Saturday, August 8

राजनीति

एमालेले भन्यो– मतदान आज रातभरि चल्नेछ
राजनीति, समाचार

एमालेले भन्यो– मतदान आज रातभरि चल्नेछ

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबार रातभरि मतदान चल्ने भएको छ। एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बुधबार साँझ ५ बजेर २ मिनेट जाँदासम्म ८०२ जनाले भोट हालेको र मतदान रातभरि चल्ने जानकारी दिए। उनले प्रतिव्यक्ति २० देखि २५ मिनेटमा भोट हाल्न सकिने अनुमान गरिएकोमा सोचेभन्दा बढी समय लागेको बताए। 'हामीले एक जना प्रतिनिधिलाई भोट हाल्न २० देखि २५ मिनेट लाग्ला र ८-साढे ८ घन्टामा सकिएला भन्ने अनुमान गरेका थियौं। तर व्यवहारले त्यो पुष्टि भएन। यो प्राविधिक ज्ञानले उत्पन्न गराएको समस्या हो,' उनले पत्रकार सम्मेलनमा भने, 'नाम सूची हेरेर भोट खसाल्नुपर्ने भएकाले पनि बढी समय लाग्यो।' उनका अनुसार एक जना व्यक्तिलाई भोट हाल्न न्यूनतम ९ मिनेटदेखि अधिकतम २ घन्टासम्म लागेको छ। केही मतदाता लामो समय लाम बस्नुपरेकाले बेहोस भएको पनि उनले बताए। जारी महाधिवेशनम...
जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष चौधरी जसपा प्रवेश
राजनीति, समाचार

जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष चौधरी जसपा प्रवेश

नेपालअखबार,काठमाडौँ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन् । ‎बुधबार जसपा नेपालकाे केन्द्रीय कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले सदस्यता प्रदान गरी उनलाई पार्टीमा स्वागत गरेका हुन् । ‎ ‎पार्टी प्रवेशपछि बोल्दै चौधरीले मधेशका मुद्दा, अधिकार र पहिचानको संघर्षलाई संस्थागत रूपले अगाडि बढाउन जसपा नेपालमा जोडिएको बताए ।‘मधेशी जनताको अधिकार, संघीयता र समावेशी लोकतन्त्रको संरक्षणका लागि जसपा नेपालसँगै अघि बढ्ने निर्णय गरेको हुँ,’ उनले भने ।...
आगामी दिनमा राजदूत सिफारिस गर्दा समावेशी गर्न सर्वोच्चको निर्देशनात्मक आदेश
राजनीति, समाचार

आगामी दिनमा राजदूत सिफारिस गर्दा समावेशी गर्न सर्वोच्चको निर्देशनात्मक आदेश

नेपालअखबार,काठमाडौँ ।  सर्वोच्च अदालतले आगामी दिन राजदूत नियुक्तिको सिफारिस गर्दा स‌ंविधानको समावेशी प्रतिनिधित्वको व्यवस्था पालना हुने गरी गर्न सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको इजलासले २०७८ चैत २४ राजदूत नियुक्तिका लागि भएको सिफारिस असमावेशी भएको भन्दै मोहना अन्सारीले दायर गरेको रिटमा यस्तो आदेश गरेको हो । सरकारले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । मन्त्रिपरिषद्‍को बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रस्तावित राजदूतमा जनता समाजवादी पार्टी (जसपा)बाट साउदी अरेबियाको लागि नेता नवराज सुवेदी र डेनमार्कका लागि प्रा.डा.रामस्वार्थ राय, नेकपा माओवादी केन्द्रबाट विष्णु पुकार श्रेष्ठ चीनका लागि राजदूत सिफारिस भएका...
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिन्छ : प्रधानमन्त्री
राजनीति, समाचार

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिन्छ : प्रधानमन्त्री

नेपालअखबार,काठमाडौं । सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएकी हुन् । प्रधानमन्त्री कार्कीले आयोगको माग अनुसार म्याद थप गर्ने जानकारी आयोगका अध्यक्ष कार्कीले दिएका हुन् । प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम नसकिएको भन्दै आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका थिए । आयोगको मागअनुसार म्याद थप गर्न प्रधानमन्त्री कार्की सहमत भएको अध्यक्ष कार्कीको भनाइ छ । ‘आयोगको म्याद सकिन लाग्यो । काम अझै बाँकी छ । हामी प्रधानमन्त्रीज्यूसँग त्यही कुराकानी गर्न आएको हौं । एक महिना म्याद थप्नु पर्छ । समय पुगेको छैन । के गर्ने भन्दाखेरी २ हप्ता बढी त बिदा नै भयो । प्रहरीले एक महिनासम्म लिस्ट पठाएन । त्यसकारण काम गर्न ढिलाइ भयो । प्...
  नेकपा एमालेको जारी ११औं महाधिवेशनका लागि भइरहेको मतदानमा भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने
राजनीति, समाचार

  नेकपा एमालेको जारी ११औं महाधिवेशनका लागि भइरहेको मतदानमा भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने

