Monday, August 10

राजनीति

प्रगतिशील लोकतान्त्रिक पार्टीले अध्यक्ष परिषद् बनाउने
राजनीति, समाचार

प्रगतिशील लोकतान्त्रिक पार्टीले अध्यक्ष परिषद् बनाउने

नेपालअखबार,काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘अध्यक्ष परिषद्’ गठन गर्ने भएको छ । ‘अध्यक्ष परिषद्’मा दलित, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्र लगायत सबै क्लष्टरबाट प्रतिनिधित्व हुने गरी अध्यक्ष परिषद गठन गर्ने तयारी गरिएको  हो । यही अध्यक्ष परिषदले पार्टीमा कार्यकारी भूमिका खेल्ने नेताहरुले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम हुने नेता सुदन किराँतीले जानकारी दिए। कात्तिक १९ गते १० वटा वाम घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा भएपछि जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र परित्याग गरी प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए। पछि सन्तोष परियारले प...
अमेरिकी पूर्वराष्ट्रपति केनेडीकी नातिनीलाई क्यान्सर, डाक्टरले दिए एक वर्षको समय
राजनीति, समाचार

अमेरिकी पूर्वराष्ट्रपति केनेडीकी नातिनीलाई क्यान्सर, डाक्टरले दिए एक वर्षको समय

नेपालअखबार, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जेएफ केनेडीकी नातिनी टाटियाना स्लोसबर्गले आफूलाई क्यान्सर भएको सार्वजनिक गरेकी छन्। द न्यूयोर्करमा आर्टिकल लेखेर ३५ वर्षीया स्लोसबर्गले आफूलाई टर्मिनल क्यान्सर भएको र चिकित्सकले एक वर्षभन्दा कम बढी बाँच्न नसक्ने भनेको खुलासा गरेकी हुन्। स्लोसबर्गका अनुसार उनीलाई गत वर्ष एक्यूट मायलोइड ल्युकेमिया (एएमएल) को दुर्लभ रूप इन्भर्सन-३ भएको पत्ता लागेको थियो। इन्भर्सन-३ एएमएलका २ प्रतिशतभन्दा कम बिरामीहरूमा देखिने भनेर उनले बताएकी छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार स्लोसबर्गले २०२४ को मे महिनामा छोरी जन्माएपछि उनलाई यो रोग पत्ता लागेको थियो। 'मैले विश्वासै गर्न सकिन।  छोरीलाई जन्म दिनुअघि मात्रै नौ महिनाको गर्भमा मैले एक माइल पौडी खेलेकी थिएँ। म एकदम स्वस्थ थिएँ,' उनले भनेकी छन्। स्लोसबर्गले उपचारका कठिन चरणहरूबारे पनि उल्...
भ्रष्टाचारविरोधी आन्दोलनका लागि युवाहरुलाई धन्यवाद : प्रचण्ड
राजनीति, समाचार

भ्रष्टाचारविरोधी आन्दोलनका लागि युवाहरुलाई धन्यवाद : प्रचण्ड

नेपालअखबार,काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरकाल रुपमा फैलिएको बताएका छन् । वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताएका हुन् । भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरुले आवाज उठाउँदै आएको भएपनि अपेक्षित रुपमा सरकारले सुन्न नसकेको बताए । उनले भदौ २३ र २४ गतेको जेन–जीको आन्दोलनले भ्रष्टाचार विरोधी अभियान र आफूहरुले उठाउँदै आएको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा नयाँ उर्जा दिएको उल्लेख गरे । भ्रष्टाचारविरोधी आन्दोलनका लागि उनले युवाहरुलाई धन्यवाद समेत दिए । उनले भने, ‘भ्रष्टाचार अहिले यो देशका निम्ति एउटा दुर्भाग्यको रूपमा, बडो विकराल परिस्थितिका रूपमा भ्रष्टाचारको समस्या देखिएको छ । हामी भ्रष्टाचारका विरुद्ध सरकारमा हुँदा होस् या सडकमा हुँदा, हामीले ...
लोकतान्त्रिक बाटोमा फर्कन सरकारलाई आग्रह :ओली
राजनीति, विचार, समाचार

