालपुर्जा दिन नेपाल सरकारले काम गरिरहेकाले पनि समय लागेको उनले बताइन्। 'प्रश्न नउठ्ने गरी काम गर्न समय लाग्छ,’ उनले भनिन्, ‘त्यही भएर यति ग्यारेन्टी गर्छु सुकुम्बासीको हकमा नेपाल सरकारले जति सक्दो चाँडै। अझ होल्डिङ सेन्टरमा कामहरू सुरू भइसकेको छ।’ उनले हप्ता, दिन वा यो मितिमा दिन्छु नभन्ने तर सुकुम्बासीले लालपूर्जा पाउने प्रतिबद्धता व्यक्...
अमेरिकी सैन्य कारबाहीमा सहयोग गर्ने खाडी मुलुकमाथि आक्रमण गर्ने इरानको चेतावनी
राजनीति, विश्व, समाचार

अमेरिकी सैन्य कारबाहीमा सहयोग गर्ने खाडी मुलुकमाथि आक्रमण गर्ने इरानको चेतावनी

नेपालअखबार,  काठमाडौं । इरानले आफ्नाविरुद्ध हुने सैन्य कारबाहीमा सहयोग गर्ने खाडी मुलुकहरूमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । इरानले अमेरिकालाई भूमि तथा सैन्य अड्डा प्रयोग गर्न दिने खाडी मुलुकहरूलाई प्रत्यक्ष निशाना बनाइने चेतावनी दिएको हो । अमेरिकाले हालै गरेको आक्रमणपछि सोमबार इरानको विदेश मन्त्रालयले उक्त चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । इरानको सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा विदेश मन्त्रालयले युद्धविराम सम्झौतामा हस्ताक्षर भएको २५ दिनमात्र बित्दा पनि अमेरिकाले सम्झौताका अधिकांश प्रावधानको खुला उल्लंघन गरेको आरोप लगाएको छ । मन्त्रालयका अनुसार अमेरिकी आक्रमणमा इरानको यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विभागका भवन तथा अन्य सरकारी संरचनाहरूलाई निशाना बनाइएको छ । इरानले यसलाई गम्भीर युद्ध अपराधको संज्ञा दिएको छ । विदेश मन्त्रालय...
कीर्तिपुर होल्डिङ सेन्टरबाट माजिद अन्सारीको गिरफ्तारीप्रति ‘जेन जेड मुभमेन्ट एलाइन्स’को आपत्ति
राजनीति, समाचार, समाज

कीर्तिपुर होल्डिङ सेन्टरबाट माजिद अन्सारीको गिरफ्तारीप्रति ‘जेन जेड मुभमेन्ट एलाइन्स’को आपत्ति

नेपालअखबार, काठमाडौं । ‘जेन जेड मुभमेन्ट एलाइन्स’ले सुकुमवासीलाई राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा प्रभावित नागरिकहरूलाई भेट्न गएका युवा तथा स्वयंसेवकमाथि भएको प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ति जनाएको छ । एलाइन्सले विज्ञप्ति निकालेर प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ती जनाएको हो । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरुको अवस्था बुझ्न पुगेका एलाइन्सका प्रतिनिधि माजिद अन्सारीलगायतका व्यक्तिहरूमाथि प्रहरीले अभद्र व्यवहार गर्दै कुटपिट गरेको र स्पष्ट कानुनी आधार वा पक्राउ पुर्जीबिना नै नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ । नागरिकको अवस्था अनुगमन गर्नु र मानवीय सहयोग पुर्‍याउनु अपराध नभएको उल्लेख गर्दै, यस घटनालाई लोकतान्त्रिक मूल्यमान्यता र मानवअधिकारमाथिको प्रहार भनेको छ । ‘नागरिकको सुरक्षा र अधिकार संरक्षण गर्ने जिम्मेवारी बोकेको प्रहरी संगठन आफैं दमनमा उत्रिनु अत्यन्त ...
इरानले बन्द गरायो होर्मुज जलमार्ग , अमेरिकासँगको तनाव थप चुलियो
राजनीति, विश्व, समाचार

इरानले बन्द गरायो होर्मुज जलमार्ग , अमेरिकासँगको तनाव थप चुलियो

नेपालअखबार,काठमाडौं । विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिएको ‘स्ट्रेट अफ होर्मुज’ इरानले अनिश्चितकालका लागि बन्द गराएको घोषणा गरेको छ । उक्त घोषणापछि अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ । अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकी आक्रमणको जवाफ अझ कडा हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानले ‘खुला रूपमा आक्रमण’ गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरिएको अमेरिकाले जनाएको छ। सेन्टकमका अनुसार इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ। जहाजले आफ्नो यात्रा अघि बढाउन नसक्ने अवस्था आएको र एक जना नागरिक चालकदल सदस्य बेपत्ता रहेको अमेरिकी पक्षको दाबी छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले साम...
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
राजनीति, समाचार

सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल

नेपालअखबार, पोखरा । सम्झौता अवधि कुरेको भए गोरखाको लुदी खोला मोटरेबल पुल सकिन २०८४ असारसम्म लाग्थ्यो । २०८२ असार २२ गते २ वर्षभित्र सम्पन्न गर्ने गरी गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एन्ड बिल्डर प्रालिसँग निर्माण सम्झौता भएकोमा कम्पनीले १ वर्षमै ६० मिटर लामो मोटरेबल पुल निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिदिएको छ । पूर्वाधार विकास कार्यालयले स्याउली बजार हुँदै मनकामना जाने सडक खण्डको लुदीखोलामा पुल बनाउन ७ करोड ५९ लाख रुपैयाँमा ठेक्का दिएको हो । गोरखाकै पालुङटार नगरपालिका–९ शेरास्थित चुक्ती खोलामा पनि सम्झौता अगावै पुल निर्माण सकिएको छ । २०८२ असार २२ गते नै डेढ वर्षको समय दिएर सम्झौता भएको पुल निर्माण कम्पनी अमृत कन्स्ट्रक्सन प्रालिले म्यादको ६ महिनाअघि नै निर्माण पूरा गरिदिएको हो । २० मिटर लामो र ८.४० मिटर चौडाइको पुल ३ करोड ४२ लाखमा निर्माण भएको हो । यो पुलले पालुङटार नगरपालिकाका व...
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले
राजनीति, समाचार

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले

नेपालअखबार, काठमाडौं । नेकपा एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले यस्तो बताएकी हुन् । ‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् । राज्यले लिने ट्राफिक जरिवना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि उनले आग्रह गरिन् । यो घटनाको छानबिन गर्न पनि उनले माग गरिन् ।...