नेपालअखबार,काठमाडौं ।  नेकपा एमालेको जारी ११औं महाधिवेशनका लागि भइरहेको मतदानमा एकचोटिमा ५० जनाले भोट हालिरहेका छन्। प्रतिनिधिहरूले मतदान गर्न जानुअघि आफ्नो प्रतिनिधि कार्ड स्क्यान गर्नुपर्छ। त्यस आधारमा मतदान स्थलमा प्रवेश पाइन्छ। कार्ड स्क्यान गरेर भित्र गएपछि त्यो कार्ड प्वाल पारिन्छ। त्यसपछि प्रतिनिधि भोटिङ मेसिन भएको ठाउँसम्म पुग्छन्। भोटिङ मेसिनमा सबै पदका लागि फोटोसहित उम्मेदवारको सूची राखिएको छ। प्रतिनिधिले त्यही फोटो र नाम हेरेर इच्छाएको व्यक्तिलाई भोट हाल्न सक्छन्। अहिलेसम्म भोट हालेर फर्केकाहरूको अनुभव सुन्दा एक जनालाई कम्तिमा २५ मिनेटदेखि बढीमा ४० मिनेटसम्म लागेको छ। प्रविधिमैत्री प्रतिनिधिहरूले कम समयमै भोट खसालेर फर्केको पाइन्छ। अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवैले ४०–४० मिनेटमा भोट हालेका थिए भने उपाध्यक्ष उम्मेदवार विष्णु पौडेललाई २५ मिनेट र म...
एमाले महाधिवेशन भोलि बिहान ८ बजेबाट हुने
राजनीति, समाचार

एमाले महाधिवेशन भोलि बिहान ८ बजेबाट हुने

नेपालअखबार,काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ । केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो । महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिए । ‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’...
मुलुक निर्वाचनमा होमिइसकेको छ : मन्त्री खरेल
राजनीति, समाचार

मुलुक निर्वाचनमा होमिइसकेको छ : मन्त्री खरेल

नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । निर्वाचन आयोगसँग मंगलबार भएको छलफलमा उहाँले समग्र मुलुक निर्वाचनमा होमिएकाले निर्वाचनको उत्सव महोत्वमा परिणत हुँदै गएको बताए । मन्त्री खरेलले भने, “निर्वाचन आयोगले कार्यतालिका बनाएर सबै सरोकार भएका पक्षलाई निर्वाचनमा समाहित गर्दै गएको छ । संवेदनशील र अलि विशेष र चुनौतीको अवस्थामा पनि आयोगले खेलेको भूमिकाप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद भन्न चाहन्छु ।” निर्वाचन हुन्छ भन्नेमा सम्बद्ध सबै पक्षलाई विश्वास भएको सरकारको बुझाइ रहेको बताउँदै उहाँले आयोग, सरकार, सुरक्षा निकाय र राजनीतिक दल पनि आफ्नो तयारीमा लागेको उल्लेख गरे। “निर्वाचनका लागि मतदाता पनि तयारी अवस्थामा हुनुहुन्छ । छोटो समयमा आठ लाखभन्दा बढीले मतदाता नामावलीमा नाम समावेश...
साँझ ७ बजेबाट मतदान हुने एमाले महाधिवेशन
राजनीति, समाचार

साँझ ७ बजेबाट मतदान हुने एमाले महाधिवेशन

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो । मतदान भोलि (पुस २) बिहान १ बजेसम्म चल्ने जानकारी गराइएको छ । यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो । तर, निर्वाचन कार्यतालिका संशोधन गरिएको हो । अब साँझ ७ बजेबाटै मतदानको काम सक्ने र रातभरमै निर्वाचनका कार्यक्रम सक्ने तयारी गरिएको छ। स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठका अनुसार, भृकुटीमण्डपमा बन्दसत्रका लागि आजसम्म मात्रै भाडामा लिइएको छ । सोही कारण पनि आजै मतदान सक्नेगरी तयारीमा जुटेको उनले बताए ।...
निर्वाचनको विकल्प छैन : मन्त्री सिन्हा
राजनीति, समाचार

निर्वाचनको विकल्प छैन : मन्त्री सिन्हा

नेपालअखबार,काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको विकल्प नरहेको बताएका छन् । निर्वाचनबारे सरकारसँग निर्वाचन आयोगले मंगलवार गरेको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । निर्वाचनलाई भयमुक्त, समावेशी तरिकाबाट प्रभावकारी रुपमा सम्पन्न गर्न जरुरी रहेको उनले बताए । निर्वाचनलाई कम खर्चिलो बनाउन, निर्वाचनको माध्यमबाट सक्षम जनप्रतिनिधि र संविधानका पालकहरू प्रतिनिधि सभामा पठाउन सोच्नुपर्ने पनि बताए । ‘निर्वाचनलाई भयमुक्त, समावेशी तरिकाबाट प्रभावकारी रुपमा सम्पन्न गर्न कानूनमा संशोधन गर्न आवश्यक छ भने अध्यादेशको माध्यमबाट लिएर आउनुस्, निर्वाचनलक्षित अध्यादेश ल्याउनुहोला । त्यही रुपमा हामी हेर्नेछौँ, किनभने निर्वाचनको विकल्प छैन,’ मन्त्री सिन्हाले भने, ‘अब राजनीतिक दलहरुसँग पनि निर्वाचनको लागि वातावरण बन्दै गएको अवस्था हामीले देखेका छौँ । निर्वाचन आयोगलाई त्य...
पुस दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी
राजनीति, समाचार

पुस दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको उनले बताए । अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक बोलाउने कुरामा सरकार असहमत नभएको पनि बताए । उनले बैठक सञ्चालनका लागि बिजनेसको भने अभाव हुने देखिएको बताए । करिब १० दिनसम्मका लागि बिजनेस भए पनि अरू बिजनेस नभएको अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्ष दाहालले भने, ‘पुस १२ गते बैठक बोलाउँछु । जसरी पनि त्यो काम पूरा गर भनेर ठेकदारलाई भनिएको छ । मलाई लाग्छ–१०, १२ गतेसम्म हल ...