लोकतान्त्रिक बाटोमा फर्कन सरकारलाई आग्रह :ओली

नेपालअखबार, काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन्। शनिबार एमालेको बागमती प्रदेश कमिटीले भृकुटीमण्डपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई उत्तेजित पार्न र नजिस्क्याउन चेतावनी दिएका हुन्। 'एमालेलाई उत्तेजित बनाउने जिस्क्याउने काम नगर्नुस्। लोकतन्त्रलाई यो भन्दा बढी आक्रमण गर्न सकिन्छ भनेर भ्रम नपाल्नुस्। योभन्दा बढी अगाढि बढ्छु भन्ने ठान्नुहुन्छ भने तपाईंहरूका लागि पनि हितकर हुने छैन,' उनले भने। अध्यक्ष ओलीले अहिलेको सरकारको उत्पत्ति नै असंवैधानिक बाटोबाट भएकाले एमाले पुनः संवैधानिक तवरले सरकार गठन गर्नतिर लागेको बताए। उनले लोकतान्त्रिक बाटोमा फर्कन सरकारलाई आग्रह गर्दै त्यसको पहलका लागि सम्पूर्ण दलहरूलाई पनि अपिल गरे। अहिलेको सरकार गठन प्रक्रियालाई अदालतले पनि उचित ठहर गर्न नसक्ने उनको भनाइ थियो। ...
बसम्म प्रहरीलाई सक्षम र सबल बनाइँदैन, तबसम्म मुलुकमा शान्ति सुरक्षा हुन सक्दैन  :महासचिव पोखरेल
राजनीति, विचार, समाचार

बसम्म प्रहरीलाई सक्षम र सबल बनाइँदैन, तबसम्म मुलुकमा शान्ति सुरक्षा हुन सक्दैन :महासचिव पोखरेल

नेपालअखबार काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विध्वंशको जगमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अहिलेको सरकार निर्वाचन गराउने बाटोमा नभएको पनि जिकिर गरे । ‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ,’ पोखरेलले भने, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? छैन ।’ साथै, उनले प्रहरीको मनोबल बढाउन र सक्षम बनाउने कुरामा सरकार असफल भएको बताए ।‘जबसम्म प्रहरीलाई सक्षम र सबल बनाइँदैन, तबसम्म मुलुकमा शान्ति सुरक्षा हुन सक्दैन भन्ने कुरालाई सरकारले उपेक्षा गरिरहेको छ,’ पोखरेलले भने ।...
मंसिर ११ गते  कांग्रेस केन्द्रीय समिति बैठक बस्ने
राजनीति, समाचार

मंसिर ११ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अब मंसिर ११ गते बस्ने गरी बोलाइएको छ। आज सानेपामा बसेको केन्द्रीय समिति बैठकले आम निर्वाचनमा भाग लिने निर्णय गरे पनि महाधिवेशनबारे भने निर्णय गर्न सकेन। प्रवक्ता प्रकाशशरण महतले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने विषयमा पार्टीले केन्द्रीय समितिबाट निर्णय लिएको जानकारी दिए। नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा भने अब अर्को बैठकमा छलफल हुने उनको भनाइ छ। प्रवक्ता महतका अनुसार मंसिर ११ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ। आजको केन्द्रीय समिति बैठकपछि महामन्त्री गगन थापाले अब नियमित महाधिवेशन गर्न नसकिने हो भने निर्विकल्प बाटो विशेष महाधिवेशन भएको प्रतिक्रिया दिएका थिए। काङ्ग्रेसमा चुनाव अघि महाधिवेशन गर्ने कि पछि भन्नेमा विवाद छ।...
कांग्रेसको निर्णय चुनावमा भाग लिने
राजनीति, विचार, समाचार

कांग्रेसको निर्णय चुनावमा भाग लिने

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो । ‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित विकास निर्वाचनको हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिएर निर्णय गर्दछ,’ बैठकमा महामन्त्री गगनकुमार थापाले भने । कांग्रेसले ११ माघदेखि हुने राष्ट्रियसभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि निर्णय गरेको छ ।‘२०८२ साल माघ ११ गते आइतबारदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहिबारका दिन हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा तत्काल दर्ता गर...
ट्रम्पसँगको विवादपछि रिपब्लिकन सांसदद्वारा राजीनामाको घोषणा
राजनीति, विश्व, समाचार

ट्रम्पसँगको विवादपछि रिपब्लिकन सांसदद्वारा राजीनामाको घोषणा

नेपालअखबार, वासिङ्टन डिसी । हाई प्रोफाइल रिपब्लिकन नेता तथा जर्जियाकी सांसद मारजोरी टेलर ग्रीनले आगामी जनवरीमा कङ्ग्रेसबाट राजीनामा दिने घोषणा गरेकी छन्। यो घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सार्वजनिक विवादको केही दिनपछि आएको हो। ट्रम्पको मागा समर्थक सुपरस्टार बनेकी ग्रीनले सामाजिक सञ्जालमा एक भिडियो विज्ञप्ति पोस्ट गर्दै जनवरी ५, २०२६ मा कङ्ग्रेस छोड्ने बताएकी छन्। उनले भनिन्, ‘म अगाडिको नयाँ बाटोको लागि उत्सुक छु।’ ग्रीनले आफ्नो उपलब्धिको सूची सुनाउँदै ट्रम्पको आलोचना पनि गरेकी छन्। ट्रम्पले अर्को वर्षको चुनावमा उनलाई हटाउन रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्ने धम्की दिएका थिए। ग्रीनले भनिन्, ‘मसँग धेरै आत्मसम्मान र मर्यादा छ । मेरो परिवारलाई धेरै माया गर्छु, र हामी सबैले लडेको राष्ट्रपतिको विरुद्धमा मेरा प्रिय क्षेत्रले पीडादायी र घृणित प्राथमिक चुनाव सहनु नपरोस् भन्ने चाहन्छु...
चीनलाई रोक्न भुटानमा लगानी बढाउँदै भारत
राजनीति, विश्व, समाचार

चीनलाई रोक्न भुटानमा लगानी बढाउँदै भारत

नेपालअखबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो साता छिमेकी मुलुक भुटानको भ्रमण गरे । भ्रमणका क्रममा मोदीले थिम्पुमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकसँग भेटवार्ता गरे । भेटमा दुई देशबीच ऊर्जा, कनेक्टिभिटी र सांस्कृतिक क्षेत्रमा द्विपक्षीय सहयोग बढाउने निर्णय भएको छ । सन् २०१४ पछि मोदी दोस्रो पटक भुटान भ्रमणमा गएका हुन् । चीनले आफ्नो प्रभुत्व बढाउँदै गएका बेला भारतका लागि सामरिक दृष्टिकोणले भुटान निकै महत्त्वपूर्ण देश हो । सोही अनुरूप भारतले भुटानलाई उस्तै महत्त्व दिँदै आएको छ । भवितव्य घटना र क्षेत्रमा चीनको विस्तारलाई मध्यनजर गर्ने हो भने भुटानको भौगोलिक अवस्थिति भारतका लागि संवदेनशील मानिन्छ । पूर्वी हिमालयमा भारत र चीनबीचमा छ भुटान । भुटान, भारत र चीनको सीमा नजिक अवस्थित डोकलामसहितका क्षेत्रले निगरानीका लागि अहं भूमिका राख्छ । डोकलाम दक्षिण तिब्बत, भुटान र...
ओलीले सरकारको नियतमाथि प्रश्न उठाउँदै निर्वाचन गराउन सक्ने भए खुरुखुरु गराउन चेतावनी
राजनीति, विचार, समाचार

ओलीले सरकारको नियतमाथि प्रश्न उठाउँदै निर्वाचन गराउन सक्ने भए खुरुखुरु गराउन चेतावनी

नेपालअखबार,काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीलाई अहिले भएको कानुनबाट निर्वाचन गराउन  सुझाव दिएका छन् । शुक्रबार राजधानीमा ‘नेशनल भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारको नियतमाथि प्रश्न उठाउँदै निर्वाचन गराउन सक्ने भए खुरुखुरु गराउन चेतावनी शैलीमा आग्रह गरेका हुन् । ‘तपाईँ यति बेला भएका कानुनबाट निर्वाचन खुरुखुरु गराउने हो भने गराउनुहोस् न त’ अध्यक्ष ओलीले भने, ‘शान्तिपूर्ण वातावरण बनाउनुहोस्, हतियार फिर्ता ल्याउनुस्, अपराधीहरूलाई नियन्त्रण गर्नुहोस्, निर्वाचनयोग्य वातावरण बनाउनुस् ।’ उनले सरकारले १२५ दलसँग गरेको वार्तालाई ‘तमासा’ को संज्ञा दिँदै त्यसले कुनै निकास नदिने बताए । कार्यक्रममा अध्यक्ष ओलीले भर्खरै घोषणा गरिएको ‘नेशनल भोलेन्टियर फोर्स’ कुनै व्यक्ति वा समूहविरुद्ध नभई देशम...